back
CTIZAN AD

सिँचाइ कुलो निर्माण हुदाँ स्थानीय खुशी

वि.सं.२०७५ फागुन ६ सोमवार

2.9K 

shares

६ फागुन, बाजुरा ।  जिल्लाको गौमुल गाउँपालिका–४ मानाकोटका स्थानीयवासी गाउँमै सिँचाइ कुलो निर्माणपछि खुशी भएका छन् ।

कोटपातल खोलाबाट गाउँमा सिँचाई कुलोे निर्माण गरिएको हो । सिँचाई कुलो निर्माण पछि खेती किसानीमा सहज हुनेभएपछि स्थानीय खुशी भएका छन् ।

सिँचाइ कुलो नहुँदा हिउँदेखेती लगाउन नपाई पुरै जमीन बाझो राख्नुपर्ने समस्या थियो, सिँचाइ कुलो निर्माणसँगै समस्या हटेको ४ नम्बरका वडा अध्यक्ष वीरेन्द्र रोकायाले बताएका छन् । पानी अभावले बाली सुक्ने, खेती राम्रो नहुने, मेहनत मात्र गर्नुपर्ने सबै प्रकारको समस्या हट्ने रोकायाको भनाइ छ ।

सिँचाइ कुलो ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा निर्माण गरिएको हो । वर्षौदेखि स्थानीय निकाय, सरकारी तथा गैरसरकारी निकायलाई माग गर्दा पनि बेवास्ता गरिएको थियो, गाउँपालिकासँग जलस्रोत परियोजनाले सिँचाइ कुलो निर्माण गर्दा स्थानीय खुशी छन् ।

सिँचाइ निर्माणपछि अहिले आफूहरु बेमौसमी खेती गर्नुका साथै अन्य फलफूल साग तरकारीसमेत लगाउने गरेको बताएका छन् । गाउँमा सिँचाइ कुलो आएपछि पूरै मानाकोट गाउँ हरीयाली भएको स्थानीयवासीको भनाइ छ ।

ग्रामीण जलस्रोत परियोजनाको आयोजना र युरोपेली युनियन फिल्याण्ड सरकार र गौमुल गाउँपालिकाको आर्थिक सहयोगमा कोटपातल बृहत् सिँचाइ कुलो निर्माण गरेको गौमुल गाउँपालिकाका प्रमुख प्रशासकीय टङ्कनाथ खनालले बताए ।

सिँचाइ कुलो रु ७४ लाख ५२ हजारको लागतमा निर्माण गरिएको हो । स्थानीयले पनि केही रकम श्रमदान गरेका छन् । १२ सय मिटर लम्बाइ र दुई फिट चौडाइ, दुई फिट उचाइको नहर निर्माण गरिएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना जिल्ला संयोजक नरवीर ऐडीले जानकारी दिएका छन् ।

सिँचाइ कुलोबाट ४ नम्बर वडाका १२ सय बढी परिवारलाई सिँचाइका लागि सहज हुनेभएको छ । मानाकोटवासीले पानी अभावकै कारण खेत बाँझै राख्नुपर्ने समस्या हटेको छ । खेती उत्पादनमा पनि वृद्धि हुने स्थानीयले विश्वास राखेका छन् ।

वि.सं.२०७५ फागुन ६ सोमवार ११:५० मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...