Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

लगानी सम्भाव्यताबारे छलफल गर्न चिनियाँ टोली राजधानीमा



२० कात्तिक, काठमाडौँ । लगानीको वातावरण तथा अवसरबारे जानकारी लिने उद्देश्यले नेपालको साताव्यापी भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले यहाँ शुक्रबार नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग भेटवार्ता ग¥यो ।

चीनको युनान प्रान्तका वाणिज्य विभागका उपमहानिर्देशक याङ हुई नेतृत्वको छ सदस्यीय प्रतिनिधिमण्डलले महासङ्घका पदाधिकारीसँग जल संरक्षण, ऊर्जा, सडक, पुल, पूर्वाधार निर्माण, लगानी तथा आयात÷निर्यातका क्षेत्रमा आपसी सहकार्यका सम्भाव्यताबारे छलफल गरेको थियो ।

भेटवार्ताका क्रममा महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ, ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधान, महासङ्घको बैंकिङ समितिका सभापति शङ्करप्रसाद पाण्डेलगायत नेपाली व्यवसायीले नेपाल विस्तारै राजनीतिक स्थिरतातर्फ अघि बढिरहेकाले यहाँ लगानीका अवसर प्रचुर रहेको जानकारी चिनियाँ प्रतिनिधिमण्डललाई गराउनुभयो ।

महासङ्घका पदाधिकारीले ऊर्जा, पर्यटन, कृषि, पूर्वाधार निर्माणका क्षेत्रमा युनानी लगानी परिचालन गर्न आग्रह गर्नुभयो ।

चिनियाँ पक्षले महासङ्घ र युनानका व्यवसायी र उद्यमीबीच नियमित भेटवार्ता, व्यापारिक भ्रमण, सूचना तथा जानकारीहरूको आदानप्रदानमा जोड दिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