back
CTIZAN AD

लगानी सम्भाव्यताबारे छलफल गर्न चिनियाँ टोली राजधानीमा

वि.सं.२०७३ कात्तिक २० शनिवार

852 

shares

२० कात्तिक, काठमाडौँ । लगानीको वातावरण तथा अवसरबारे जानकारी लिने उद्देश्यले नेपालको साताव्यापी भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले यहाँ शुक्रबार नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग भेटवार्ता ग¥यो ।

चीनको युनान प्रान्तका वाणिज्य विभागका उपमहानिर्देशक याङ हुई नेतृत्वको छ सदस्यीय प्रतिनिधिमण्डलले महासङ्घका पदाधिकारीसँग जल संरक्षण, ऊर्जा, सडक, पुल, पूर्वाधार निर्माण, लगानी तथा आयात÷निर्यातका क्षेत्रमा आपसी सहकार्यका सम्भाव्यताबारे छलफल गरेको थियो ।

भेटवार्ताका क्रममा महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ, ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधान, महासङ्घको बैंकिङ समितिका सभापति शङ्करप्रसाद पाण्डेलगायत नेपाली व्यवसायीले नेपाल विस्तारै राजनीतिक स्थिरतातर्फ अघि बढिरहेकाले यहाँ लगानीका अवसर प्रचुर रहेको जानकारी चिनियाँ प्रतिनिधिमण्डललाई गराउनुभयो ।

महासङ्घका पदाधिकारीले ऊर्जा, पर्यटन, कृषि, पूर्वाधार निर्माणका क्षेत्रमा युनानी लगानी परिचालन गर्न आग्रह गर्नुभयो ।

चिनियाँ पक्षले महासङ्घ र युनानका व्यवसायी र उद्यमीबीच नियमित भेटवार्ता, व्यापारिक भ्रमण, सूचना तथा जानकारीहरूको आदानप्रदानमा जोड दिएको थियो ।

वि.सं.२०७३ कात्तिक २० शनिवार ०२:५८ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...