back
CTIZAN AD

त्यो दिन सम्झँदा अहिले पनि शरीर काँप्छ -अम्पायर अहसान रजा

वि.सं.२०७५ फागुन १९ आइतवार

660 

shares


लाहोर, पाकिस्तान (रासस र एएफपी) । लाहोरमा १० वर्षअघि श्रीलङ्काली क्रिकेट टोलीमाथि लडाकू समूहले गरेको साङ्घातिक आक्रमणबाट आफूमाथि लागेको घाउचोट देखेर अम्पायर अहसान रजालाई अहिले पनि शरीर काँप्छ ।

हाल ४४ वर्ष पुगेका रजा भाग्यशाली थिए । उनी लडाकूले प्रहार गरेको गोली, ग्रिनेड र रकेट लन्चरबाट भाग्यवश बाँच्न सफल भएका थिए । यो घटनाले उनको जीवन मात्र बदलिएन पाकिस्तानी क्रिकेटको परिदृश्य नै फेरिएको छ ।

दोस्रो टेस्टका निम्ति अतिरिक्त निर्णायक (रिजर्भ अम्यायर)को भूमिकामा रहेका रजा अरु खेल अधिकारीहरुसँगै गद्दाफी रङ्गशालातर्फ जाँदै थिए । केही अघि गुडिरहेको क्रिकेट टोली बोकेको बसमाथि एकाएक आक्रमण भयो । उक्त आक्रमणबाट छ जना प्रहरी र सडक छेउमा उभिएका मानिस मारिनुका साथै छ जना अरु घाइते भए ।

दुईवटा गोलीले रजाको फोक्सो र कलेजो छेड्यो । बेहोस र अचेत भएका रजा छ महिनापछि मुश्किलले हिँड्न सक्ने भए ।

“मेरो घाऊ त ठीक भयो तर जहिले उनीहरुलाई देख्छु त्यो घटना आँखा अगाडि प्रकट भइहाल्छ,” रजाले बताए । “कसैले त्यो घटनाको कुरा गर्नासाथ मलाई त्यो घटना नसम्झाउन अनुरोध गरिहाल्छु । म त्यो घटना सम्झन पनि सक्दिन ।”

त्यो आक्रमणले क्रिकेट–प्रेमी पाकिस्तानमाथि ठूलो बज्रपात भयो : पाकिस्तानमा अन्तर्राष्ट्रिय खेलहरु स्थगित गरिए, र एक दशकपछि पनि अधिकांश विदेशी टोलीहरु यहाँ खेल्न अस्वीकार गरिरहेका छन् ।

संयुक्त अरब इमिरेट्स (युएई)मा पाकिस्तानले घरेलु शृङ्खला खेलिरहे पनि राष्ट्रिय क्रिकेट बोर्डले करिब २० करोड अमेरिकी डलर आम्दानी गुमाएको छ ।

पाकिस्तानी सुपर लिगका मुख्य खेलहरु पनि युएईमा हुन थालेका छन् । तर हरेक वर्ष पाकिस्तानमा यस लिगका खेलहरु बढाउन थालिएको छ ।

श्रीलङ्काली टोलीमाथि आक्रमण भएको छ वर्षपछि सन् २०१५ मा जिम्बाबेले पाकिस्तानको भ्रमण गरेको थियो ।

निकै कडा सुरक्षाबीच गद्दाफी रंगशालामा मार्च २०१७ मा पाकिस्तान सुपर लिगको फाइनल खेल खेलाइएको थियो । लाहोरमा तीन वटा विश्व टीट्वान्टी क्रिकेट खेलाइएको थियो ।

तर आक्रमण भएको आठ वर्षपछि सन् २०१७ को अक्टोबरमा श्रीलङ्काली टोलीले एकमात्र टीट्वान्टी क्रिकेट खेल्न यहाँ आएको थियो । यही रंगशालामा श्रीलङ्काली टोलीमाथि आक्रमण हुनुका साथै हवाई उद्धार गरी उनीहरुलाई स्वदेश पठाइएको थियो ।

“म त्यस दिन ज्यादै भावुक भएको थिएँ,” रजाले भने । “पाकिस्तान क्रिकेट बोर्डको निरन्तरको प्रयासका कारण पाकिस्तानमा निकट भविष्यमै विदेशी टोलीहरु खेल्न आउनेमा म शतप्रतिशत ढुक्क छु ।” गत मे महिनामा कराँचीमा वेस्ट इन्डिजले पनि तीन वटा टीट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।

पाकिस्तानका पूर्व कप्तान आसिफ इकवालको विश्वासमा पिएसएल खेलहरुले विदेशी टोलीको आत्मविश्वास बढाएको छ । तर प्रमुख देशहरुलाई पाकिस्तान ल्याउन निकै प्रयत्न आवश्यक हुने उनको भनाइ छ । “अन्तर्राष्ट्रिय क्रिकेटको पाकिस्तानमा पुनरागमन अवश्य हुन्छ, र म त्यसमा विश्वस्त छु ।”

गत वर्ष न्यूजीन्यान्डले पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेको थियो । जनवरीमा पनि अस्ट्रेलियाले एक दिवसीय खेलका लागि पाकिस्तानले गरेको अनुरोध अस्वीकृत गरेको थियो ।

“पाकिस्तानमा सुरक्षाको व्यवस्था राम्रो छ । तर खेलाडीहरुले बिना सुरक्षा त्रासमा खेल्न पाउनु पर्दछ, र त्यस्तो वातावरण बनाउन त्यति सजिलो छैन । हामी सुरक्षा सुनिश्चित गराउनेतर्फ निकै प्रयास गरिरहेका छौं,” पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष एहसान मानीले बताए ।

वि.सं.२०७५ फागुन १९ आइतवार १९:५३ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...