
कोरियामा प्रवासी श्रमिकहरुले आफ्नो हक अधिकारको लागि संघर्ष गर्न गठन गरेको प्रवासी मजदुर युनियन (एमटियु)ले संयुक्त राष्ट्र संघबाट घोषित ५३ अन्तरास्ट्रिय जातीय भेदभाब बिरुद्धको दिबसको अवसरमा बृहत र्यालीको आयोजन गर्ने भएको छ । एमटियु अन्तरास्ट्रिय जातीय भेदभाव बिरुद्ध दिवसको अवसरमा मार्च १७ तारिकमा प्रवासी श्रमिकहरूका बिभिन्न मागहरू राख्दै सउलमा बृहत र्यालीको आयोजन गर्ने जनाएको छ ।
उक्त अवसरमा कोरियन सरकारले प्रवासी श्रमिक लगायत सबै प्रवासीलाई भेदभाब गरी बनाइएको सबै नियम कानुन खारेज गर्नु पर्ने, प्रवासी श्रमिकले स्वइच्छाले कम्पनी परिबर्तन गर्न पाउनु पर्ने, खानेबस्ने खर्च सम्बन्धि निर्देशिका खारेज गर्नु पर्ने, प्रबासी श्रमिकको तलब घटाउन पाउनकोलागि बनाउन लागिएको कानुन फिर्ता लिनु पर्ने, इपिएस अन्तर्गतको श्रमिकले थेजिकगुम कोरियामै पाउनु पर्ने, ३ बर्ष पछि गरिने १ बर्ष १० महिनाको सम्झौता कम्पनी मालिकको बिना सहमति गर्न पाउनु पर्ने, आफ्नो परिवार झिकाउन पाउनु पर्ने, ५ बर्ष भन्दा बढी अवधिसम्म काम गर्नु पाउनु पर्ने, कम्पनी परिबर्तन गरेको श्रमिकले पनि कमिटेड श्रमिकको रुपमा आउन पाउनु पर्ने, कृषि क्षेत्रमा कार्यरत श्रमिकलाई भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज गर्नु पर्ने, कृषि क्षेत्रको श्रमिकले उत्पादन क्षेत्रमा जना पाउनु पर्ने, बिना भिषा काम गरिरहेको प्रवासी श्रमिकलाई धरपकड गर्न बन्द गर्नु पर्ने लगायतको माग गरिने एमटियु कोरियाका सचिव मधुसुदन ओझाले जानकारी दिएका छन् ।
एमटियुले उक्त दिन सउल सिटिहल फाइनान्स बिल्डिंग अगाडी दिनको १.३० बजे बृहत र्यालीमा सहभागी हुनका लागि सबै प्रवासी श्रमिकहरुलाई अनुरोध गरेको छ ।
मिति : २०१९ मार्च १७ तारिक आईतबार
स्थान : सउल सिटिहल फाइनान्स बिल्डिंग अगाडी (सउल रेल लाइन न १ र २ गेट न ४)
समय : दिनको १.३० बजे
सम्पर्क : उदय राई ०१०–५६७५(२०११
मधुसुदन ओझा : ०१०–३०४६(२९८४
क्रिश बाबु : ०१०–५९४५१९३७
वि.सं.२०७५ फागुन २१ मंगलवार ०९:५३ मा प्रकाशित






























