back
CTIZAN AD

आज पशुपतिमा ५ हजार सुरक्षाकर्मी परिचालन गरिने

वि.सं.२०७५ फागुन २० सोमवार

657 

shares

२० फागुन, काठमाडौ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भक्तजनको लामको व्यवस्था, सुरक्षा, आवास, तथा प्राथमिक स्वास्थ्योपचारलगायत सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए । पशुपतिनाथ पाश अर्थात बन्धनमा परेका प्राणीका मुक्तिदाता मानिन्छन् । कैलाशनिवासी शिवले मृगस्थलीमा मृग रुप लिई धेरै वर्ष रमण गरेको पौराणिक कथामा वर्णन छ ।
पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षाका लागि पाँच हजार सुरक्षाकर्मी र भीडभाड नियन्त्रणका लागि चार हजार स्वयंसेवक परिचालन हुने भएका छन् । कोषको ऐनमा नै पाशुपत क्षेत्रमा मासु, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्रि पर्वमा समेतमा गाँजा, भाङ, जाँडरक्सी जस्ता नशालु पदाको बिक्रीवितरण, ओसारपसार एवं प्रयोगमा प्रतिबन्ध लगाइएको सचिव ढकालले बताए ।

कोषले यस वर्ष दर्शनार्थीको सहजताका लागि चारैतर्फ लामको व्यवस्था मिलाएको छ । विगत वर्षमा मूल सभा समितिबाट नै सम्पूर्ण व्यवस्था हुन्थे । यस वर्ष एउटा एउटा विषयगत उपसमितिको गठन भई सेवा दिइने भएको कोषले जनाएको छ । त्यस्तै दर्शनार्थी बाहिरिने मूलद्वार नजिकै चन्दन वितरण गरिने व्यवस्था मिलाइएको छ । हंसमण्डप,वनकालीको खुला स्थान,तिलगंगा क्षेत्रलाई आवास क्षेत्र तोकिएको छ । आवास क्षेत्रमा १०० संस्थाले नि ः शुल्क भोजन, पानी र चिया वितरणको व्यवस्था मिलाइएको छ ।

यस वर्ष शिवरात्रिका लागि पशुपतिनाथ मन्दिरमा आउने साधुसन्तको सङ्ख्या वृद्धि भएको छ । इलाहावादस्थित प्रयागमा भएको कुम्भमेलालगत्तै महाशिवरात्रि परेकाले भारतीय पर्यटक बढेको कोषका मुख्य लेखा अधिकृत प्रेमहरि ढुङ्गानाले बताए । उनीहरुलाई यही फागुन २२ गते दानदक्षिणका साथ बिदाइ गरिने कोषले जनाएको छ ।

त्यस्तै पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि पाँच स्थान छुट्याइएको छ । यस वर्ष कोषले सशुल्क दर्शन पासको व्यवस्था खारेज गरेको छ । दर्शनका लागि बिहान ३ः ३० बजेदखि नै पशुपतिका उत्तर, पश्चिम र दक्षिण ढोका खुला गरिने कोषले जनाएको छ ।

वि.सं.२०७५ फागुन २० सोमवार ०९:१० मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...