back
CTIZAN AD

सङ्कटकालबारे प्रतिक्रिया दिएका कारण सुडानी सम्पादक पक्राउ : परिवार

वि.सं.२०७५ फागुन १२ आइतवार

633 

shares

१२ फागुन, खार्तुम ।  सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा गर्दै सरकारको विघटन गर्नु सही कदम नभएको प्रतिक्रिया टेलिभिजनमार्फत दिएको आरोपमा पक्राउ गरिएको उनको पारिवारिक स्रोतले शनिबार जानकारी गराएको छ ।

अल–तायर दैनिकका प्रधान सम्पादक ओस्मान मिर्घानीलाई सुरक्षाकर्मीले शुक्रबार राति उनको कार्यालयबाट पक्राउ गरेको उनका भाई अली मिर्घानीले एएफपीलाई जानकारी गराए ।
सम्पादक मिर्घानीले बसिरको तीन दशक पुरानो शासनविरूद्ध केही हप्तादेखि भइरहेको आन्दोलनलाई दबाउन सङ्कटकालको घोषणा गर्ने पछिल्लो कदम गलत भएको बताएलगत्तै सुरक्षाकर्मीले उनकै कार्यालयबाट गिरफ्तार गरेको थिए ।

भाई अली मिर्घानीले भने, “राष्ट्रपतिले सङ्कटकालको घोषणा गरेपछि मेरो दाजुले यसबारे अरबी सञ्चारमाध्यमार्फत प्रतिक्रिया दिएका थिए ।” “त्यसपछि उनलाई कार्यालयमा छापामारी पक्राउ गरिएको थियो । अहिलेसम्म उनलाई कहाँ लगिएको र कुन अवस्थामा राखिएको छ भन्नेबारे केही बताइएको छैन ।”

उनले भने, “सुडानी राष्ट्रिय गुप्तचर तथा सुरक्षा सेवाका अधिकारीले शनिबारका लागि छापिएका अल–तैयरका सबै पत्रिका नियन्त्रणमा लिएको छ ।” यसबारे प्रतिक्रियाका लागि प्रहरी तथा अन्य सुरक्षा अधिकारीले उपलब्ध हुन चाहेनन् ।

स्काई न्यूज अरेवियाले मिर्घानीसँग शुक्रबार लिएको अन्तर्वातामा के बसिरको नयाँ कदमले आन्दोलित जनताको आक्रोशलाई साम्य गर्नेछ भनी गरिएको प्रश्नमा उनले राष्ट्रपतिको पछिल्लो कदमले झन् आन्दोलनको नयाँ तरङ्ग ल्याउने र ‘यसले जनतालाई सरकार हटाउन थप दबाब दिनुपर्ने सन्देश दिने’ बताएका थिए ।

अमेरिकाबाट इञ्जिनीयरिङ गरेका मिर्घानीले स्वदेश फर्केर पत्रकारिता शुरू गर्नुभएको थियो । उनलाई सुरक्षाकर्मीले समाचार छापेकै कारण पटकपटक नियन्त्रणमा लिई छोडेका थिए । रिपोर्टर्स विदाउट बोडर्स नामक सञ्चारमाध्यम नियमक संस्थाले बताएअनुसार आन्दोलन शुरू भएको दिन गत डिसेम्बर यता कम्तिमा ७९ पत्रकारलाई पक्राउ गरेको थियो ।

सुडान विश्वको प्रेस स्वतन्त्रता सूचीमा १८० मुलकमध्ये १७४ औँ स्थानमा पर्छ । आन्दोलनलाई नियन्त्रणमा राख्न राष्ट्रिय सङ्कटकाल घोषणा गरिएको छ । आन्दोलनका क्रममा अहिलेसम्म ३१ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ भने मानव अधिकारवादी सङ्घसङ्गठनको तथ्याङ्कअनुसार आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाको मृत्यु भएको छ ।

सुडानको सरकारले पाउरोटी, पेट्रोलियम पदार्थ लगायतका सामानमा अत्यधिक मूल्य वृद्धि भएपछि यसको विरोधमा आन्दोलन शुरू भएको थियो । सन् १९८९ मा इश्लामिक समूहको सहयोगमा राज्य विद्रोह गरी सत्तामा पुगेका ७५ वर्षीय राष्ट्रपति बसिर पछिल्लो आन्दोलनका कारण निकै कमजोर बनेका बताउने गरिएको छ ।

वि.सं.२०७५ फागुन १२ आइतवार ११:०४ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...