back
CTIZAN AD

नारी दिवस पुरुष विरोधि नभएर चिन्तन र संस्कार विरोधि हो

वि.सं.२०७५ फागुन २४ शुक्रवार

663 

shares

२४ फागुन, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायण शर्माले नारी दिवसलाई ऐतिहासिक दिवसको रुपमा उल्लेख गर्दै यो दिवस पुरुष विरोध नभएर पुरुष प्रधान चिन्तन,प्रवृत्ति र संस्कार विरोध भएको बताएका छन् ।
नेता शर्माले यो महिला आन्दोलन भएपनी यसमा पुरुषको साथ, समर्थन र सहयोग चाहिन्छ भन्ने कुरा महिला र पुरुष दुवैले गहिरो गरी आत्मसात् गर्नु जरुरी रहेको समेत बताएका छन् ।
शर्माका अनुसार आजको दिनका मुख्य ७ विशेषता वा पक्षहरु यी हुन् ।
१-यो अन्तर्राष्ट्रिय आन्दोलन हो र यसको अन्तर्राष्ट्रियस्तर र महत्व छ ।
२-यो माक्र्सवाद जस्तो क्रान्तिकारी र समानतावादी विचार र दर्शनबाट निर्देशित छ ।
३-यो श्रम र श्रमिक वर्गीय र पक्षीय छ ।
४-यो महिलामैत्री अर्थात् लैङ्गिक समानताको सिद्धान्तमा आधारित छ ।
५-यो आन्दोलन–संघर्ष समग्र मुक्ती–प्रगती एवम् न्याय–समानतासङ्ग सम्बन्धित छ
६-यो पुरुष–व्यक्ती वा पुरुष–समुदायविरोधी होइन कि पुरुषप्रधान चिन्तन–प्रवृत्ती र संस्कार–संस्कृतीविरोधी छ ।
७-यसको लक्ष–गन्तब्य समाजवाद–साम्यवाद रहेको छ । यी विशेषताको कमी हुँदै गयो भने सम्झनुपर्छ कि यो विचलित, विघटित र विसर्जित भैरहेछ अनि यी विशेषताको लोप नै भयो भने त झन् यसको अर्थ, औचित्य र उपादेयता समाप्त भो भन्ने बुझ्नु पर्दछ !
यहींनेर यी केही कुरा पनि स्मरणीय र अवलम्बनीय छन् । जस्तो कि
-महिला आन्दोलन भएपनी अहिले यसमा पुरुषको साथ, समर्थन र सहयोग चाहिन्छ भन्ने कुरा महिला र पुरुष दुवैले गहिरो गरी आत्मसात् गर्नु जरुरी छ ।
-लैङ्गिक समानताको अर्थ पुरुष र नारी बराबरी, साथसाथै, अन्योन्याशृत र परिपूरक हुनुपर्दछ ।
-कदाचित नारी अघि तर पुरुष पछि अर्थात नारी सबल तर पुरुष दुर्बल हुने अवस्था, ब्यवस्था, समाज र सत्ता भएर वा यस्तै अन्य कुनै कारण वा परिस्थितिले नारीद्वारा, समाजद्वारा, सत्ताद्वारा, संस्कार–संस्कृतिद्वारा वा कुनै नीति–नेतृत्व र विधि–व्यवस्थाद्वारा पुरुष उपेक्षित–अपहेलित र शोषित–उत्पीडित भएमा पुरुषको हक–हित र न्याय–समानताको लागि नारीको साथ, सहयोग, समर्थन र संघर्ष अथवा भनौं महिलाको भूमिका–योगदान र त्याग–बलिदान पनि अनिवार्य र अपरिहार्य हुन्छ ।
अन्त्यमा,
महिला मुक्ती आन्दोलनका क्रममा आफ्नो सोंच, शक्ति, सीप, समय र शरीरमध्ये सबैकासबै वा सीमितरुपमै पनि समर्पण गर्नुहुने सम्पूर्णमा सबेरै समुचित सम्झना, सलामी र श्रद्धा–सुमन समर्पित गर्दै महिला मुक्ती आन्दोलनको सफलता र सार्थकताको लागी आज ८ मार्चमा आयोजित कार्यक्रमहरु दिव्य, सभ्य र भव्यरुपमा सम्पन्न होऊन् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।

वि.सं.२०७५ फागुन २४ शुक्रवार १०:०० मा प्रकाशित

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय...

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...