Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

‘संविधान संशोधनका लागि छलफल गर्न एमाले तयार छ’



१९ कात्तिक, पर्सा । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले देशमा समानान्तर सत्ता चलाई संविधानलाई असफल पार्ने खेलमा लागेका कारण उहाँबिरुद्ध महाभियोग प्रस्ताव ल्याएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सात दशकको लामो सङ्घर्ष र हजारौँ नेपालीको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई असफल बनाएर आफैँ प्रधानमन्त्री हुने लोकमानसिंह कार्कीको सपनालाई एमालेले ल्याएको महाअभियोग प्रस्तावले तुहाएको दाबी गर्नुभयो ।

एमाले पार्टी प्रवक्ता समेत रहनुभएका भट्टराईले संविधान संशोधन र लोकमान प्रकरण छुट्टाछुट्टै विषय भएकाले दुबै मुद्दालाई नमिसाउन ९माओवादी केन्द्र० र काँग्रेसलाई आग्रह गर्नुभयो ।

उहाँले ९एमाले०को सहयोग÷सर्मथन बिना संंविधान संशोधन सम्भवनै नभएको र संविधान संशोधनबारे माओवादी केन्द्र वा काँग्रेसले एमालेसँग औपचारिक तथा अनौपचारिक रुपमा कुनै कुरा नै नगरेको आरोप लगाउनुभयो ।

संविधान संशोधनको विषयमा एमाले पार्टी मधेसवादी दलसँग छलफल गर्न तयार रहेको उहाँको भनाइ थियो ।

वर्तमान संसदीय निर्वाचन प्रणालीबाट कुनै पनि दलको बहुमत आउने सम्भावना नरहेकाले र बहुमतको अभावमा हुने सत्ता परिवर्तनले राष्ट्र विकासमा ठूलो नकारात्मक प्रभाव पर्ने भएकाले अब कार्यकारी राष्ट्र प्रमुखको प्रत्यक्ष निर्वाचन नेपालमा आवश्यक रहेको सचिव भट्टराईले दाबी गर्नुभयो ।

प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा