back

सन्दीपको अहिलेसम्मकै उत्कृष्ट बलिङ

वि.सं.२०७५ फागुन १६ बिहीवार

372 

shares
GLOBAL IME AD
NTC AD

१६ फागुन, काठमाडौँ । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानले पाकिस्तान सुपर लिग (पिपिएल)मा उत्कृष्ट बलिङ गरेका छन् ।

लाहोर कलन्दर्स क्लबबाट खेलिरहेका उनले बुधबारको खेलमा क्वेउटा ग्लाडिएटर्स क्लबविरुद्ध चार विकेट लिएका छन् । टी–२० खेलमा उनको अहिलेसम्मकै उत्कृष्ट बलिङ हो । सन्दीपले चार ओभरमा १० रन मात्र खर्चिए । उनको १५ बलमा विपक्षी खेलाडीले कुनै रन लिन सकेनन् । सन्दीपको बलमा बुधबार विपक्षीले छक्का र चौकासमेत प्रहार गर्न सकेनन् । यसअघि उनले टी–२० प्रतियोगितामा चार ओभरमा ११ रन खर्चेर तीन विकेट लिएका थिए ।

दुबईमा जारी (पिपिएल)अन्तर्गत बुधबारको खेलमा सन्दीपले पहिलो विकेटका रूपमा ग्लाडिएटर्सका ओपनर सेन वाट्सनलाई चौथो ओभरमा सात रनमा एलबिडब्लूको धरापमा पारेका थिए । छैटौँ ओभरको पहिलो बलमा सन्दीपले रोली रस्सोलाई पवेलिन फर्काए । त्यही ओभरको अन्तिम बलमा उनले उमर अकबललाई एक रनमा आउट गरेका थिए । सन्दीपले चौथो विकेट डानिस एजाजको लिएका थिए ।

यसअघि यही फागुन १० गते भएको पहिलो खेलमा सन्दीपले मुलतान सुल्तान्स क्लबविरुद्ध तीन विकेट लिएका थिए ।

वि.सं.२०७५ फागुन १६ बिहीवार ०८:२९ मा प्रकाशित

दिपेन्द्रको टी-२०आईमा अर्को नयाँ कीर्तिमान

दिपेन्द्रको टी-२०आईमा अर्को नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्रसिंह ऐरीले टी-२०...

चारदेशीय टी–२० आई सिरिज : नेपालले कतारलाई आठ विकेटले हरायो

चारदेशीय टी–२० आई सिरिज : नेपालले कतारलाई आठ विकेटले हरायो

काठमाडौँ । हङ्कङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको...