back
CTIZAN AD

बन्द गरियो प्याराग्लाइडर उडान

वि.सं.२०७५ फागुन २१ मंगलवार

663 

shares

२१ फागुन, चिप्लेढुङ्गा । तीन दिनयता पोखरामा प्याराग्लाइडर दुर्घटना बढ्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराले एकल उडान बन्द गरेको छ । विदेशी पाइलटले एक क्षेत्रको अनुमति लिने र अर्को क्षेत्रमा गएर उडान गर्न थालेपछि दुर्घटना बढेको जनाउँदै आज अर्को सूचना जारी नहुँदा सम्मका लागि उडान बन्द गरेको कार्यालयले जनाएको छ । यस साता मात्रै लगातार तीन दिन प्याराग्लाइडर दुर्घटनामा परेको छ ।

दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
प्राधिकरणका पोखराका प्रमुख भोलाप्रसाद गुरागाईँले पछिल्लो दश दिनमा दुई सयभन्दा बढी सोलो पाइलटले अनुमति लिए पनि हाल सबैको अनुमति रद्द गरिएको बताए । विदेशी नागरिकले गैरव्यावसायिक उडानका लागि १५ दिनको अनुमति पाउँछन् ।

वि.सं.२०७५ फागुन २१ मंगलवार २१:३१ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...