back
CTIZAN AD

संविधान संशोधनको औचित्य पुष्टि हुनुपर्छ– उपाध्यक्ष गौतम

वि.सं.२०७३ कात्तिक २० शनिवार

960 

shares

bamdev

२० कात्तिक, नेपालगन्ज । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले संविधान संशोधनको औचित्य पुष्टि भएमा आप्mनो दल संशोधनको पक्षमा रहने बताउनुभएको छ ।

सो दलको बाँके जिल्ला कार्यसमितिद्वारा शुक्रबार आयोजित विभिन्न पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संविधानले हिमाल, पहाड र तराईमा बसोबास गर्ने कुनै जाति, समुदायलाई विभेद गरेको छैन भने यसको संशोधन किन आवश्यक प¥यो संशोधन चाहने पुष्टि गर्न सक्नुपर्छ ।”

अङ्गीकृत नागरिकलाई संवैधानिक पदको व्यवस्था गर्ने संविधान आप्mनो दललाई कदापि मान्य नहुने स्पष्ट पार्र्दै उहाँले कहीँ नभएको जात्रा नेपालमा प्रदर्शन गर्ने प्रयासलाई आप्mनो दलले विफल बनाएरै छाड्छ भन्नुभयो ।

धाक, धम्की देखाएर, मान्छे कुटेर माग पूरा हँुदैन, तर्क दिन सक्नुपर्छ भन्दै उपाध्यक्ष गौतमले संविधान संशोधन हुने दस्तावेज हो तर त्यो राष्ट्रिय स्वतन्त्रता, मुलुकको अखण्डता, राष्ट्रिय एकताका पक्षमा देखिएको हुनुपर्छ भन्नुभयो ।

उहाँको थप भनाइ थियो, “नेपाल र नेपालीको स्वतन्त्रता तथा रक्षा अनि मुलुकको एकता छलफल र वार्ताको पहिलो सर्त बन्नुपर्छ, राष्ट्रिय हितभन्दा बाहिरको तर्कलाई मानेर संविधान संशोधन हुनै सक्दैन ।”

वि.सं.२०७३ कात्तिक २० शनिवार ०३:०१ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...