back
CTIZAN AD

चार महीनादेखि स्वास्थ्यकर्मीले तलब पाएनन्

वि.सं.२०७५ फागुन २३ बिहीवार

630 

shares

२३ फागुन, खलङ्गा । जुम्लाका आठ स्थानीय तहका स्वास्थ्यकर्मीले चार महीनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीदेखि स्वास्थ्यकर्मीले तलब नपाउँदा समस्या भएको तिला गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश नेपालीले गुनासो गरे ।

गाउँपालिका अन्तर्गत पर्ने पाँच स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र कर्मचारी गरी करीब २८ कार्यरत रहेका छन् । उनीहरु सबैले मङ्सिरदेखि तलबभत्ता नपाएको उनकोे भनाइ छ । मङ्सिरदेखि तलब नपाउँदा समस्या भएकोे स्वास्थ्य सहसंयोजक गणेश शाहीले बताए । ऋण निकालेर खर्च चलाउनुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । “चार महीनासम्म तलब नपाउँदा खर्च कसरी धानेका हौँला”, शाहीले भने, “चार महीना भइसक्यो, कसरी काम गर्ने, हाम्रो घरव्यवहार चलाउनु पर्दैन रु” धेरै पटक गुहार्दा पनि तलब नपाएको उनको भनाइ छ ।

रारालिही स्वास्थ्यचौकीका इञ्चार्ज दिनेश चौधरीका अनुसार मासिक खर्चका लागि घरबाटै रकम मगाउनुपर्ने बाध्यता छ । उनले भने, “आफ्नै जागिर भए पनि तलब नपाउँदा घरबाटै मागेर गुजारा टारिरहेको छु ।” स्वास्थ्यकर्मीले चार महीनादेखि तलब पाउन नसकेकामा चिन्ता व्यक्त गर्दै उनले चाँडो तलबभत्ताको व्यवस्था गर्न स्थानीय सरकारलाई आग्रह गरे ।

यता गाउँपालिकाका लेखापाल मुनप्रसाद खत्रीका अनुसार रकम कोष तथा लेखा नियन्त्रकको कार्यालय कोलेनिका बाटै निकासा नभएका कारण स्वास्थ्यकर्मीले तलबभत्ता खान नपाएको बताए । रकम फुकुवाका लागि पहल गरेको उनको भनाइ छ । कोलेनिका जुम्लाका निमित्त प्रमुख भक्त महतले सम्बन्धित मन्त्रालयबाटै रकम नआएका कारण जुम्लाका सबै स्वास्थ्यकर्मीले तलबभत्ता नपाएको बताए । मन्त्रलायले रकम निकासाको लागि परिपत्र गर्ने बित्तिकै आठ वटै स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीले तलबभत्ता पाउने महतले जानकारी दिए ।

स्वास्थ्य जाँच

गुठीचौर गाउँपालिका र सन्ध्या फाउण्डेशन नेपाल जुम्लाको सहकार्यमा पाठेघरको मुखमा क्यान्सर भएका महिलाको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र फाउण्डेशनको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो । घरायसी कामको चाप, उकालो ओरालो गर्ने भएका कारण पाठेघरमा फोहर जम्मा हुने भएकाले त्यस्तो समस्या महिलाले भोग्नु नपरोस भन्ने उद्देश्यले स्वास्थ्य जाँचको आयोजना गरिएको फाउण्डेशनका संस्थापक अध्यक्ष्य अङ्गत देवकोटाले जानकारी दिए ।

स्वास्थ्य जाँचमा ७७ महिलाको उपचार गरिएको र १२ महिलाको पाठेघरको मुखमा क्यान्सरको सम्भावना देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पाठेघरको मुखमा क्यान्सरको सम्भावना देखिएकालाई सम्बन्धित निकायमा थप उपचारको लागि सिफारिस गरिएको देवकोटाले जानकारी दिए ।

जुम्लाका महिलामा प्रायः बालविवाह, गर्भवती भएको बेला अव्यवस्थित खानपान तथा गर्भपतनले पाठेघरमा रगत जम्ने भएका कारण पाठेघरको मुखमा क्यान्सर हुने गरेको चिकित्सकले बताएका छन् ।

वि.सं.२०७५ फागुन २३ बिहीवार ०९:०२ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...