back
CTIZAN AD

मेलम्चीमा कसैको गिद्धेनजर पर्न दिन्नँ : मन्त्री मगर

वि.सं.२०७५ फागुन १० शुक्रवार

669 

shares

१० फागुन, काठमाडौं । खानेपानी मन्त्री विना मगरले मेलाम्चीको पानीमा कसैको पनि गिद्धेनजर पर्न नदिने बताएकी छन् ।

शुक्रबार संसद्मा भएको प्रश्नोउत्तरमा मन्त्री मगरले मेलाम्ची उपत्यकाबासी जनताको लागि मात्र महत्वपूर्ण नभइ आफूसँग जोडिएको र आफ्नो सफलतासँग जोडिएकोले कसैको गिद्धेनजर पर्न नदिने र त्यसलाई सफल पारेरै छाड्ने प्रतिवद्धता गरेकी छन् ।

मन्त्री मगरले इटालियन कम्पनी सीएमसीले विधिसम्मत ठेक्काको मान्यतामा भित्र रहेर आएमा सरकारले स्वागत गर्ने अन्यथा नयाँ सिस्टममा जाने समेत उनले बताएकी छन् ।
उनले मन्त्रालयका सचिवको सरुवाका विषयमा उठेको प्रश्नमा अन्य मन्त्रालयका सचिवको पनि सरुवा भएकोले यसलाई आफूले त्यति प्राथमिकता नदिएको बताइन् । उनले भनिन्, ‘अरु मन्त्रालयका सचिवको पनि सरुवा भएकोले त्यसलाई ठूलो रुपमा लिनु हुँदैन् ।’

उनले आफूलाई पैसा खाएको आरोप लगाइएको बारेमा बताउँदै भनिन्,‘ १ अर्ब पैसा खायो भनेर प्रचार गरियो । म मन्त्रालयमा आएपछि ८४ करोड १५ लाख भुक्तानी गरेको हिसाव किताव देखिन्छ ।’

मन्त्री मगरले मेडियाले गरेका यस्ता गलत प्रचारवाजीमा नलागेर मन्त्रालय यस्ता समस्या सुल्झाउन लागेकाले सबैलाई सहयोग गर्न समेत आग्रह गरेकी थिइन् ।

उनले उपत्यकाबासीसँग मेलम्चीको पानी यति समयमा आउछ भनेर गरिएको प्रतिवद्धताका बारेमा बताउँदै मेलाम्ची आयोजनाको फिल्डमा जाँदा सीएमसी कम्पनी तथा मन्त्रालयका कर्मचारीबीचमा यतिसमय सम्ममा पानी ल्याउन सकिन्छ भनेर बनाइएको लिखित आधार हेरेर समय तोकिएको समेत बताइन् ।

मन्त्री मगरले जनताको अधिकतम हितलाई मध्येनजर गर्दै सीएमसी वा अन्य कम्पनीबाट मेलम्चीको पानी छिट्टै ल्याउने प्रतिवद्धता समेत गरेकी थिइन् ।

वि.सं.२०७५ फागुन १० शुक्रवार १४:१७ मा प्रकाशित

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...