२० फागुन, काठमाडौं । यदि तपाइ पनि अरुको नाममा सिम कार्ड प्रयोग गर्नु भएको छ भने अबदेखि त्यसो गर्न नपाइने भएको छ हैं । अरुको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नपाइने गरी नेपाल दूरसञ्चार प्राधिकरणले कार्यविधि तयार पारेको छ । ‘ई–केवाईसी सिस्टम’ को कार्यविधिमा रहेको प्राधिकरणले सिमकार्ड प्रयोग गर्न नमिल्ने गरी व्यवस्थापन गर्न लागेको हो ।
्अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गरी आपारधिक क्रियाकलाप गर्ने प्रचलन बढेको भन्दै प्रधानमन्त्री कार्यालयबाट गुनासो आएकोले त्यसलाई सम्बोधन गर्न ‘ई–केवाईसी सिस्टम’ लागू गर्न लागिएको प्राधिकरणले जानकारी दिएको हो ।
प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालका अनुसार प्राधिकरणले ‘ई–केवाईसी सिस्टम’ ल्याउन लागेको छ । सिमकार्ड दुरुपयोग गर्ने, एउटैको नाममा धेरै सिमकार्ड लिने लगायत प्रवृत्ति रोक्न ‘ई–केवाईसी सिस्टम’ ल्याउन लागिएको अर्यालले बताए । सोमबारको अन्न्पूर्णपोस्टमा रञ्जनहरि कोइरालाले लेखेका छन् ।
वि.सं.२०७५ फागुन २० सोमवार ०७:४८ मा प्रकाशित






























