back
CTIZAN AD

शुक्रबारदेखि नेपाली जडीबुटी मेला

वि.सं.२०७५ फागुन १६ बिहीवार

738 

shares

१६ फागुन, काठमाडौ । गुणस्तरीय जडीबुटीको दिगोरूपमा अन्तर्राष्ट्रिय बजारमा प्रोत्साहन गर्ने उद्देश्यले ‘आठौँ नेपाल हब्र्स एक्स्पो–२०१९’ शुक्रबारदेखि शुरु हुने भएको छ । नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घले यहाँ बुधबार पत्रकार सम्मेलन गरेर फागुन १७ गते शुक्रबारदेखि आइतबारसम्म काठमाडौँस्थित ठमेलको छायाँ सेन्टरमा मेला शुरु हुने जानकारी दिएको हो ।

सङ्घका अध्यक्ष गोविन्द घिमिरेले मेलामा नेपालको हिमालदेखि तराईसम्म पाइने कृषि, जैविक उत्पादन र अन्य उत्पादनसँगै प्रविधि र गुणस्तरसम्बन्धी जडीबुटीको सचित्र जानकारी दिने ५० वटा आकर्षक कक्ष राखिने जानकारी दिनुभयो । मेलामा चार कक्ष नेपालबाहिरका उद्यमी र खरीदकर्ताको हुनेछ ।

‘गुणस्तरीय जडीबुटी दिगो अन्तर्राष्ट्रिय बजार, प्रोत्साहन र सम्मान जिम्मेवार उद्यमको आधार’ भन्ने मूल नारासहित आयोजना गर्न लागिएको मेलामा सम्बन्धित विभिन्न विषयमा गोष्ठी तथा अन्तरक्रियासमेत गरिनेछ । नेपालमा पाइने झण्डै सात हजार प्रजातिका वनस्पतिमध्ये ७०० प्रजातिका जडीबुटी र औषधिजन्य वनस्पति पाइन्छ । जडीबुटीको व्यवसायले नेपालका करीब ८० प्रतिशत मानिसको जीविकोपार्जनमा प्रत्यक्ष सरोकार राख्दछ ।

वि.सं.२०७५ फागुन १६ बिहीवार १०:४७ मा प्रकाशित

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...