back
CTIZAN AD

पहिरो खस्दा एकको मृत्यु, दुई जना घाइते

वि.सं.२०७५ फागुन १४ मंगलवार

540 

shares

१४ फागुन, दार्चुला । दुहुँ गाउँपालिका–३ स्थित निर्माणाधीन दार्चुला–तिङ्कर सडकको राताकाठामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

आज बिहान पहिरो खस्दा नौगाड गाउँपालिका–४ सिप्टीका ३९ वर्षीय रघुवीरसिंह धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र कठायतले जानकारी दिएका थिए । खलङ्गाबाट व्यास क्षेत्रमा भेडाबाख्रा लिएर जान लागेका धामी सडकमाथिबाट आएको पहिरोमा परेका थिए । नौगाड–४ का ३१ वर्षीय मानसिंह ठगुन्ना र वडा नं ३ का उधारो ठगुन्ना घाइते भएका छन् ।

घाइते उधारोको टाउकोमा चोट लागेको जिल्ला अस्पतालका स्वास्थ्य सहायक डम्मरदत्त भट्टले जानकारी दिए । मानसिंहको हातमा चोट लागेको छ । दार्चुला–तिङ्कर सडकमा सोमबार विस्फोटक पदार्थ विष्फोटन गरिएको थियो । दिउँसो ओहोरदोहोरमा समस्या हुने भए पछि उनीहरु राति त्यही बाटो भएर व्यासतर्फ जाँदै थिए । । दार्चुला–तिङ्कर सडक योजनाका इञ्जिनीयर दिनेश रैखोलाका अनुसार अहिले सो सडक चौडा पार्ने काम भइरहेको छ । राति पानी परेका कारण पहिरो खसेको अनुमान गरिएको छ ।

वि.सं.२०७५ फागुन १४ मंगलवार ०९:०४ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...