back

अमेरिका-चीन व्यापार वार्ता मङ्गलबारदेखि शुरु हुन्छ – ह्वाइट हाउस

वि.सं.२०७५ फागुन ७ मंगलवार

360 

shares
GLOBAL IME AD
NTC AD

७ फागुन, वासिङ्टन । संयुक्तराज्य अमेरिका र चीनबीच करवृद्धिको विवाद अन्त्य गर्नेगरी व्यापार वार्ता वासिङ्टनमा मङ्गलबारदेखि शुरु हुने ह्वाइट हाउसले घोषणा गरेको छ ।

बेइजिङमा यसअघि भएको वार्ता विना सहमति टुङ्गिएको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता “अत्यन्त सकारात्मक” रुपमा अघि बढेको बताउँदै आगामी मार्च १ तारिखको समयसीमा बढाउन आफू तयार रहेको जानकारी गराएका थिए ।

मङ्गलबारदेखि हुने वार्तामा अमेरिकी टोलीको नेतृत्व व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले गरेका छन् छ भने वार्तामा अर्थमन्त्री स्टिफेन मचिन, बाणिज्यमन्त्री विल्बर रोस, आर्थिक नीति सल्लाहकार ल्यारी कड्लो तथा व्यापार सल्लाहकार पिटर नाभारो सहभागी छन् ।

चीनको बाणिज्य मन्त्रालयले चिनीया पक्षको नेतृत्व उपप्रधानमन्त्री लिऊ हेले गरेका छन् ।

गत शुक्रबार राष्ट्रपति ट्रम्पले वार्तामा सकारात्मक नतिजा आउने सम्भावना देखिए २०० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा तत्कालै २५ प्रतिशत करवृद्धि नगरिने दोहो¥याउनु भएको छ । अमेरिकी प्रविधि चोरी भएको, चिनीया बजार पश्चिमा मुलुकका लागि पर्याप्तरुपमा खुला नभएको तथा चीनले अमेरिकी रोजगार खोस्न चिनीया कम्पनीलाई बढी छुट र अनुदान दिएको अमेरिकाले आरोप लगाउँदै आएको छ ।

विश्व अर्थतन्त्रमा पहिलो र दोस्रो स्थानमा रहेका अमेरिका र चीनबीचको व्यापार युद्धले विश्व आर्थिक वृद्धि र बजारमा ठूलै हलचल ल्याएको छ ।

वि.सं.२०७५ फागुन ७ मंगलवार १७:१९ मा प्रकाशित

चीनको डिजिटल क्षेत्रमा तीव्र वृद्धि : १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

चीनको डिजिटल क्षेत्रमा तीव्र वृद्धि : १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

बेइजिङ । चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ...

पोप फ्रान्सिसको निधन : भ्याटिकन

पोप फ्रान्सिसको निधन : भ्याटिकन

भ्याटिकन सिटी । पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन...

इस्टर युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण सुरु गर्यो : युक्रेन

इस्टर युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण सुरु गर्यो : युक्रेन

किएभ । मस्को र किएभले एकअर्कामाथि इस्टर युद्धविराम उल्लङ्घन गरेको...

बढ्यो चीनको विद्युत् उत्पादन क्षमता

बढ्यो चीनको विद्युत् उत्पादन क्षमता

बेइजिङ । चीनको कुल विद्युत् उत्पादन क्षमता चालु वर्षको सन्...

अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण

अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण

न्युयोर्क । हजारौँ प्रदर्शनकारीले शनिबार न्यूयोर्क, वासिङ्टन र संयुक्त राज्य...

सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको किएभको भनाइ

सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको किएभको भनाइ

किएभ ।  किएभले शुक्रबार रुससँगको युद्धमा मारिएका सयौँ युक्रेनी सैनिकको...