back

अयोग्यको बिल्ला हटाउन बहिर्गमित जनमुक्ति सेनाको माग

वि.सं.२०७३ कात्तिक १३ शनिवार

492 

shares
IME Limited
NTC AD

 १३ कात्तिक,काठमाडौँ । बहिर्गमित जनमुक्ति सेनाले देशमा आमूल परिवर्तनका लागि आफूहरुले ज्यानको बाजी थापेर मुक्तिको लडाई लडेको भन्दै त्यस योगदानको कदर गर्दै तत्काल आफूहरुमाथि लागेको अयोग्यको बिल्ला हटाउन माग गरेका छन् ।
उनीहरुले अयोग्य पदावलीको प्रयोग गर्न बन्द गरी उनीहरूको कदर गर्दै गणतन्त्रका योद्धा घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
जनमुक्ति सेनाका योद्ध सुनिल लिम्बू, रमेश बसेल, सोमलाल घलान, प्रदीप कार्की, सम्राट, कोपिला किराँती तथा रश्मी गुरुङले एक विज्ञप्तिमा बहिर्गमनमा परेका चार हजार ९ जनालाई जनसेना सरहको व्यवहार गरी उनीहरूका माग सम्बोधन गर्न आग्रह गरिएको छ ।
बाल सैन्यका लागि उनीहरूको शिक्षा पाउने विशेष अधिकार खोसिएकाले सरकारले उनीहरूको व्यवहारिक चासो सम्बोधन गर्ने गरी सामाजिक न्यायमा आधारित भएर एकमुष्ठ सामाजिक तथा आर्थिक कार्यक्रम बनाएर शिक्षा दिने काम गरियोस् भनी माग गरिएको छ ।
पक्राउ परेका बहिर्गमित जनसेना तत्काल बिना सर्त रिहा गर्नुपर्ने, घाइते, मानसिक रूपमा बिरामी र आघातमा परेका तथा अशक्तलाई सरकारले तत्काल औषधि उपचार, तथा विशेष आर्थिक सहयोग कार्यक्रम तत्काल ल्याउनुपर्नेमा जोड दिएको छ । रासस

वि.सं.२०७३ कात्तिक १३ शनिवार ०९:३३ मा प्रकाशित

प्रचण्डले आज संसदमा सम्बोधन गर्दै

प्रचण्डले आज संसदमा सम्बोधन गर्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

वनमन्त्री शाहीको एक वर्ष: विकास आयोजना सहजीकरणमा नीतिगत सफलता

वनमन्त्री शाहीको एक वर्ष: विकास आयोजना सहजीकरणमा नीतिगत सफलता

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मन्त्रालयको कार्य...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

मौद्रिक नीति सकारात्मकः नेपाल चेम्बर

मौद्रिक नीति सकारात्मकः नेपाल चेम्बर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२÷८३ का...

बैंकिङ्ग क्षेत्र चम्किंदा २९ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि उच्च

बैंकिङ्ग क्षेत्र चम्किंदा २९ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि उच्च

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से)...

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

रसुवा । चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको...