back
CTIZAN AD

अयोग्यको बिल्ला हटाउन बहिर्गमित जनमुक्ति सेनाको माग

वि.सं.२०७३ कात्तिक १३ शनिवार

849 

shares

 १३ कात्तिक,काठमाडौँ । बहिर्गमित जनमुक्ति सेनाले देशमा आमूल परिवर्तनका लागि आफूहरुले ज्यानको बाजी थापेर मुक्तिको लडाई लडेको भन्दै त्यस योगदानको कदर गर्दै तत्काल आफूहरुमाथि लागेको अयोग्यको बिल्ला हटाउन माग गरेका छन् ।
उनीहरुले अयोग्य पदावलीको प्रयोग गर्न बन्द गरी उनीहरूको कदर गर्दै गणतन्त्रका योद्धा घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
जनमुक्ति सेनाका योद्ध सुनिल लिम्बू, रमेश बसेल, सोमलाल घलान, प्रदीप कार्की, सम्राट, कोपिला किराँती तथा रश्मी गुरुङले एक विज्ञप्तिमा बहिर्गमनमा परेका चार हजार ९ जनालाई जनसेना सरहको व्यवहार गरी उनीहरूका माग सम्बोधन गर्न आग्रह गरिएको छ ।
बाल सैन्यका लागि उनीहरूको शिक्षा पाउने विशेष अधिकार खोसिएकाले सरकारले उनीहरूको व्यवहारिक चासो सम्बोधन गर्ने गरी सामाजिक न्यायमा आधारित भएर एकमुष्ठ सामाजिक तथा आर्थिक कार्यक्रम बनाएर शिक्षा दिने काम गरियोस् भनी माग गरिएको छ ।
पक्राउ परेका बहिर्गमित जनसेना तत्काल बिना सर्त रिहा गर्नुपर्ने, घाइते, मानसिक रूपमा बिरामी र आघातमा परेका तथा अशक्तलाई सरकारले तत्काल औषधि उपचार, तथा विशेष आर्थिक सहयोग कार्यक्रम तत्काल ल्याउनुपर्नेमा जोड दिएको छ । रासस

वि.सं.२०७३ कात्तिक १३ शनिवार ०९:३३ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...