back
CTIZAN AD

किन आक्रोशित बने कार्यवाहक राजदूतसँग दिल्लीका नेपाली ?

वि.सं.२०७५ माघ २२ मंगलवार

675 

shares

२२ माघ, नयाँदिल्ली । नेपाली राजदूतावास भारतका कार्यवाहक राजदुत भरत कुमार रेग्मीका कारण प्रवासी नेपालीहरु आक्रोशीत बनेका छन् ।
प्रवासी नेपालीहरुको समस्यालाई भन्दा राजनैतिक दलका नेताहरुको काममा प्राथमिकता दिदै आएको तथा भारतमा दर्ता भएका गैह्रराजनैतिक संघ संस्थाका प्रतिनिधीहरुलाई समेत अपमानित गदै आईरहेको दिल्लीका नेपालीको आरोप छ ।
रेग्मीको कारण दिनप्रतिदिन नेपाली राजदूतावास बदनाम बन्दै आईरहेको आरोप लगाउँदै यस्तो किसिमको कार्यलाई समयमा नरोक्ने हो भने दूतावास र अन्य त्यहा कार्यरत ईमान्दार कर्मचारीहरुको समेत जनतामाझ विश्वास गुम्न सक्ने आम प्रवासी नेपालीहरुको भनाई रहेकोछ ।
गत जनवरी २५ का दिन नयाँदिल्ली स्थित नेपाली दुतावासमा रहेको कार्यवाहक राजदूत रेग्मीको कार्यकक्षमा प्रवासी नेपालीहरुका समस्याको बारेमा अवगत गराउने क्रममा हेल्प नेपाली मिशन भारतका अध्यक्ष कवि कार्की र अखिल भारत नेपाली एकता मन्चका सचिव आरवी खड्का प्रवासी नेपालीहरुका साझा समस्यालाई लिएर जाँदो रेग्मीले समस्यातर्फ ध्यान नदिई उल्टै राजनैतिक संगठनका बाहेक अन्य सामाजिक संघ सस्थाले लिएर आएको कामहरुलाई आफूहरुले गर्नुपर्ने बाध्य नभएको भनि वेवास्ता गरेको मिशनका अध्यक्ष कवि कार्कीको आरोप छ ।
भारत प्रवासमा सामाजिक कार्यमा सक्रिय रहेको हेल्प नेपाली मिशनका अध्यक्ष कार्की प्रवासी नेपाली संघ भारतका केन्द्रीय सल्लाहकारका साथै पुष्पलाल अध्ययन समाज भारतका महासचिव समेत हुन् ।
रेग्मीको यस्तो व्यवहारले मानव बेचबिखनमा सक्रिय रहेका व्यक्तिहरुको मनोवल बढाउनका लागी सहयोग पुग्ने त होइन भन्ने कुरामा सबैको चिन्ता बढेको बताइएको छ । रेग्मीले ‘तपाई राजनैतिक संगठनको होईन र तपाईहरुजस्ता गैह्राजनैतिक संस्थाका प्रतिनिधीको कुनै पनि कुरा आफूलाई सुन्नु छैन’ भन्दै बाहिर निस्केर जाने धम्की दिंदै अपमान गरेको मिशनका अध्यक्ष कार्कीले बताएका छन् । यसको विरुद्धमा भारतमा कार्यरत विभिन्न संघ, संस्थाका प्रतिनिधी तथा प्रमुखहरुले रेग्मीको कार्य शैलीको भत्र्सना गदै आपत्ती व्यक्त गरेको बताइएको छ ।
त्यस्तै गत ३० जनवरीमा राजूुतावासको सभाहलमा भएको कार्यक्रममा नियुक्ती भएर आउन लागेका नव नियुक्त राजदूतलाई प्रवासी नेपालीहरुको समस्या र समाधानका बारेमा अवगत गराउने उद्धेश्यले दूतावासले प्रवासी नेपालीहरुको सहभागितामा आयोजना गरेको एक कार्यक्रममा पनि कार्यवाहक राजदूत रेग्मीले गैह्राजनैतिक संघ संगठनका पदाधिकारीलाई पनि अपमानित हुने काम गरेको आरोप छ ।
कार्यक्रमको क्रममा रेग्मीले दूतावासले केवल राजनैतिक संघ संगठनलाई मात्र प्राथमिकता दिने भन्दै भारतमा दर्ता भएका अन्य सामाजिक गैह्राजनैतिक संघ संस्थाहरुलाई मान्यता दिन नसकिने घोषणा गरेलगतै कार्यक्रममा सहभागी भारत नेपाल सनातन हिन्दु एकता परिषद्का कार्यवाहक अध्यक्ष भीम थापा र नेपाली कांग्रेस संबद्ध नेपाली जनसम्पर्क समिति भारतका पुर्व प्रवक्ता एवं केन्द्रीय सदस्य प्रमोद खरेललाई कार्यक्रममा उपस्थित केहि राजनैतिक दलका नेताहरुको निर्देशनमा अपमानित ढंगले कार्यक्रमस्थलबाट बाहिर जान निर्देश गरेपछि दूतावासले केवल राजनैतिक दलको भात्रृसंगठनको रुपमा कार्यगरेको आरोप संघ संस्थाले लगाएका छन् ।

 

वि.सं.२०७५ माघ २२ मंगलवार ११:१२ मा प्रकाशित

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...