back
CTIZAN AD

बेल्जियममा दुई जनसम्पर्क समिति !

वि.सं.२०७५ फागुन ५ आइतवार

705 

shares

५ फागुन, काठमाडौं । नेपाली कांग्रेको भातृ संगठन मानिएको नेपाली जनसम्पर्क समिति बेल्जियम दुई चिरा परेका छन् ।

देशमा प्रतिपक्षको शसक्त भूमिका निभाउँदै आएको नेपाली कांग्रेशले पार्टीभित्र व्यापक गुटप्रथा भएको र गुटबन्दी नतोड्दा सम्म संघीयता नै धरापमा पर्ने बताइरहेको अवस्थामा विदेशमा रहेका उसका भातृसंगठनहरु पनि विवादमा पर्दै आएका छन् ।

जनसम्पर्क समिति बेल्जियमका पूर्वअध्यक्ष समेत रहिसकेकका गंगाधर गौतमले बेल्जियम समितिको विवादले अन्ततगोत्वा दुई जनसम्र्पक समिति स्थापित भएको सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

त्यसो त अक्टोबर १०१८ मा संगठनको विधि र विधान विपरीत चलेको आरोप खेप्दै सभापति सिता सापकोटा र महामन्त्री दिनेश प्रसाद भण्डारीबाट साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको भनिएका पूर्वअध्यक्ष गौतमले त्यसको एकवर्ष नपुग्दै बेल्जियम जनसम्पर्क समिति २ वटा भएको लेखेका छन् ।

उनले दुवै संस्थाले आफूलाई बैधानिक भन्दै एकले ३ मार्च २०१९ र एकले १० मार्चमा बेल्जियमको लुवेनमा अधिबेशन गर्ने तयारी गरेको पनि उनले लेखेका छन् ।  अधिबेशनको तयारी गरिएको तर नेपालबाट प्रतिनिधिका रुपमा को आउने भन्ने जानकारी दुवै संस्थाले नदिएको, विभाजनका कारण सदस्यहरु बस्ने क्रम कम भएको लगायतका समस्या राखेका उनले छुट्टाछुट्टै दुई अधिबेशन हुनै नसक्ने र यस समस्याको तत्काल समाधान खोजिनुपर्ने उनले बताएका छन् ।

उनको भनाई जस्ताको तस्तै
‘नेपाली जनसम्पर्क समिती बेल्जियमको बिबादले अन्ततोगत्वा बेल्जियममा दुई जनसम्पर्क समिति स्थापित भएका छन दुबैले आ–आफ्नो समिति बैधानिक भन्दै आगामी (३ मार्च २०१९ र १० मार्च २०१९ का दिन बेल्जियम को लुबेनमा अधिबेशन गर्ने तयारी गरिरहेका छन । पछिल्लो अबस्थामा भन्दा बिभाजनका कारण सदस्य बन्नेहरु चाप बिल्कुलै घटेको छ भने नेपाली कांग्रेस केन्द्रिय कार्यालयको तर्फबाट कुनै प्रतिनिधि आउने कुराको जानकारी दुबै समितिले सार्वजनिक गर्न नसकेको अवस्था छ सस्थामा बिबाद र बिभाजनको प्रमुख कारण गैर आबासीय नेपाली संघ बेल्जियमको गत निर्वाचनको क्रममा गरिएको दुई संगठन बिचको सम्झौता र प्राप्त परिणामका कारण भएको हुँदा तत्कालीन अबस्थामा सस्थाले गरेको गल्ती कमि कमजोरीको बारेमा आम समिक्षा गर्ने दुई संगठनका बिचमा भएको आपसी निर्णय कति कार्यान्वयन भयो या भएन संयुक्त समिक्षा गरेर निस्कर्षमा पुग्न सकिन्छ छुट्टाछुट्टै दुई अधिबेशन हुन सक्ने सम्भावना छैन एकताको अधिबेशनको लागि सबै पक्षबाट समाधान खोजिनु पर्दछ जय नेपाल
(नेपाली कांग्रेस केन्द्रिय कार्यालयको निर्देशन सस्थाको गरिमाको लागि जरुरी छ)’

वि.सं.२०७५ फागुन ५ आइतवार १५:१५ मा प्रकाशित

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...