back
CTIZAN AD

छाउपडी प्रथा निर्मूल गर्न सरकारलाई पाँच बुँदे निर्देशन

वि.सं.२०७५ फागुन २३ बिहीवार

669 

shares

२३ फागुन, काठमाडौँ । महिला तथा सामाजिक समितिले कुरीति, कुप्रथा तथा कुसंस्कार न्यूनीकरणका गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई पाँच बुँदे निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र मन्त्रालयका निमित्त सचिव वीरबहादुर राईसहितको उपस्थितिमा बैठकले पाँच बुँदे निर्देशन दिने निर्णय गरेको हो ।

निर्णयमा देशमा विद्यमान कुरीति, कुप्रथा, कुसंस्कारको विस्तृत अध्ययन गरी सूची तयार गर्ने तथा न्यूनीकरणका लागि स्पष्ट कार्यदिशा एवं रणनीति बनाई कार्यान्वयन गर्न गराउन समितिको मन्त्रालय र सम्बद्ध निकायलाई निर्देश गर्ने रहेको छ ।

सुदूरपश्चिममा प्रचलित छाउपडी प्रथालाई निर्मूल गर्न तत्काल स्थानीय तहसँग सहकार्य गरी दुई महीनाभित्र परिणाम आउने गरी काम गर्न गराउन मन्त्रालय र सम्बद्ध निकायलाई निर्देश गर्ने, सुदूरपश्चिमको छाउपडी सम्बन्धमा समितिबाट भएको स्थलगत अध्ययन भ्रमण प्रतिवेदन प्रभावकारी कार्यान्वयन गर्न, गराउन र त्यसबारे कार्यप्रगति मासिक रुपमा उपलब्ध गराउन मन्त्रालय र सम्बद्ध निकायलाई निर्देशन गर्ने निर्णय गरेको छ ।

छाउपडीलगायतका कुरीति, कुप्रथा, कुसंस्कार अन्त्यका लाग कार्यरत गैरसरकारी संस्थाको कार्य मूल्याङ्कन गरी स्थान विशेष एउटा निकायलाई एउटा कार्य तोकी कार्यसम्पादन गर्ने गराउन पनि समितिले निर्देशन दिएको छ ।

बैठकले आगामी वर्षलाई कुरीति, कुप्रथा तथा कुसंस्कारविरुद्धको वर्षको रुपमा मनाउन सकिने वा नसकिने सम्बन्धमा एक हप्ताभित्र समितिलाई जानकारी गराउनसमेत निर्देशन दिएको छ ।

मन्त्री थापाले समितिले दिएको निर्देशनानुसार देशमा विद्यमान कुरीति, कुप्रथा, कुसंस्कार न्यूनीकरणका लागि काम गर्ने र योजना बनाएर स्थानीय तहसँग मिलेर कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

समिति सभापति निरुदेवी पालले सुदूरपश्चिमको छाउपडी सम्बन्धमा समितिबाट स्थलगत अध्ययन प्रतिवेदन मन्त्री थापालाई बुझाउँदै त्यसको उचित कार्यान्वयनका लागि आग्रह गरिन् ।

बैठकले ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ भन्ने नाराका साथ शुक्रबार मनाउन लागिएको १०९ आँै अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नाराको कार्यान्वयनमा सरकार र सम्बन्धित सबै पक्षलाई सफलता मिलोस् भन्दै दिवसका अवसरमा शुभकामना व्यक्त गरेको छ ।

वि.सं.२०७५ फागुन २३ बिहीवार १७:०८ मा प्रकाशित

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...