back

दुश्चेश्वरमा एनआरएनएले ग¥यो निःशुल्क स्वास्थ्य शिविर

वि.सं.२०७५ फागुन २० सोमवार

360 

shares
GLOBAL IME AD
NTC AD

२० फागुन,काठमाडौँ । १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर २८ फेब्रुवरी र १ मार्च २०१९ का दिन गैरआवासीय नेपाली संघ महिला फोरमको पहलमा नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाको राउटेवेसी र शिखर बेसीमा आठौं निशुल्क पाठेघर समस्या सम्बन्धि स्वास्थ्य शिविर र तेश्रो नाक, कान घाटि परिक्षण सेवा शिविर सम्पन्न गरिएको छ । स्वास्थ्य शिविरमा संघका महिला फोरमका संयोजक रजनी प्रधान र सचिवालका सहायक निर्देशक संगीता अवालेले सक्रिय रुपमा सहभागीता जनाएका थिए । उनीहरुले त्यहां सहभागी हुन आएका स्थानीय प्रतिनिधिहरु र समुदायसंग फोरमका गतिविधिहरु बारे जानकारी गराएका थिए । विर अस्पतालका दन्त विशेषज्ञ डा जयेन्द्र प्रधानांग र लाल गुरुङले नाक कान घाटी सेवा शिविरको नेतृत्व गरेका थिए । प्रसुति अस्पतालका प्रसुति विशेषज्ञ डा उन्नती अमात्य र डा रमेश पौडेलले पाठेघर सम्बन्धि स्वास्थ्य शिविरको नेतृत्व गरेका थिए ।

महिला स्वास्थ्य शिविरमा २०० जना भन्दा बढी महिलाहरुको सहभागीता रहेको थियो । परिक्षण गर्न आएका महिलाहरु मध्ये करीव २४ जना महिलाहरुमा पाठेघर सम्बन्धि समस्या पाइएको र तिनीहरुलाई शल्यक्रियाको लागि काठमाडौं स्थित प्रसुति अस्पतालमा रेफर गरिएको छ र चाडैनै उनीहरुको निशुल्क शल्यक्रिया गरिने फोरमकी संयोजक रजनी प्रधानले बताइन् ।

यसै गरी नाक, कान र दांत सम्बन्धि समस्या भएका करीव ५०० जना जति बालबालिका, महिला र पाको उमेर भएका पुरुषहरुको परिक्षण गरिएको थियो । समस्या भएका पुरुष तथा महिलाहरुलाई औंषधि उपचार गरिएको थियो । यस दौंरान स्वस्थ रहनको लागि सरसफाई सम्बन्धी जानकारी दिनुका साथै Hygienic Kits,  जसमा नेलकटर, दाँत माझ्ने ब्रस, मन्जन, काइयो, रुमाल र सेनेटरी टावल वितरण गरिएको थियो ।

महत्वपूर्ण कार्यक्रम संचालन गरेको भन्दै गाविस र त्यहांका स्थानीय बासिन्दाहरुले गैरआवासीय नेपाली संघ प्रति आभार प्रकट गर्दै भविष्यमा पनि यस्तो कार्यक्रमको अपेक्षा गरेका थिए ।

दुप्चेश्वर गाउँपालिकाका उपप्रमुख अन्जु आचार्यले कार्यक्रम संचालन गर्नको लागि संयोजन गरिदिएकोमा उनीप्रति आभार प्रकट गर्दै राउटेबेसीका वडा अध्यक्ष, राउटेवेसी र शिखरवेसीका स्थानीय समुदायहरु, शिविरमा संलग्न चिकित्सकहरु, सचिवालय र यस शिविर संचालनको लागि आर्थिक सहयोग गर्ने सबै महिला फोरमका क्षेत्रीय उपसंयोजकज्यूहरु, सदस्यहरु, एनसिसि तथा आइसिसिका पदाधिकारी तथा सदस्यहरुलाई गैरआवासीय नेपाली संघ महिला फोरमले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

यसैगरी मार्च १ का दिन संघको महिला फोरमको पहलमा एफविनले महिला आयोजना गरेको सिलाइ सम्बन्धी दक्ष सिपमुलक तालिमको उद्घाटन कार्यक्रम नुवाकोटको पन्चकन्या गाउँपालिकामा आयोजना गरियो । संघका महिला संयोजक रजनी प्रधानको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा एफविनका सदस्यहरु र स्थानीय समुदायको सहभागीता रहेको थियो । नुवाकोटका विभिन्न गाउँपालिकाहरुबाट चयन भएका २० जना महिलाहरुलाई १ महिने सिलाई सम्बन्धी तालिम दिइने बताइएको छ ।

वि.सं.२०७५ फागुन २० सोमवार १०:०४ मा प्रकाशित

मौरीपालक किसानको सङ्ख्या बढ्यो : मह उत्पादन घट्यो

मौरीपालक किसानको सङ्ख्या बढ्यो : मह उत्पादन घट्यो

चितवन । गत वर्ष विसं २०८० को तुलनामा विसं २०८१...

पटक पटक विद्युत् सेवा अवरुद्ध हुँदा समस्यामा उपभोक्ता

पटक पटक विद्युत् सेवा अवरुद्ध हुँदा समस्यामा उपभोक्ता

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घर...

तटबन्ध नहुँदा बस्ती जोखिममा

तटबन्ध नहुँदा बस्ती जोखिममा

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाको बादी बस्ती वनहरा नदीको उच्च...

लामो समयको खडेरीले निरास बनेका किसान वर्षा भएपछि उत्साहित

लामो समयको खडेरीले निरास बनेका किसान वर्षा भएपछि उत्साहित

तानसेन (पाल्पा) । समयमै परेको पानीले नै किसानको मुहारमा खुसी...

बजार गएका प्रधानाध्यापक मृत भेटिए

बजार गएका प्रधानाध्यापक मृत भेटिए

मान्म (कालीकोट) । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँमा एक प्रधानाध्यापक...

एकलाख बढी पर्यटकले गरे सालिग्राम संग्रहालयको अवलोकन

एकलाख बढी पर्यटकले गरे सालिग्राम संग्रहालयको अवलोकन

ढोरपाटन (बागलुङ) । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको...