
१० फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट राजीनामा दिएका विवादित सदस्य राजनारायण पाठक प्रकरण ‘लहरो तान्दा पहरो गर्जने’ दिशा तर्फ अग्रसर भएको छ । नेपाली कांग्रेसको सिफारीसमा अख्तियार पुगेका पाठक तत्कालीन माओवादी नेता तथा उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दिनेश पुन सँगको साठगाँठका कारण पछिल्लो समय मिडियामा हटकेक बनेका छन् ।
पछिल्लो समय पाठक प्रकरणसँग अखील क्रान्तिकारीका नेता दिपेश पुन जोडिएसँगै पाठक प्रकरण अझ पेचिलो हुने देखीएको छ ।
दिपेशले ऐक्यवद्धतालाई पठाएको फेशबुक म्यासेन्जमा यसबारे आफूलाई केही थाहा नभएको समेत बताएका छन् । तर तिनै दिपेशले कैलास मगर भनिने कैलास दर्लामीलाई बचाउने सैलीमा लेखेका छन् । कैलास निर्दोश छन् । पार्टीका मान्छेले भीडीयो खीचेको थाहा पाएपछि पाठकको आग्रहमा ‘केस सेटलमेन्ट’ गर्न मात्रै कैलासले काम गरेको दिपेशले लेखेका छन् ।
तत्कालीन एमालेका नेता तथा पुर्व मन्त्री मन्त्री हरी पान्डेको प्रत्यक्ष इन्ट्रेष्ट’ रहेको नेपाल इन्जीनियरीङ्ग कलेजमा कांग्रेसका तर्फबाट सीफारीस आयोग सदस्य पाठक र तत्कालीन माओवादी नेताहरुको संलग्नताले यो प्रकरण रमाइलो बन्ने देखिन्छ ।
को हुन कैलास ?
अहिले ५० लाखको गाडी चढ्ने कैलास मगर संकट्कालमा नेपाली सेनाको लखेट्याइ बाट बच्न कोसीमा हाम फालेर बाँचेका माओवादी मिलेसिया हुन् । उपराष्ट्रपति पुत्र दिपेशसँग प्राय होटल अन्नपूर्ण दरबारमार्गमा भेटीने दलार्मी अर्जुन थापा अध्यक्ष हुदाँ रत्नराज्य लक्ष्मी क्याम्पस अखील क्रान्तिकारीका सहसचिव हुँदै संगठनको इकाई अध्यक्ष समेत समेत रही सकेका छन् । स्रोतका अनुसार २०६७ साल अघि राजनितीक भन्दा पनि जातीय संगठनमा रहन रुचाउने उनी तत्कालिन मगर बिद्यार्थी संघमा आबद्ध थिए । आफूलाई राजनितीक संरक्षण हुने देखे पछि उनी माओवादीको राजनितीमा लागेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन ।
वि.सं.२०७५ फागुन १० शुक्रवार १२:५५ मा प्रकाशित




























