back
CTIZAN AD

भ्रष्टाचार बिरुद्धको अभियान तिब्र बनाईने

वि.सं.२०७५ फागुन ६ सोमवार

999 

shares

६ फागुन । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा फागुन ४ गते पाल्पाको तानसेनस्थित टुँडीखेलमा नागरिक सभा सम्पन्न भएको छ ।
सभामा प्रमुख वक्ताको रुपमा बोल्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले देशमा एक पछि अर्को गर्दै अरवौका भ्रष्टाचार प्रकरणहरु देखिदैँ गएको र त्यस विरुद्ध कारबाही गर्न सरकार उदासिन भएका कारण उक्त प्रकरणहरुका मूल दोषीहरुमाथी कारबाही सुनिश्चित गर्न सामुहिक आन्दोलनको आवश्यक भएको बताएका छन् ।

सो अवसरमा प्रदेश सभा साँसद बीरबहादुर रानाले शान्ति समाजको भ्रष्टाचार बिरुद्धको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको बताउँदै आफूलाई राजनीतिक दलको ह्वीपले गाँजेको भएता पनि शान्ति समाजलाई कुनैपनि ह्वीपले छेक्न नसक्ने हुँदा कुशासन र भ्रष्टाचारका सवालमा निर्धक्कसंग अघि बढ्न आग्रह गरेका थिए । नागरिक सभामा मानव अधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनीले फोहोरको डुंगुरभित्र स्वाभिमान र आत्मसम्मान हराउने खतरातर्फ संकेत गर्नुहुँदै पाल्पा र कालिगण्डकी नदीमा बढ्दो फोहोरको नियन्त्रणमा पाल्पालीलाई आग्रह गरेका थिए ।

पाल्पा जिल्ला शाखा सभापति नारायण प्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको नागरिक सभामा नेकपाका नेता धनेन्द्रराज घिमिरे, राप्रपा पाल्पाका अध्यक्ष रेवन्तबहादुर बिष्ट, शान्ति समाजका बरिष्ठ उपसभापति गोबिन्द खनाल, महासचिव सुशिल बस्नेत, सचिवहरु कृष्णबहादुर रावल र टेकबहादुर सार्की, केन्द्रिय सदस्य मीना ढकालले मन्तब्य राखेका थिए ।
कार्यक्रममा प्रेस चौतारी पाल्पाका अध्यक्ष राजेन्द्र लिगल, त्रिभुवन क्याम्पसका सहायक क्याम्पस प्रमुख युवराज पौडेलले समेत सुशासन र नागरिक दायित्व बिषयमा मन्तब्य ब्यक्त गरेका थिए । पाल्पा शाखाका उपसभापति अरुण ज्ञवालीले स्वागत मन्तब्य ब्यक्त गरेको उक्त नागरिक सभामा रमा पन्त वालीले धन्यबाद ब्यक्त गरेकी थिइन्,भने कार्यक्रमको संचालन शाखा सचिव रेनुका देवकोटाले गरेको थिइन् ।

यसैबीच मानव अधिकार तथा शान्ति समाजको १३८ औं केन्द्रिय समितिको बैठक फागुन ४ गते साँझ पाल्पामा सम्पन्न भएको छ । बैठकले वाईडबडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचार विरुद्ध शान्ति समाजले अभियान संचालन गरिरहेको सन्दर्भमा सरकार झनै उदासिन देखिएकोले यस अभियानलाई जिल्ला जिल्लामा अझै तिब्र बनाईने निर्णय गरेको छ ।
यसअघि फागुन ४ गते बिहान शान्ति समाजको एक टोलीले नदी सफाईको नियमित श्रृंखला अन्तर्गत काली गण्डकी किनार स्थित रानी महल परिसर र रानी महल छेउ रहेको कालीगण्डकी नदी सफाई कार्यक्रम समेत संचालन गरेको थियो । सफाईबाट संकलित फोहोर स्थानीय सुरक्षाकर्मिलाई जिम्मा लगाउँदै रानी महल सुरक्षार्थ खटिएका प्रहरीहरुलाई रानी महल परिसरमा फोहोर गर्न नदिन बिशेष ब्यवस्था मिलाउन आग्रह समेत गरिएको थियो ।

वि.सं.२०७५ फागुन ६ सोमवार ११:३६ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...