
रसिला शब्द, बिद्रोहि चेतना र सामाजिक यथार्थता हुदाहुदै पनि यो पटक उनि अलिकति चिप्लीएकै छन । बिकृति र बेथितिले थला पारेको बेला उनका गीतले सामाजिक रुपान्तरणमा मनोबल बढाउनु पर्दथ्यो तर अहिले उनि र उनको गीत हिट भएपनि राम्रो सन्देश नगएको स्विकारोक्ति स्वयं उनले गरीसकेका होलान् पनि । ‘मलाई अमेरिका यहि ‘ भनेर गाइएको गीतको सन्देशलाई सिरोपर गर्नेहरु तथा देशमा व्याप्त वेरोजगारी र दिनप्रतिदिन बढेको, भ्रष्टाचारले आजित भएका युवाहरु उनको यो गीतलाई सिरोपर गरेर लुटमा लाग्नुपर्ने रहेछ जीविकोपार्जन गर्नका लागि भनेर त्यतैतिर लाग्दैनन् भन्ने कसले ग्यारेन्टी गर्छ ? भन्ने प्रश्न पनि उठाइएका छन् ।
नेपालीको मन मुटुमा बसेका लोक गायक पशुपति शर्माका तीज गीत हुन या अन्यगीत, उनका प्राय गीतले समाजमा सकारात्मक सन्देश दिइरहेकै छन । समाजले सकारात्मक सन्देश खोजिरहेको हुन्छ । तर, यतिबेला उनको एउटा गीतले नेपाली समाजलाई दुई ध्रुवमा बाँडिदिएको छ ।
पछिल्लो ‘लुट–कान्छा लुट’ बोलको गीत मैले पनि हेरेको थिए । १६ घण्टामै लाखौ दर्शक पाइसकेको थियो उक्त गीतले । तर, हाम्रो समाज राम्रो कुरामा त्यसरी नै खनिने र नराम्रो कुरामा पनि त्यसरी नै पंक्ति मिलाएको देखिन्छ । त्यसको परिणाम पनि अहिले केही मानिसहरु पशुपति शर्माको पक्ष र सरकारको विरोधमा लागि परेको देखिएको छ । यो मात्रै होइन नेपाली कांग्रेस लगायतका बिपक्षि पार्टीहरुले एजेण्डै पाएका हुनकी जस्तो पनि देखा परेको छ ।
पशुपति शर्माको ‘मलाई अमेरिका यहि’ भन्ने गीत जनताका घर–घरमा मात्र नभएर सरकारी कार्यालयमा पनि गुन्जिएको थियो कुनैबेला । हरेक नेपालीले त्यहि गीत गाएको देखिन्थ्यो र कतिपयले उनकै गीत सुनेर उत्पादनमा लागेका पनि थिए । जहाँ गएपनि आफ्नो माटो र आफ्नो धर्तिमा नगरेसम्म केही हुँदैन भन्ने उनको गीतको शन्देश थियो । खुसीसंग आफ्नै देशमा पसिना बगाउँ भन्ने उनको गीतले सकरात्मक सन्देश दिएको थियो भने अहिलेको उनको गीतले नेता जति सबै भ्रष्टाचारी र कार्यकर्ता सबै भुक्ने कुकुर भन्ने सन्देश दिएको छ ।
नेपाली राजनीति संग्लो छैन र भ्रष्टाचारको आहालमा छ भन्ने कुरा सत्य हो तर भ्रष्टाचार र बेथितीका बिरुद्ध लड्ने इमान्दार मानिसहरु पनि राजनैतिक दलभित्रै संघर्ष गरीरहेकै छन । उनिहरुलाइ उत्प्रेरीत गर्ने र बेथितीका बिरुद्द जनमत तयार गर्ने हिसावले उनका शब्द चयन हुन जरुरी थियो ।
