back
CTIZAN AD

राष्ट्रपति मुखर्जी काठमाडौंमा,राष्ट्रपति भन्डारीबाट स्वागत

वि.सं.२०७३ कात्तिक १७ बुधवार

936 

shares

काठमाडौं , भारतका राष्ट्रपति प्रणव मुखर्जी तीनदिने राजकीय भ्रमणको क्रममा आज काठमाडौं आइपुगेका छन्। भारतीय वायुसेनाको विशेष विमानबाट साढे १२ बजे उनी काठमाडौं विमानस्थलमा उत्रेका हुन्।

मुखर्जीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थलमा पुगेकी छिन्। विमानस्थलमा विशेष स्वागतपछि राष्ट्रपति मुखर्जी राष्ट्रपति भन्डारीसँगै विमानस्थलबाट सिधै शितलनिवास पुग्ने कार्यक्रम छ। शितलनिवासमा दुई राष्ट्रप्रमुखहरुबीच आजै भेटवार्ता हुनेछ।

झन्डै डेढ दसकपछि भारतका राष्ट्र प्रमुखबाट उच्चस्तरको भ्रमण भएको हो। यसअघिभारतीय राष्ट्रपति केआर नारायणनले विसं २०५५ जेठ १४ गते यहाँको भ्रमण गरेका थिए। यो भ्रमणबाट दुईदेश बीचको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्ने विश्वास गरिएको छ। मुखर्जीको सम्मानमा सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

मुखर्जीको भ्रमणका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको छ।बिहानैदेखि विमानस्थल र राजधानीका मूल सडकमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। सेनाको कमान्डमा प्रहरी र शसस्त्रसहितको विशेष टोली परिचालन गरिएको छ।

मुखर्जीको स्वागतका लागि विमानस्थलदेखि नै मूल सडक तथा चोकहरुलाई सफा र चिटिक्क बनाइएको छ।भारतका राष्ट्राध्यक्षको भ्रमणका लागि झन्डा तथा तुलहरु चोक चोकमा राखिएको छ । उनको सवारी पर्ने सडकमा स्वागतार्थ द्वारहरु बनाइएका छन् ।

मुखर्जीको सम्मानमा राष्ट्रपति भण्डारीबाट बुधबार साँझ रात्रिभोजको आयोजना गरिएको छ। राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा काठमाडौं आउन लागेका मुखर्जीले राष्ट्रपति प्रधानमन्त्रीसहित प्रमुख दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

भारतका राष्ट्रपतिले बिहीबार पशुपतिनाथको पूजाअर्चना गर्ने र सोही दिन उनलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्ने कार्यक्रम छ।भारतका राष्ट्रपतिको सम्मानमा नागरिक अभिनन्दन पनि हुनेछ । उनले नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालालाई सम्बोधन गर्ने कार्यक्रम छ।

भारतका राष्ट्रपतिले शुक्रबार जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्नुहुने तथा उनको सम्मानमा नागरिक अभिनन्दन गरिनेछ ।सोही दिन भारतीय राष्ट्रपति पोखराको भ्रमणमा पनि जाने कार्यक्रम पनि छ। राष्ट्रपति मुखर्जी शुक्रबार काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।

वि.सं.२०७३ कात्तिक १७ बुधवार ०७:०९ मा प्रकाशित

गृहमन्त्री गुरुङद्वारा नारायणगढ-बुटवल सडक खण्ड अनुगमन : समयमै काम सम्पन्न गर्न निर्देशन

गृहमन्त्री गुरुङद्वारा नारायणगढ-बुटवल सडक खण्ड अनुगमन : समयमै काम सम्पन्न गर्न निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गरेका...

विद्युत् खपत रणनीति बनाउन आवश्यक छलफल गर्दै उर्जा मन्त्रालय

विद्युत् खपत रणनीति बनाउन आवश्यक छलफल गर्दै उर्जा मन्त्रालय

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र नेपाल उद्योग परिसङ्घबीच...

एन आई सी एशिया बैंकद्वारा बर्दगोरिया, कैलालीस्थित सहारा घरलाई आवश्यक सामग्री सहयोग

एन आई सी एशिया बैंकद्वारा बर्दगोरिया, कैलालीस्थित सहारा घरलाई आवश्यक सामग्री सहयोग

काठमाडाैँ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक...

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ । तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा...

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौँ । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति...

आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते

आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली (नुवाकोट) । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने...