back

संविधान संशोधनको औचित्य पुष्टि हुनुपर्छ– उपाध्यक्ष गौतम

वि.सं.२०७३ कात्तिक २० शनिवार

561 

shares
GLOBAL IME AD
NTC AD

bamdev

२० कात्तिक, नेपालगन्ज । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले संविधान संशोधनको औचित्य पुष्टि भएमा आप्mनो दल संशोधनको पक्षमा रहने बताउनुभएको छ ।

सो दलको बाँके जिल्ला कार्यसमितिद्वारा शुक्रबार आयोजित विभिन्न पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संविधानले हिमाल, पहाड र तराईमा बसोबास गर्ने कुनै जाति, समुदायलाई विभेद गरेको छैन भने यसको संशोधन किन आवश्यक प¥यो संशोधन चाहने पुष्टि गर्न सक्नुपर्छ ।”

अङ्गीकृत नागरिकलाई संवैधानिक पदको व्यवस्था गर्ने संविधान आप्mनो दललाई कदापि मान्य नहुने स्पष्ट पार्र्दै उहाँले कहीँ नभएको जात्रा नेपालमा प्रदर्शन गर्ने प्रयासलाई आप्mनो दलले विफल बनाएरै छाड्छ भन्नुभयो ।

धाक, धम्की देखाएर, मान्छे कुटेर माग पूरा हँुदैन, तर्क दिन सक्नुपर्छ भन्दै उपाध्यक्ष गौतमले संविधान संशोधन हुने दस्तावेज हो तर त्यो राष्ट्रिय स्वतन्त्रता, मुलुकको अखण्डता, राष्ट्रिय एकताका पक्षमा देखिएको हुनुपर्छ भन्नुभयो ।

उहाँको थप भनाइ थियो, “नेपाल र नेपालीको स्वतन्त्रता तथा रक्षा अनि मुलुकको एकता छलफल र वार्ताको पहिलो सर्त बन्नुपर्छ, राष्ट्रिय हितभन्दा बाहिरको तर्कलाई मानेर संविधान संशोधन हुनै सक्दैन ।”

वि.सं.२०७३ कात्तिक २० शनिवार ०३:०१ मा प्रकाशित

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

काठमाडौँ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको शुक्रवार बसेको बैठकले भूमि...

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

गलकोट (बागलुङ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय...

परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापान इन्टरनेसनल...