back
CTIZAN AD

कतार नेपाली एकता समाजद्धारा खनाललाई आर्थिक सहयोग

वि.सं.२०७५ माघ २७ आइतवार

786 

shares

कतार । कतार नेपाली एकता समाजले कतारको हमाद मेडिकल काउन्सील रिहावलिटेशन सेक्सनमा लामो समयदेखी उपचार गराईरहेकी समाजको महिला विभागकी सदस्य इन्दिरा खनाललाई आर्थिक सहयोग गरेको छ ।

कतार नेपाली एकता समाजका अध्यक्ष, हेमन्त वाइवा, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष, बलदेव राना, महासचिव खिम बुढा मगर, सचिव विष्णु थापा (क्षेत्री) कोषाध्यक्ष राम इन्दल थिङ्ग, खगेश्वर भूषाल,विमल सुवेदी हेमराज थापा, उद्धव मगरको उपस्थितीमा ५५११ –पाँच हजार ५११ कतारी रियाल) खनाललाई ८ फेब्रअरीका दिन हस्तान्तरण गरिएको हो ।

अबको केही दिनमै यस हस्पीटलबाट डिस्चार्ज गरेर विरामीलाई नेपाल पठाउने भएकोले कतार नेपाली एकता समाजका अध्यक्ष हेमन्त वाईवाले अग्रीम शुभकामना र सु–स्वास्थ्यको कामना गरेका थिए ।
कतार नेपाली एकता समाजका महिला विभागका सक्रिय तथा जुझारु सदस्य भएकोले इन्दीरा खनालले यस दुःखद अबस्थामा पनि आफ्नो आत्मबल कहिले कमजोर नबनाएको वाइवले बताएका थिए ।


सोहि अवसरमा खनालले कतार नेपाली एकता समाज केन्द्रिय समितीका सिङ्गो टिम,समाज मातहत रहेका विभिन्न इकाई एरिया तथा आम दाजुभाई तथा दिदी बहिनीहरु कतारमा आएर थोरै पैसामा काम गर्न विवस हुँदा हुँदै पनि आफ्ना लागि जो जसले सकेको सहयोग गर्नु भयो उहाँहरु प्रति धेरै धेरै आभार प्रकट गर्दै सम्पूर्णलाई हृदयदेखी नै धन्यवाद भनेकी थिइन् ।
खनालले भनिन् ‘जसरी म कतार बस्दा आफूले भ्याएसम्म संगठनलाई समय दिएको थिए, त्यसरी नै नेपाल गईसकेपछी पनि संगठनमा निरन्तर लागी रहने छु ।’
उनले सबैलाई समाजको छातामुनि गोलबन्द भएर लाग्न समेत अनुरोध गरेकी थिइन् ।

वि.सं.२०७५ माघ २७ आइतवार १२:३६ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...