back
CTIZAN AD

भ्रष्टाचारको आरोपमा थुनामा रहेका पूर्वराष्ट्रपति जमानतमा रिहा

वि.सं.२०७५ फागुन २२ बुधवार

777 

shares

सन् २००८ देखि २०१३ सम्म कोरियाको राष्ट्रपति ली तल्लो अदालतले गत वर्ष अक्टोबरमा घुसखोरी र धोखाधडीको आरोपमा १५ वर्षको जेल सजाय दिएको थियो । उनले अदालतको उक्त आदेश विरुद्ध माथिल्लो अदालतमा उजूरी दिएका थिए ।

सियोल उच्च अदालतले पूर्वराष्ट्रपति लीले आफ्नो स्वास्थ्य अवस्था अत्यन्त कमजोर रहेको भन्दै गत जनवरी २९ मा दिएको निवेदनलाई स्वीकृत गरेको थियो ।

अदालतको आदेशमा पूर्वराष्ट्रपति लीलाई आफ्नै निवास छाडेर बाहिर ननिस्कन तथा आफ्ना निकट परिवारका सदस्य र कानुनी प्रतिनिधिसँग मात्र भेटघाट वा कुराकानी गर्न अनुमति दिइएको छ । उनीमाथि अदालतले करिब नौ लाख डलर जमानत रकम माग गरेको छ । पूर्वराष्ट्रपति लीले उक्त शर्त स्वीकार्नु गरेका छन् ।

लीले स्वास्थ्य जाँचका लागि अस्पताल जानु परे अदालतको अनुमति लिनुपर्ने तथा निवास फर्किएपछि अदालतलाई त्यसको जानकारी दिनुपर्ने छ । उनले दैनिक कार्यहरुको सूचीसमेत बनाउनु पर्नेछ ।

पूर्वराष्ट्रपति ली माथि आफू राष्ट्रपति हुँदा नातेदारको कम्पनीलाई लाभ पु¥याएको तथा सामसुङ कम्पनीबाट करिब ५२ लाख अमेरिकी डलर घुस लिएको आरोप लागेको छ ।

वि.सं.२०७५ फागुन २२ बुधवार १७:४८ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...