back
CTIZAN AD

दुई कराते महासङ्घको विवाद समाधान, शम्भु आर्चाय अध्यक्षमा चयन

वि.सं.२०७५ फागुन १५ बुधवार

606 

shares


१५ फागुन, काठमाडौँ । नेपालको करातेमा सक्रिय दुई फरक फरक अस्तित्वका कराते महासङ्घ निर्वाचनमार्फत एक हुने सहमतिसहित एकीकरण भएको छ ।

नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताप्राप्त करातेका दुई महासङ्घ अस्तित्वमा थिए । दावा गुरुङको नेतृत्वमा रहेको कराते महासङ्घलाई राष्ट्रिय र पुनेन्द्र विक्रम लाखे अध्यक्ष रहेको कराते महासङ्घलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले मान्यता दिएको थियो ।

युवा तथा खेलकूद मन्त्रालयले गठन गरेको विवाद समाधान समस्या सहजीकरण समितिको पहलपछि एकीकरण सम्भव भएको हो । एकीकरण गरिएको महासङ्घको नेतृत्व शम्भु आर्चायले गरेका छन् । उनको संयोजकत्वमा २१ सदस्यीय तदर्थ कमिटीसमेत गठन भएको छ । कमिटीको सहअध्यक्ष दावा गुरुङ, उपाध्यक्ष पुनेन्द्र विक्रम लाखे, महासचिव हरिशरण केसी, सहमहासचिव ओमकृष्ण प्रसाईं, सचिव विआर मित्र, सचिव श्याम शेर्पा र कोषाध्यक्ष सानुलाल श्रेष्ठ छन् ।

सदस्यमा छत्र आले, राजेन्द्र बराल, देव लामा, मजेन्द्र सिंह, नारायण मगर, यादव काफ्ले, धोजमान मोक्तान, निवास गोपाल वैद्य, धुव्रविक्रम मल्ल, तारा ओली, दुर्गा गौतम परियार, रवि महर्जन र मिङ्गमा तामाङ चयन भएका छन् । तर्दथ समितिले आगामी तीन महीनाभित्र निर्वाचन गर्नुपर्नेछ । ओलम्पिक कमिटीका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठले कराते खेलको विकासका लागि दुवै महासङ्घका अध्यक्षले गरेको त्यागलाई समान गर्नुपर्ने बताए ।

राष्ट्रिय मान्यताप्राप्त कराँते महासङ्घका अध्यक्ष तथा तदर्थ कमिटीका सहअध्यक्ष गुरुङले कराते खेलको विकासकै लागि एकीकरणमा आफू र आफ्नो टिम सहमत भएको बताए । उनले अबको तदर्थ समितिले राजनीतिकरण नगरी सबैलाई समेटेर लग्नुपर्नेमा जोड दिँदै राष्ट्रको प्रतिष्ठा जोगाउने खेल कराते भएकाले यसको प्रवद्र्धनमा सबै मिलेर लाग्नुपर्ने भनाइ व्यक्त गरे ।

त्यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले मान्यता दिएको कराते महासङ्घको अध्यक्ष एवं हालका उपाध्यक्ष लाखेले विगतमा भएका तिक्ततालाई सबैले बिर्सेर पर्ने भन्दै कराते खेलको विकासका लागि व्यक्तिगत स्वार्थलाई त्यागेर अगाडि बढ्नुपर्ने भनाइ व्यक्त गरे ।

सन् २०११ मा तत्कालीन राष्ट्रिय खेलकूद परिषद् ९राखेप०का सदस्य सचिव युवराज लामाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मान्यताप्राप्त नेपाल कराते महासङ्घ अस्तित्वमा हुँदाहुँदै राष्ट्रिय मान्यताप्राप्त भन्दै आफ्नो संरक्षकत्व तथा दावा गुरुङको अध्यक्षतामा नेपाल कराते महासङ्घ पुनरगठन गरेका थिए । ।

युवा तथा खेलकूद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले दुई छुट्टाछुट्टै कराते महासङ्घको एकीकरण भएकामा खुशी व्यक्त गरे । उनले धेरै पदक भित्र्याउने खेल कराते भएकाले यसको साख जोगाउन सबै एक भएर लाग्नुपर्ने विचार व्यक्त गरे ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले आठौँ दक्षिण एशियाली खेलकूद (साग) मा पदक जितेयता नेपालले कराते खेलमा खासै उपलब्धि हासिल गर्न नसकेको बताए ।

१७ औँ एशियाली खेलकूदमा खेलाडीले खेल्न नपाएको पीडाको स्मरण गर्दै उनले आगामी दिनमा त्यस्तै दिन नहोस् भन्दै सबैले व्यक्तिगत स्वार्थलाई त्यागेर कराते खेलको विकासमा लाग्न आग्रह गरे ।

विसं २०५६ मा घरेलु मैदानमा नै भएको आठौँ सागमा कराते खेलले १४ स्वर्ण पदक हासिल गरी इतिहास रचेको थियो । कराते महासङ्घको विवादकै कारण भारतमा भएको १२ औँ दक्षिण एशियाली खेलकूदमा यस खेल समावेशसमेत गरिएको थिएन ।

त्यस्तै राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले निकै विवादित बनेको कराते महासङ्घको एकीकरणले खेलक्षेत्रमा स्वर्णकालको शुरुआत भएको बताए । राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा रहेको खेल सङ्घमा देखिएको विवाद समाधान गर्न गठित समितिले गत साता मात्र मोर्डन पेन्टाथलन सङ्घको विवाद समाधान गरेको थियो भने गत माघ ९ गते नेपाल जिम्न्यास्टिक सङ्घको पनि पुनर्गठन गरेको थियो ।

राखेपको उपाध्यक्ष तिम्सिनाले एउदै प्रकृतिका एउदै सङ्घको खारेजीमा आफूहरु लागिरहेको भन्दै उनले अब मिल्नेजति सङ्घलाई मिलाउने र नमिल्नेलाई मिल्काउँदै जाने भनाइ व्यक्त गरे । मन्त्रालयले उपाध्यक्ष तिमिल्सिनाको संयोजकत्वमा मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपाने र राखेपको खेलकूद विकास विभाग प्रमुख कुलबहादुर थापा सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको थियो ।

वि.सं.२०७५ फागुन १५ बुधवार १७:१७ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...