back
CTIZAN AD

मन्त्रिमण्डलमा हेरफेर हुने, को–को होला प्रधानमन्त्रीको गुड लिष्टमा ?

वि.सं.२०७५ फागुन ३ शुक्रवार

744 

shares

३ फागुन, काठमाडौं । गएको १ बर्षमा सरकारले जनताको मन छुने गरी काम गर्न नसकेको आरोप आइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलमा हेरफेर गर्न लागको बताइएको छ ।

बामपन्थी सरकार त्यो पनि दुई तिहाइको तर जनताको मनछुने काम गर्न नसकेको, भष्टाचार नियन्त्रणमा उदासीन रहेको, निर्मला हत्याकाण्डका अपराधि पत्ता लगाउन नसकेको लगायतका विविध आरोप विपक्षीबाट खेप्दै आएका प्रधानमन्त्रीले हाल कायम रहेका मन्त्रीहरुको कार्यसम्पादन मूल्यांकनका आधारमा सूची बन्न लागेको प्रम निकट श्रोतले जनाएको छ ।

इतिहासमै कसैले नगरेको तथा नबनाएको नयाँ कार्ययोजनाहरु अगाडि बढाउँदै सरकार हरेक दिन एककदम अगाडि बढिरहेका बेला विवादित र असक्षम मन्त्रीहरु भनेर आरोप खेपिरहेका मन्त्रीहरुलाई प्रधानमन्त्रीले हटाउन लागेको श्रोतले बताएको छ ।

श्रोतका अनुसार मेलम्चि समस्यामा बल्झेको आरोप खेपिरहेकी खानेपानी मन्त्री विना मगर, वाइडबडी अनियमितता काण्डमा मुछिएका पर्यटन मन्त्री रविन्द्र अधिकारी, यातायात भौतिक मन्त्री रघुविर महासेठ र संचारमन्त्री गोकुल बाँस्कोटाको मन्त्री पद धरापमा परेको हल्ला बढि गरीएको छ ।

त्यस्तै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र श्रममन्त्री गोकर्णविष्टको मन्त्री पद पनि धरापमा पर्न लागेको श्रोतको भनाई छ । निर्णय राम्रा गर्ने तर कार्यान्वयनमा कमजोर रहेको आरोप पनि मन्त्री गोर्कणमाथि रहेको छ । मातृका पुरानै पाराले चलेको रिपोर्ट प्रम ओलीकहा पुयाइएपनि मातृकालाइ चलाइहाल्ने तहमा नपुगेको पनि सूत्रले बताएको छ ।

त्यस्तै प्रधानमन्त्रीको नजीक मानिएका तथा उद्योगमन्त्री बनिसकेका युवासंघका पूर्व अध्यक्ष तथा हालका सांसद महेश बस्नेत तथा प्रचण्ड रणनीतिमा सन्तुलित भुमिका खेल्ने पंफा भुसाल र देवेन्द्र पोडेल पनि थपिने संभावनामा रहेको बताइएको छ ।

प्रचण्ड निकट सुत्रका अनुसार भने ओली र प्रचण्ड बिच सामान्य कुरो चले पनि फाल्ने र राख्नेपात्रका बिषयमा भने कुरो टुगीइसकेको छैन ।

रबिन्द्र बामदेवका, बिष्ट माधव नेपालका र बिना प्रचण्डकै भएकाले ओलीलाइ नयाँ निर्णय लिन गारो परीरहेको पनि बताइएको छ ।

वि.सं.२०७५ फागुन ३ शुक्रवार १२:१५ मा प्रकाशित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...