back
CTIZAN AD

उपप्रधान तथा रक्षामन्त्रीद्वारा दीक्षान्त कवाजको निरीक्षण

वि.सं.२०७५ फागुन ६ सोमवार

774 

shares

६ फागुन । राष्ट्रिय सेवा दलका सह संरक्षक माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले फागुन ५ गते उक्त सेवा दलद्वारा सञ्चालित सि सं १४ Ncc सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज निरीक्षण गरेका छन् ।

अनुशासित, मर्यादित, संस्कारयुक्त नागरिक, राज्यका संस्थाहरु प्रति सम्मान, मुलुक प्रति समर्पित, राष्ट्रियताप्रती बफादार, नेतृत्व तथा व्यक्तित्व विकास, सामान्य सैनिक कला, विपद् व्यवस्थापन र विपत्तिको समयमा स्वयमसेवकको रुपमा नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्षम बनाउने उद्देश्यले नेपाली सेनाले नेपाल अधिराज्य भरिका विभिन्न निजी तथा सरकारी विद्यालयहरुमा अध्ययनरत छात्रछात्राहरु सहभागी गराई यो तालिम बि.सं २०२२ बाट सञ्चालन गर्दै आईरहेको छ । सो क्रममा हालसम्म कुल ४३‚६३२ जना क्याडेट छात्रछात्राहरुले सफलतापूर्वक उक्त तालिम हासिल गरिसकेका छन् ।

यस आर्थिक वर्षमा मात्रै ७७ जिल्लाका २१६ विद्यालयहरुबाट कुल ७७०० सात हजार सात सय जना क्याडेट छात्रछात्राहरुलाई उक्त सेवा दलको तालिममा सहभागि गराएको थियो । जस अन्तर्गत सिनियर डिभिजन तर्फ १ हजार ८० जना र जुनियर डिभिजन तर्फ ६ हजार ६ सय २० जना रहेका छन् । ती मध्ये आजको कार्यक्रममा ५१४ जना क्याडेट छात्रछात्राहरु दिक्षित भएका हुन् ।

सोही अवसरमा माननीय उपप्रधान तथा रक्षामन्त्री पोखरेलले Ncc तालिमका क्याडेटहरुले प्रदर्शन गरेको मार्चपाष्ट, विभिन्न कला तथा नृत्यहरुको अवलोकन, क्याडेटहरुलाई दज्र्यानी चिन्ह प्रदान, शिल्ड तथा पुरस्कार वितरण, विद्यालयहरुलाई प्रशंसापत्र प्रदान गर्नुको साथै क्याडेटहरुलाई सम्बोधन गरेका थिए । सोही अवसरमा सेवा दलका सह संरक्षक एवं प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र रक्षा सचिव विष्णु प्रसाद लम्सालले समेत ल्ऋऋ तालिमका क्याडेटहरुलाई दज्र्यानी चिन्ह प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा मित्रराष्ूर्का सैनिक सहचारीहरु, सुरक्षा निकायका प्रमुखहरु, सेनाका रथीबृन्द तथा अधिकृतहरु लगायत सम्बन्धित विद्यालयका शिक्षक र अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

वि.सं.२०७५ फागुन ६ सोमवार ११:२९ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...