back

पहिरो खस्दा एकको मृत्यु, दुई जना घाइते

वि.सं.२०७५ फागुन १४ मंगलवार

345 

shares
GLOBAL IME AD
NTC AD

१४ फागुन, दार्चुला । दुहुँ गाउँपालिका–३ स्थित निर्माणाधीन दार्चुला–तिङ्कर सडकको राताकाठामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

आज बिहान पहिरो खस्दा नौगाड गाउँपालिका–४ सिप्टीका ३९ वर्षीय रघुवीरसिंह धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र कठायतले जानकारी दिएका थिए । खलङ्गाबाट व्यास क्षेत्रमा भेडाबाख्रा लिएर जान लागेका धामी सडकमाथिबाट आएको पहिरोमा परेका थिए । नौगाड–४ का ३१ वर्षीय मानसिंह ठगुन्ना र वडा नं ३ का उधारो ठगुन्ना घाइते भएका छन् ।

घाइते उधारोको टाउकोमा चोट लागेको जिल्ला अस्पतालका स्वास्थ्य सहायक डम्मरदत्त भट्टले जानकारी दिए । मानसिंहको हातमा चोट लागेको छ । दार्चुला–तिङ्कर सडकमा सोमबार विस्फोटक पदार्थ विष्फोटन गरिएको थियो । दिउँसो ओहोरदोहोरमा समस्या हुने भए पछि उनीहरु राति त्यही बाटो भएर व्यासतर्फ जाँदै थिए । । दार्चुला–तिङ्कर सडक योजनाका इञ्जिनीयर दिनेश रैखोलाका अनुसार अहिले सो सडक चौडा पार्ने काम भइरहेको छ । राति पानी परेका कारण पहिरो खसेको अनुमान गरिएको छ ।

वि.सं.२०७५ फागुन १४ मंगलवार ०९:०४ मा प्रकाशित

कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया...

नेप्से परिसूचकमा १५ अङ्कको गिरावट

नेप्से परिसूचकमा १५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

अनुमति विना गुज्जरगानो निकासी नगर्न गल्याङ नगरपालिकाको अनुरोध

अनुमति विना गुज्जरगानो निकासी नगर्न गल्याङ नगरपालिकाको अनुरोध

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले अनुमति विना गुज्जर गानो र...

बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने

बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने

काठमाडौं । विश्व शान्तिका अग्रदूत भगवान् बुद्धको २५६९औँ जन्मजयन्तीका अवसर...

यार्सागुम्बा सङ्कलन थालियो

यार्सागुम्बा सङ्कलन थालियो

मनाङ । मनाङमा यार्सागुम्बा सङ्कलन थालिएको छ । मनाङसँगै लमजुङ,...

वर्षाले फुल्न लागेको स्याउका बोटमा असर, उत्पादन कम हुने प्रक्षेपण

वर्षाले फुल्न लागेको स्याउका बोटमा असर, उत्पादन कम हुने प्रक्षेपण

मुस्ताङ । वर्षाले यहाँका फूल्न लागेको स्याउको बोटमा असर पुर्याएको...