back
CTIZAN AD

 समाजसेवी सविको सहयोग, स्कुल जान पाउने भइन् अम्बिका

वि.सं.२०७५ फागुन १४ मंगलवार

681 

shares

१४ फागुन, म्याग्दी   । चरम गरिबीकै कारण एकबर्ष अगाडी जन्मदिने आमाले आत्महत्या गरेपछि अम्बिका किसान विहान उठ्ने वित्तिकै बेनी नगरपालिका–२ हाँडेभीरमा सवारीसाधन मर्मत गर्ने ग्यारेजमा राखिएका टायरमा गुटमुटिने गर्थिन् । खाली पेट, एकसरे लुगामा अम्बिकासंगै दुईबर्षका भाई र १० बर्षिया दिदी सुस्मिता पनि भोकभोकै सडकमै खेल्ने गरेकी थिईन् । म्याग्दी खोला नजिक रहेको टिनको छाप्रोमुनि साँधुरो कोठामा मावली हजुरआमा र मामासंगै चिसो भुईमै रात काट्ने गरेका बालबालिकाका बारेमा समाचार प्रकाशित भएपछि बेनी नगरपालिका वडा नम्बर ४ स्थायी घर भई हाल अमेरिकाको बाल्टिमोर बस्ने अधिबक्ता एवम् म्याग्दी समाजका अध्यक्ष इन्द्र र समाजसेवी सबि थापाले ५ बर्षिया अम्बिकालाई १० बर्षसम्मलाई आवश्यक पर्ने आवासीय सुविधा सहित माउण्ट एभरेष्ट आवासीय माविमा भर्ना गरेकी छन् ।

‘बालबालिकाको समचार देखेर दुखित भए,‘शिक्षामा कुनैपनि कमी हुन दिने छैनौ’ महिला अभियान्ता समेत रहेकी थापाले भनिन् ।उनले समाचारमार्फत बालबालिकाको अवस्थाका बारेमा जानकारी पाएलगत्तै सहयोगको प्रतिबद्धता जनाएकी थिईन् । देशभर अनाथ बालबालिकालाई सहयोग गदैं आइरहेकी थापा दम्पत्तीले एकबर्षलाई आवश्यक पर्ने ६० हजार बेनीअनलाइनमार्फत बेनपा ४ का वडा अध्यक्ष गोविन्दप्रसाद पौडेल मार्फत विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

जन्मदिने आमाबुबाले छोडेपनि थापा दम्पत्तीले अम्बिकाको शिक्षाको जिम्मा लिएपछि पहिलोपटक पोशाकमा सजिएर आइतबार विद्यालयमा प्रवेश गरेकी छन् । विद्यालय प्रवेश गर्ने उमेरमा पनि सवारीसाधनको ग्यारेज आसपासमा खेल्ने गरेकी अम्बिकाको अगाडी नै आमाले आत्महत्या गरेकी थिईन् । उनले पढ्ने चाहना ब्यक्त गरेको भिडियो सहितको समाचार समेत प्रकाशित भएपछि थापा दम्पत्तीले शैक्षिक अभिभावकत्व ग्राहणको घोषणा गरेका थिए ।


सदरमुकाम बेनीस्थीत माउण्ट एभरेष्ट आवासीय माविमा आवासीय सुविधा सहित माध्यामिक तहसम्मको शिक्षाको खर्च गर्ने भएको छ।सुकुम्बासी जस्तै जीवन विताइरहेका बालबालिकालाई बेनी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष गोविन्द प्रसाद पौडेलले स्थायी बसोबासको ठेगाना समेत नभएका बालबालिकालाई सहयोग जुटाएर गरिएको सहयोगबाट उत्साहित भएको बताए ।‘समाजभित्र लुकेका समस्यालाई एउटा समाचारले नै परिवर्तन गर्न सक्छ भन्ने उदाहरण बालबालिका बनेका छन्,‘विपन्नताकै कारण धेरै बालबालिकाले उचित शिक्षादिक्षा पाएका छैनन्’ पौडेलले भने । उनले वडा कार्यालयबाट चारजना बालबालिकालाई आवश्यक पर्ने विद्यालय पोशाक सहित लत्ताकपडामा १३ हजार ३७५ रुपैयाँ सहयोग गरेको बताए ।


सोही अवसरमा म्याग्दी जीप तथा बस सञ्चालक समितिले ९ बर्षिया सुस्मिता र अटोे ओएस् प्रालि पोखराका सञ्चालक नारायण पौडेलले १३ बर्षिया अस्मिता किसानलाई सदरमुकाम बेनीस्थीत माउण्ट एभरेष्ट आवासीय माविमा आवासीय सुविधा सहित माध्यामिक तहसम्मको शिक्षाको खर्च गर्ने भएपछि एकैपटक तीन बहिनी विद्यालयमा भर्ना भएका छन् । त्यस्तै दुईबर्षको बालकलाई भने दाता प्राप्त भएको छैन् ।

चारबालबालिकालाई काठमाण्डौस्थित छत्रपाटी निशुल्क चिकित्सालयबाट नगद १० हजार सहित न्यानो कपडा, पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द लोहनीले मासिक ५ हजार, नेपाल सरकार गृहमन्त्रालयका उपसचिव राजु पौडेल, अच्यूत जंग श्रेष्ठ १० हजार, श्याम मोहन श्रेष्ठ २० हजार सहित ब्यक्तिगत रुपमा सुस्मिताको नाममा गरिमा विकास बैंक बेनी शाखामा खोलिएको खातामा ८० हजार ६२१ रुपैयाँ सङ्कलन भएको छ भने ब्यक्तिगत तथा संस्थागत रुपमा विभिन्न संघसंस्थाका प्रतिनिधिले समेत बालबालिका बस्ने स्थानमै पुगेर समेत सहयोग गरेका छन् ।पढाई छोडेर दिनभरी सडकमै खेल्ने गरेका बालबालिकालाई सहयोग गर्ने सम्पूर्णलाई बृद्ध हजुरआमाले धन्यवाद दिएकी छन् ।

 

वि.सं.२०७५ फागुन १४ मंगलवार ०९:१५ मा प्रकाशित

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...