back
CTIZAN AD

वोन्सो बंगलादेशको संयोजकमा नितेश अधिकारी चयन

वि.सं.२०७५ फागुन ६ सोमवार

750 

shares

विश्वव्यापी नेपाली विद्यार्थी संस्था (वोन्सो) बंगलादेश चयाप्टरले सन् २०१९ का लागि नयाँ कार्यसमिति चयन गरेको छ । बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको साझा संस्था वोन्सो बंगलादेशको हालै सम्पन्न एक भेलाले नितेज अधिकारीको संयोजकत्वमा नयाँ कार्यसममिति चयन गरेको हो । जसको सहसंयोजकमा प्रमिशा केसी र मनिष साह, महासचिवमा रुपेशकुमार महतो, सचिवमा प्रशन्न दाहाल, सहसचिवमा रक्षन्द खान, कोषाध्यक्षमा राजन श्रेष्ठ र सहंयोजकमा अंकित कुमार महतो चयन गरिएका छन् ।

त्यसैगरी प्रवक्तामा रेविका प्रधान, महिला प्रतिनिधिमा रुना श्रेष्ठ र अनुरुपा गोहित, सांस्कृतिक तथा कार्यक्रम संयोजकमा अस्मिता भुषाल र प्रकाश झा, विद्यार्थी संयोजकमा अभिनास शाहनी, मिडिया संयोजकमा मनिष यादव र सुशिल रौनियार र जनसम्पर्कमा दिक्षा पौडेल रहेका छन् ।

प्रमुख सल्लाहकारमा संस्थापक अध्यक्ष तथा वोन्सो आईसीसी सदस्य डा राकेश साह चयन गरिएका छन् । सल्लाहकार कमिटीमा डा अमरदिप चौधरी, डा अमरेश कर्ण, डा रवि महतो, डा राजेश साह, डा सजिद सफि, डा बरुणकुमार राई, डा शिरिस सिंह सिल्वाल, डा दिपक खड्का, डा शुभ श्रेष्ठ, डा नारायण दुलाल, डा गोविन्द चौधरी, डा रोशन साह, डा राजेश कपर, डा जोशबहादुर गुरुङ, डा विनय यादव, डा आलोक झा, डा दीपककुमार यादव, डा रामेश्वर भण्डारी, राहुलकमाुर यादव, विनोदकुमार यादव, सागर लम्साल, अन्जु सुवेदी, मनोज साह रौनियारलगायत रहेका छन् ।

सोही भेलाले वोन्सोको ढाका च्याप्टर पनि पुनर्गठन गरेको छ । जसको संयोजकमा नमेश सिंह ठकुरी, सहसंयोजकमा निरज यादव र रितिका भेटवाल, महासचिवमा मनोज यादव, सहसचिवमा अंशु राज, कोषाध्यक्षमा सर्भेस यादव, सहकोषाध्यामा सुदिप साह, प्रवक्तामा विशाल महर्जन, महिला संयोजकमा आस्था वर्णवाल र सुजिता श्रेष्ठ, मिडिया संयोजमा अलका महर्जन र अर्जुन काफ्ले जनसम्पर्कमा सरोजप्रकाश राना रहेका छन् ।

वोन्सोको जन्म गैरनाफामुलक, गैरराजनीतिक संस्थाको रुपमा भएको हो । यसले विद्यार्थीहरुलाई सम्बन्धित क्षेत्रमा काुननी, शैक्षिक, सांस्कृतिक र सामाजिक सम्बन्धका विषयमा सूचना उपलब्ध गराउन सहयोग गर्ने गर्दछ । यसैक्रममा ‘नेपाली विद्यार्र्थीको एकताका लागि राम्रो सूचना’ नाराका साथ बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको छाता संस्थाको रुपमा गठन भएको हो । डा साहको पहलमा बंगादेशमा वोन्सो कमिटीहरु गठन भएका हुन् ।

बंगलादेशको रंगपुर च्याप्टर, सिलेट च्याप्टर, चिताङ्ग च्याप्टर, भोग्रा, सिरजगोंग, राजसाही च्याप्टर र मायनसिं र गोपालगञ्ज च्याप्टर पनि छिट्टै पुनर्गठन गरिने सल्लाहकार डा राजेश साहले जानकारी दिएका छन् ।

वि.सं.२०७५ फागुन ६ सोमवार ११:५२ मा प्रकाशित

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...