back
CTIZAN AD

ईन्जा एसिया गठन, अध्यक्षमा टंक पन्त

वि.सं.२०७५ माघ २७ आइतवार

750 

shares

वाशिंगटन डिसी । अन्तराष्ट्रिय नेपाली पत्रकार संघ(ईन्जा) को एशिया च्याप्टर पत्रकार टंक पन्तको अध्यक्षतामा गठन भएको छ ।
ईन्जाको विधानले अन्तराष्ट्रिय समितिको उपाध्यक्षले क्षेत्रीय समितिको नेतृत्व गर्ने व्यवस्था गरेको छ । पत्रकार पन्त यस अघिनै अन्तराष्ट्रिय समितिमा एशिया क्षेत्रलाई प्रतिनिधित्व गर्दै उपाध्यक्ष रहेका थिए ।

नवगठित समितिको उपाध्यक्षमा नारायण न्यौपाने (नेपाल), आनन्द कोइराला –जापान), दीपक पुडासैनी (कतार) र मन्जु गुरुंग (कोरिया) रहेका छन् । समितिको महासचिवमा दीपेन्द्र दोङ तामाङ, सचिवमा दिपु पोख्रेल (खेमकुमारी) र कोषाध्यक्षमा रामकुमार कामत चयन भएका छन् । समितिको सदस्यहरुमा दीपक समिर, विकास थपलिया, अर्जुन सापकोटा, अनिल आचार्य रहेका छन् ।

यो तदर्थ समिती हो । उपाध्यक्षहरुले आफू कार्यरत देश देशमा (ईन्जाका साथी) (फ्रेन्डस अफ ईन्जा) गठन गर्ने बैधानिक ब्यबस्था भए अनुसार नेपाल, जापान, कोरिया र मध्यपूर्व (कतार) मा पनि ‘ईन्जाका साथी’ गठन हुने छन । यसप्रकार सम्वन्धित देशको कानून अनुसार गठन भएका ‘ईन्जाका साथी’ का अध्यक्षहरु त्यस क्षेत्रको सम्वन्धित ईन्जाको क्षेत्रीय समितीको सदस्य हुने प्रावधान राखिएको छ । साथै अध्यक्षले क्षेत्रीय समितीमा पत्रकारका हक हितमा काम गर्दै आएका संघ संस्थाबाट तीन जना प्रतिनिधि मनोनित गर्न सक्ने प्रावधान समेत रहेको छ ।

महादेशीय वा देशीय ईन्जाहरुले ती देश वा आसपासमा गठन भएका फ्रेण्ड्स अफ ईन्जासँग समन्वय र सहकार्य गरी मर्यादित पत्रकारीताको बिकास तथा नेपाली भाषी पत्रकारहरुको हितमा काम गर्ने छन ।

अन्तरराष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) संसार भरि रहेका नेपाली पत्रकारहरु वीचमा मर्यादित पत्रकारिताको अभिबृद्धि र विकासमा जोड दिंदै यसको लागि आवस्यक नेटवर्क, स्रोत साधन र फोरम प्रदान गर्न स्थापित गैर–नाफामुलक, गैरराजनीतिक तथा गैरसरकारी सामाजिक संस्था हो ।

ईन्जाको केन्द्रीय अध्यक्ष अमेरिका डिसी क्षेत्रमा स्थाई बसोबास गर्नु भएका पुराना पत्रकार गुणराज लुईटेल छन् भने संस्थाको संरक्षकमा वरिष्ठ पत्रकारद्वय योगेश उपाध्याय र राम खरेल रहेका छन् । ईन्जाले अहिलेसम्म ४ वटा महादेशहरुमा आफ्नो विस्तार गरिसकेको जनाएको छ ।

वि.सं.२०७५ माघ २७ आइतवार ११:५५ मा प्रकाशित

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...