back
CTIZAN AD

गण्डक नहरको संरचना जीर्ण : जुनसुकै बेला दुर्घटना हुन सक्ने

वि.सं.२०७५ फागुन ३ शुक्रवार

717 

shares

३ फागुन, वीरगञ्ज ।  गण्डक नहरको संरचना पुरानो र जीर्ण भइसकेकाले जुनसुकै बेला भत्किन सकने सम्भावना रहेको छ ।

करीव ४५ वर्ष अघि निर्माण भएको गण्डक नहरमा रहेको पुल, पुलेसा, कलभर्ड तथा संरचनाको आवश्यक मर्मत सम्भार हुन नसक्दा ती संरचना जीर्ण बन्दै गएको छ ।

प्रदेश नं २ को पर्सा, बारा एवं रौतहट जिल्लाको दक्षिणी भेगको ३७ हजार ४०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराइ कृषि उत्पादकत्वमा अभिवृद्धि गर्न र त्यसबाट कृषकको जीवनस्तरमा परिवर्तन ल्याउने उद्देश्यले विसं २०३० जेठ २१ गते तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले उद्घाटन गरेको सो गण्डक नहरमा साना ठूला गरी तीन हजार ५७४ वटा पुल, पुलेसा, कल्भर्ड रहेका छन् ।

भारत विहार राज्यको वाल्मिकीनगरमा निर्माण गरी पूर्वी मूलनहर तिरहुत मूलनहर को दोनशाखा नहरबाट पश्चिमी चम्पारणको इनर्वा गाउँ तथा पश्चिमी पर्साको जानकी टोलमा प्रवेश गरेको सो नहर हाल बारा जिल्लाको ११ नं ब्लकसम्म ६० किलोमिटरमा पानी आउने गरेको छ ।

कूल ८१ किलोमिटर लम्बाइको सो मूलनहर रौतहट जिल्ला हँुदै वाग्मती नदीमा मिसिने गरे पनि हाल जानकीटोलादेखि बाराको ११ नम्बर ब्लकसम्म मात्र पानी पुग्ने गरेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय बहुअरी वीरगञ्जले जनाएको छ ।

विश्व बैंकको ऋण सहयोगमा निर्माण भएको सो नहर सन् १९७५ र १९७६ गरी दुई चरणमा नेपाल सरकारलाई हस्तानान्तरण गरिएको थियो । सो नहरमा रहेको पुल, पुलेसा कल्भर्ड तथा संरचना अति पुरानो र जीर्ण भइसकेकाले जुनसुकै बेला भत्किन सकने अनुमान प्राविधिकको छ । ८१ किलोमिटर लम्बाइ भएको सो गण्डक नहरमा मूलशाखा नहर १७ वटा, शाखा नहर ५० वटा, उपशाखा नहर ४०८ दशमलव पाँच किलोमिटर, प्रशाखा नहर टर्सरी एक हजार ४६८ किलोमिटर, निकास नहर ३०८ किलोमिटर तथा सो नहरमा तीन हजार ५७४ वटा पुल, पुलेसा र कल्भर्ड रहेका छन् ।

नेपाल–भारतबीच भएको गण्डक सम्मmौताअनुसार भारत सरकारले सो नहरमा ८५० क्युसेक पानी उपलब्ध गराउनुपर्नेमा विगतका वर्षमा ५०० देखि ६०० क्युसेक पानी मात्र उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा धानबालीका लागि ८२९ क्युसेक पानी प्राप्त हँुदै आएको सो कार्यालयले जनाएको छ ।

प्रत्येक वर्ष नदीले नहरक्षेत्र, संरचना, डाइकहरु कटान गरिरहेकाले बजेटको अभावमा सोको मर्मतसम्भार गर्न नसकिएकाले पुल, पुलेसा तथा कल्भर्ड जीर्ण हुँदै गएको छ । डिभिजन प्रमुख राजेन्द्रप्रसाद साहले राससलाई भन्नुभयो, “जीर्ण हँुदै गएको संरचनाको मर्मतसम्भारका लागि सङ्घीय सरकारले बजेटको व्यवस्थापन गर्नुपर्छ ।”

सो कार्यालयले बृहत् योजनाअन्तर्गत रहेको रु चार करोड बजेटमध्येबाट नहरको मर्मतसम्भार गरिए पनि जीर्ण रहेको पुल, पुलेसा तथा कल्भर्डको मर्मतसम्भार गर्ने कार्य बजेट अभावका कारण अगाडि बढ्न नसकेको प्रमुख साहको भनाइ छ ।

कतिपय ठाउँमा किसानले कुलो मासेर खेत बनाएको, नहरको डिलमा रहेका हरियो रुख कटान गरी डिल अतिक्रमण गरेर घरटहरा बनाएको, फोहरमैला नहरमा फ्याँक्ने गरेकाले साइफन जाम हुने गरेका कारण नहर जीर्ण हँुदै गएको छ ।

नहरका संरचना हलुका सवारीका लागि बनाइए पनि ठूला सवारी साधनको आवतजावत भइरहने भएकाले दिनदिनै ती संरचना जीर्ण बन्दै गएको समस्या यथावत् रहेको देखिन्छ । यसैगरी वीरगञ्ज ठोरी गण्डक नहरको सिक्टा नदीको पुलसमेत जीर्ण बन्दै गएको छ ।

जगरनाथपुर गाउँपालिकाको मसिहानी क्षेत्रमा पर्ने उक्त पुलमा सवारी साधन आवतजावत गर्ने भएकाले पुलको दुवैतर्फको आरसिसी पर्खाल जीर्ण बनिसकेको, पुलको सतह ठाउँठाउँमा चर्किएको, पर्खालका स्तम्भ भाँचिएको, पुलको भित्ता हल्का दबाबमा हल्लिने गरेको छ ।

सो जीर्ण रहेको पुल, पुलेसा कल्भर्डलगायतका पुराना संरचना समयमै मर्मतसम्भार नगरिए जुनसुकै बेला दुर्घटना हुने सम्भावना रहेको पश्चिमी पर्सावासीको भनाइ छ ।

वि.सं.२०७५ फागुन ३ शुक्रवार १२:३० मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...