Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

मन्त्रीहरूको सम्पत्ति विवरण पेस, अभिलेखीकरण वेबसाइटबाट हेर्न मिल्ने



२० कात्तिक, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण पेस गरिसकेको जनाएको छ ।

प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरिएन भनी केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति कार्यालयले ध्यानाकर्षण भएको जनाउँदै उक्त जानकारी दिएको हो ।

कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नियुक्ति भएको मितिले ६० दिनभित्रमा सम्पत्ति विवरण पेस गरिसक्नुपर्ने कानुनी प्रावधान भए पनि प्रधानमन्त्री र केही मन्त्रीले नियुक्त भएको केही दिनभित्रमै आ–आफ्नो सम्पत्ति विवरण पेस गरिसक्नुभएको छ र यसको प्राप्तिको अभिलेखीकरण राष्ट्रिय सतर्कता केन्द्रको वेबसाइटमा छ ।”

यसपटक केही मन्त्रीको नियुक्ति अलि पछि भएको र सबै मन्त्रीको सम्पत्ति विवरण प्राप्त भइसकेपछि मन्त्रिपरिषद्ले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेपश्चात् सार्वजनिक गरिने कार्यालयका प्रवक्ता दामोदर रेग्मीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले