back

राष्ट्रिय समझदारीका आधारमा महाअभियोगलाई अगाडि बढाइनेः प्रम

वि.सं.२०७३ कात्तिक १४ आइतवार

756 

shares
GLOBAL IME AD
NTC AD

prachandaकाठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय समझदारीका आधारमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरूद्धको महाअभियोगलाई अगाडि बढाउने बताउनुभएको छ ।

“महाअभियोग दर्ता हुनुभन्दाअघि पनि (एमाले) अध्यक्ष, काँग्रेसका सभापति र म बसेका थियौँ, जे गर्नुछ, सहमतिमै गर्नुपर्छ भनेर जोड दिएकै हो, अहिले दर्ता भएर प्रक्रिया अघि बढेपछि पनि मेरो जोड सबै प्रमुख दलको सहमति होस् भन्ने नै छ”– प्रधानमन्त्री दाहालले भन्नुभयो ।

माओवादी विट र प्रधानमन्त्री कार्यालय हेर्ने पत्रकारसँगको भेटका क्रममा शनिबार प्रधानमन्त्री दाहालले महाअभियोग प्रस्तावपछि काँग्रेस र माओवादी केन्द्रबीच अविश्वास बढेकोभन्दा पनि कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन, राष्ट्रिय एकताको वातावरण बनाउन, छिमेकीसँगको सम्बन्ध सुमधुर बनाउन र आर्थिक विकासको निम्ति सकारात्मक वातावरण सिर्जना गर्न पत्रकारसँग आग्रह गर्नुभयो ।

सबैको सहमतिमा छिट्टै संविधान संशोधन

प्रधानमन्त्री दाहालले सत्तापक्ष र प्रतिपक्ष सबैको सहमति जुटाएर संविधान संशोधनलाई अन्तिम रूप दिने उद्देश्यले दलसँगको भेटलाई तीव्र बनाएको पनि बताउनुभएको छ । संविधान संशोधनबारे मधेसी मोर्चासँग आज मात्रै अनौपचारिक छलफल भएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री दाहालका अनुसार सीमाङ्कन, भाषासम्बन्धी, राष्ट्रियसभामा प्रतिनिधित्व र नागरिकतालगायत चारवटा विषयमा बढी केन्द्रित भएर संविधान संशोधन गर्नेबारे छलफल भएको छ । प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित सबै जिल्लामा एकसाथ पुनःनिर्माण कार्यलाई अगाडि बढाउन अहिले अनुगमन भइरहेको पनि बताउनुभयो ।

भारतीय राष्ट्रपतिको भ्रमणको अन्तिम तयारी

प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका दिन सार्वजनिक बिदा दिने निर्णय सबै दलको सहमतिमा गरिएको प्रष्ट पार्नुभएको छ । प्रधानमन्त्री दाहालका अनुसार भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणबारे अन्तिम तयारी भइरहेको छ ।

“सबै पक्षको छलफलका क्रममा विदेशी राष्ट्रपति आउँदा बिदा दिने चलन पनि छ र छैन पनि भन्ने कुरा आएको थियो, राष्ट्रपतिको सम्मान र ट्राफिक जामबाट जनताले सास्ती खेप्न नपरोस् भनेर त्यो दिन बिदा दिइएको हो”– उहाँले भन्नुभयो ।

आफ्नो भारत भ्रमणले नेपाल–भारतबीचको सम्बन्ध सकारात्मक दिशातर्फ केन्द्रित भएको उहाँको भनाइ थियो ।

“मेरो गोवा (भारत) भ्रमणका क्रममा नेपाल र चीनबीच केही सम्झौता त्यहीँ गोवामै गरौँ भन्ने कुरा आएको थिया,े तर मैले नेपाल र चीनबीच हुने सम्झौता काठमाडौँ वा बेइजिङमै गरौँ भनेको छु”– प्रधानमन्त्री दाहालले भन्नुभयो । रासस

वि.सं.२०७३ कात्तिक १४ आइतवार ०२:३६ मा प्रकाशित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

भोजपुर । वर्षासँगै आएको हुरीले खुर्सानी खेतीमा क्षति र्पुयापछि भोजपुरका...

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

काठमाडौँ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको शुक्रवार बसेको बैठकले भूमि...

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

गलकोट (बागलुङ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय...