back
CTIZAN AD

अमेरिका-चीन व्यापार वार्ता मङ्गलबारदेखि शुरु हुन्छ – ह्वाइट हाउस

वि.सं.२०७५ फागुन ७ मंगलवार

693 

shares

७ फागुन, वासिङ्टन । संयुक्तराज्य अमेरिका र चीनबीच करवृद्धिको विवाद अन्त्य गर्नेगरी व्यापार वार्ता वासिङ्टनमा मङ्गलबारदेखि शुरु हुने ह्वाइट हाउसले घोषणा गरेको छ ।

बेइजिङमा यसअघि भएको वार्ता विना सहमति टुङ्गिएको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता “अत्यन्त सकारात्मक” रुपमा अघि बढेको बताउँदै आगामी मार्च १ तारिखको समयसीमा बढाउन आफू तयार रहेको जानकारी गराएका थिए ।

मङ्गलबारदेखि हुने वार्तामा अमेरिकी टोलीको नेतृत्व व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले गरेका छन् छ भने वार्तामा अर्थमन्त्री स्टिफेन मचिन, बाणिज्यमन्त्री विल्बर रोस, आर्थिक नीति सल्लाहकार ल्यारी कड्लो तथा व्यापार सल्लाहकार पिटर नाभारो सहभागी छन् ।

चीनको बाणिज्य मन्त्रालयले चिनीया पक्षको नेतृत्व उपप्रधानमन्त्री लिऊ हेले गरेका छन् ।

गत शुक्रबार राष्ट्रपति ट्रम्पले वार्तामा सकारात्मक नतिजा आउने सम्भावना देखिए २०० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा तत्कालै २५ प्रतिशत करवृद्धि नगरिने दोहो¥याउनु भएको छ । अमेरिकी प्रविधि चोरी भएको, चिनीया बजार पश्चिमा मुलुकका लागि पर्याप्तरुपमा खुला नभएको तथा चीनले अमेरिकी रोजगार खोस्न चिनीया कम्पनीलाई बढी छुट र अनुदान दिएको अमेरिकाले आरोप लगाउँदै आएको छ ।

विश्व अर्थतन्त्रमा पहिलो र दोस्रो स्थानमा रहेका अमेरिका र चीनबीचको व्यापार युद्धले विश्व आर्थिक वृद्धि र बजारमा ठूलै हलचल ल्याएको छ ।

वि.सं.२०७५ फागुन ७ मंगलवार १७:१९ मा प्रकाशित

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...