रसिला शब्द, बिद्रोहि चेतना र सामाजिक यथार्थता हुदाहुदै पनि यो पटक उनि अलिकति चिप्लीएकै छन । बिकृति र बेथितिले थला पारेको बेला उनका गीतले सामाजिक रुपान्तरणमा मनोबल बढाउनु पर्दथ्यो तर अहिले उनि र उनको गीत हिट भएपनि राम्रो सन्देश नगएको स्विकारोक्ति स्वयं उनले गरीसकेका होलान् पनि । ‘मलाई अमेरिका यहि ‘ भनेर गाइएको गीतको सन्देशलाई सिरोपर गर्नेहरु तथा देशमा व्याप्त वेरोजगारी र दिनप्रतिदिन बढेको, भ्रष्टाचारले आजित भएका युवाहरु उनको यो गीतलाई सिरोपर गरेर लुटमा लाग्नुपर्ने रहेछ जीविकोपार्जन गर्नका लागि भनेर त्यतैतिर लाग्दैनन् भन्ने कसले ग्यारेन्टी गर्छ ? भन्ने प्रश्न पनि उठाइएका छन् ।
अर्को कुरा पशुपति शर्माको गीतले भनेजस्तै सबै पार्टीका नेताहरु भ्रष्टाचारमा लिप्त छन् त ? उनले भनेको ठूला नेताको अर्थले त मोहन बैद्यलाइ पनि जेडिन्छ । अन्य धेरै पार्टीका नेता जो नेकपा, कांग्रेस जस्तो चर्चामा आएका छैनन् र कतिपय उनीहरु आफ्नो विचारमा अडिग रहेर बसिरहेका छन् उनको गीतले त सबै ठूला नेताहरु भ्रष्टाचारमै लिप्त रहेको भन्ने जनाउँछ जस्तो लाग्छ । के उनीहरुले पनि भ्रष्टाचार गरेका छन् त ? उनीहरुको पनि त राजनीतिक पार्टी हो नि होइन र जस्ता प्रश्न पनि उठेका छन् ।
हो, राजनीतिक पार्टीका धेरै नेताहरु शुद्ध छन भनेर म भन्दिन् । तर, राजनीतिक पार्टीमा त्यस्तै केहि नेता तथा कार्यकर्ता छन् जसले मृत्यु शैथ्यामा हुँदा पनि उपचार पाएका छैनन् । राजनीतिमार्फत शुद्दिकरण र रुपान्तरण खोज्दै जीवन अर्पेका कतिपय नेताहरु अहिले खान समेत नपाएको स्थिति छ । आफूलाई प्रजातान्त्रिक पार्टी मान्ने नेपाली कांग्रेसका नेता प्रजातन्त्र सेनानी रौतहटका मगनी साहले राम्रो औषधि उपचार नपाएर मरेका हुन् भन्दा फरक पर्दैन् । मगनी साहका छोरा केहि समय अगाडि बाबुको सम्झनामा गाउँमा एउटा गेट बनाउने भनेर पैसा माग्न नेताहरुका धाइरहेको छु भन्दै थिए । त्यस्तै झापा विद्रोहका योद्धा डेकेन्द्र राजवंशीले पनि आफ्ना छोरालाई रोजगारी खोजिदन भनेर तत्कालिन एमालेको मुख्यालय बल्खु पुग्दा त्यहाँ नेताहरुले गरेको वेवास्ता र उपेक्षाले आत्महत्या गर्नुपरेको यर्थाथ हाम्रा सामु छदैछ । शर्माले गीतको शब्द चयनमा बिम्ब संयोजन गर्न नजानेकै हुन् भन्दा पनि भावोत्तेजना बढि आएको हो की । मलाइ लाग्छ देश र माटो प्रेम राख्ने पशुपतिले आत्मसमिक्षा गरीसकेका पनि छन् ।
हाम्रो नेपाली समाज यस्तै–यस्तै मुद्दामा अल्झिरहेको हुन्छ प्रायजसो । मुलजरोमा पुगेर कुरा नबुझि सतहि रुपमा आवेगमा आउँदा, छेउमा सलाइ छ केटाकेटीले आगो लगाउलान् है भनेर सतर्क गराउनुपर्ने बेला आगो लागिसक्यो र सबै खतम भइसक्यो भनेर हल्ला फिजाउने नै हामीहरु नै हौं भन्दा फरक नपर्ला ।
अस्तिमात्र सामाजिक संजाल फेसबुकमा एउटा भिडियो भाइरल बनेको पाएको थिए । त्यहाँ ३०–४० जना मानिसहरु लाइन लागेर बसेका थिए । तर, लाइनमा एकको पछि अर्को फर्किएको थियो । उनीहरुले अगाडिको व्यक्तिलाई सिकाइएको देख्न सक्तैनथे र जसलाई पहिले सिकाइएको छ उसले नै अर्कोलाई र अर्कोले आफ्नो अगाडि रहेको मान्छेलाई सिकाउँदै जानुपर्दथ्यो । तर, कुरा सिकाइएको ठिक थियो । जहाँसम्म लाग्छ त्यो बाइक कसरी चलाउने भनेर सिकाइएको थियो । पहिलो सिकाउने व्यक्तिले एक महिलालाई सिकायो । महिलाले अर्को व्यक्तिलाई र अर्र्को व्यक्तिलाई सिकाउँदै अघि बढे तर, त्यो सिकाइ ४० जनासम्म पुग्दा अर्कै बनिसकेको थियो मोटरसाइकल चलाउन सिकाइएको हो भनेर अलिकति पनि बुझ्न नसकिने भइसकेको थियो त्यहाँ विचविचमा कसैकसैले त सलाम ठोक्न सिकाएको पनि देखिन्थ्यो । त्यहाँ हाम्रो समाजको वास्तविक चित्रण गरिएको थियो हो भन्दा फरक पर्दैन् । एउटाले राम्रै कुरा सुनायो तर, गाउँभरी पुग्दा त्यो कुरा सकारात्मक नभएर नकारात्मक बनेको हुन्छ ।
अर्को कुरा भ्रष्टाचारको दल–दलमा परेको देशलाई निकास दिनका लागि पशुपति शर्माको गीत रोकेर होइन कि, भ्रष्टाचारलाई जरैदेखि उखेल्नका लागि अभियान थालेर मात्र सकिन्छ । त्यसकारण यस्ता कुरामा समाजलाई अल्झाएर दुई ध्रुवमा बाड्न र बाडिन भन्दा आ–आफ्नो समिक्षा गरी देशको आवश्यकतामा उभिन उचित हुन्छ । यसअघि धेरै मुद्दा छन् जुन मुद्दामा सरकार वा जनता हामी सिरियस भएका छैनौ । कुनै पनि मुद्दा उठाउँदा त्यसको गन्तव्य कहाँ हो र त्यसलाई कहाँ पु¥याएर टुंग्याउने भन्नेमा हामी कमैले भूमिका पूरा गरेका हुन्छौ । यो मुद्दा पनि त्यस्तै भएर जानेछ । हामीले यी कुरालाई उपरीसतहमा पुगेर उचालिरहेका छौं कि वा बुझ्दै नबुझेर गीतको गोली मैलाई हानेको हो कि भनेर तर्सिरहेका पनि हौं की । यदि त्यसो हो भने यी दुवै अतिवाद त्यागौं । किन कि, लिखित रुपमा पशुपति शर्माको गीत रोक्नुपर्छ भनेर सरकारका तर्फबाट आएको छ जस्तो लाग्दैन् । बरु पशुपति शर्माको गीत बजाउनुपर्छ भनेर लोकदोहोरी गीत प्रतिष्ठानले प्रेस वक्तव्य निकालेको छ । केही राजनीतिक दल र केही कार्यकर्ता अनि केही आम नागरिकहरुले पशुपति शर्माको गीतलाई बजाउनु पर्छ भनेर आवाज उठाइरहेका छन् भने केहीले पशुपतिको गीत गलत हो भनेर उचालिइरहेकाछन् । कसैलाई पनि बेफाइदा नहुने गरी यो मुद्दालाई सेफ ल्याण्डिङ गर्नुमा नै बुद्धिमानी हुनेछ भन्ने मलाई लाग्दछ ।
स्वतन्त्रता उपयोग गर्ने पनि सीमा हुन्छ । कतिपय अवस्थामा बाटोमा हिड्दा यसरी प्याच्च नथुकौं, गाडी वा बाइक चलाउँदा मोबाइल नचलाऔं भन्दा उक्त व्यक्तिले ‘किन नथुक्नु, बाटो तेरो हो र ? यो बाटो के सफा छ र ? सबैले त थुक्छन नि भनेर धेरैपटक जवाफ पाइन्छ । बाटो त साझा हो । त्यसो भए, घर त हाम्रो निजी हो नि घरमा ट्वाइलेट नै किन बनाउनु पर्यो ? आफ्नै घर हो जता ट्वाइलेट गरे पनि भयो नि, त्यो पनि त उसको स्वतन्त्रता हो नि भन्न सकिएला ।
कलाकार भनेको राष्ट्रका गहना हुन् । गहनाको पनि आफ्नै ठाउ हुन्छ मानिसको शरीरमा सजिने । देश पनि उनीहरुको अंग हो त्यसैले उनीहरु सजिने ठाउँ पनि त्यहि अनुसार हुन्छ । सजिदा बोल्दा उनीहरुले पनि ख्याल गर्नुपर्ने हुन्छ । आफूले गाएको गीत आगोसरी फैलिने र त्यसले समाजमा कस्तो असर पार्छ भन्ने बुझ्नै पर्छ ।
यहाँ कुरा कोमल ओलीको पनि आएको छ उनले गाएको ‘पोइल जान पाम’ भन्ने गीतलाई पनि विरोध गर्नेहरु धेरै थिए । प्रतिउत्तरमा ‘पोइल जान पाम भनेर गीत गाउँनेलाई मैले लान पाम’ भनेर अर्का एक गायकले गाएका थिए । भलै, कोमल ओलीले के सोचिन् अनि यो गीतको जवाफ कसरी दिइन थाहा भएन । तर, कोमल ओलीजस्तो राष्ट्रकी गहना यतिबेला उनी प्रदेश ५ को सांसद पनि हुन् । उनलाई हेर्ने नजरिया कस्तो भयो होला समाजमा ! समाज त त्यस्तै कुरामा न हो मनोरंजन लिने । कतिपयले उनलाई पोइल जान पाम भनेर गीत गाउने उनै हुन भनेर पनि चिन्छन् होला ।
अरु पनि कुरा छन्, केही समय अगाडि नेपाली आधुनीक गीतका स्वरकी धनी अन्जु पन्तले क्रिश्चियन धर्म मानिन् भनेर उनको गीत सुन्न छाड्ने हामी नै हो । अनि स्वर किन्नरीको नाम कमाएकी तथा कसैबाट बन्धक बनेकी भनिएकी विष्णु माझिले सिडियो सामु ‘मलाई अझै मुख ढाकेर हिड्न मन लाग्छ’ भनेर आफ्नो कुरा बताइनन् भनेर विरोध गर्ने र आवेगमा आएर उनको गीत बहिष्कार गर्नुपर्छ भनेर सामाजिक संजालमा लेख्नेहरु पनि हामी नै हौं ।
अब के गर्ने त ?
यदि दुई तिहाइ बहुमत भएको ओली सरकारले उनको गीत रोक्न खोजेर कतै विज्ञप्ति वा आपत्तिजनक रहेको भनेर पत्र लेखेर ‘गीत हटाउ’ भनेर भनिएको छ भने त्यसलाई तुरुन्त सच्याएर पशुपति शर्मालाई गीत युट्युवमा राख्न दिइयोस् । पशुपति शर्माले पनि त्यहि संगीतमा तिनै शब्दलाई केही संशोधन गरेर परिमार्जनसहित जान जरुरी छ । उनको गीतका आधारमा देखीएको दुइ अतिबाद अधिकांश नेपालीलाइ स्विकार्य छैन । राजनैतिक दलका चिनेगुनेका नेताहरुले उक्त गीत आफैले लेखेको बताएर सरकारसँग सडकमै प्रतिरोधको कुरो उचालिएको छ ।
भावना, आवेग, प्रभाव र परीणामको आंकलन सहि हुन नसक्दाको परीणति ठान्दै पशुपतिले परीमार्जन,सरकारले लोकतान्त्रिक निष्ठा र हामी श्रोताले संयमता देखाउन जरुरी छ भन्ने मलाइ लागेको छ । पशुपतिको जात्रा सिद्राको ब्यापार उतिबेला ठिक थियो होला तर यतिबेला पशुपतिको गीत राजनीतिको ब्यापार कत्ति पनि सान्दर्भिक छैन । उनका भावजन्य सामान्य कमजोरी होलान् तर उनको माटो निष्ठा अब्बल छ । त्यसैले दुइ अतिबाद नबढाउने हो की !
वि.सं.२०७५ फागुन ६ सोमवार ११:३४ मा प्रकाशित






























