back
CTIZAN AD

विमानस्थलमा १५ सय दुर्लभ कछुवा बेवारिसे अवस्थामा फेला

वि.सं.२०७५ फागुन २१ मंगलवार

669 

shares

२१ फागुन, मनिला । फिलिपिन्सको विमानस्थलमा तस्करहरूले छाडेका झण्डै एक हजार ५०० कछुवा बेबारिसे अवस्थामा फेला परेका छन् ।

अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार टेपले बेरेको अवस्थामा ती कछुवाहरू विमानका यात्रु बस्ने ठाउँमा आइतबार भेटिएको हो ।

दुर्लभ जीवजन्तुको ओसार पसार तथा बेचविखन गर्नु अवैध हुने भएकाले कारबाहीमा परिने डरले तस्करहरूले छाडेर भागेको अधिकारीहरूको भनाई रहेको छ ।

अमेरिकाको विदेश विभागले दुर्लभ जीवजन्तु ओसार पसारका लागि फिलिपिन्स एउटा महत्वपूर्ण श्रोत र पारबहन केन्द्रको रूपमा रहेको जनाएको छ ।

हङ्कङ्गबाट आएका फिलिपिन्सका यात्रुको कपडा, झोला र जुत्ताले ढाकेको अवस्थामा ती कछुवाहरू आइतबार भेटिएका हुन् ।

बरामद गरिएको कछुवालाई वन्यजन्तु तस्करी निगरानी एकाइलाई हस्तानन्तरण गरी घटनाका बारेमा थप अनुसन्धान सुरु भइसकेको अधिकारीले बताएका छन् ।

विमानबाट जफत गरिएका कछुवाको मुल्य झण्डै ८७ हजार अमेरिकी डलर पर्ने बताइएको छ ।

यस्ता तस्करलाई बढीमा दुई वर्षसम्म जेल सजाय हुने फिलिपिन्सको कानुनी व्यवस्था रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

वि.सं.२०७५ फागुन २१ मंगलवार १०:२२ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...