back

इराकी विशेष फौजद्वारा मोसुल सहरमा आक्रमण विद्रोहीद्वारा कडा प्रतिरोध

वि.सं.२०७३ कात्तिक २० शनिवार

702 

shares

२० कात्तिक, मोसुल (इराक) । इराकी विशेष फौजले शुक्रबार मोसुल सहरमा जिहादी विद्रोहीविरुद्ध सशक्त कारबाही सञ्चालन गरे पनि विद्रोहीले गरेको कडा प्रतिकारपछि सरकारी सेनाका केही टुकडी आंशिकरूपमा पछाडि हटेका छन् ।

शुक्रबार विहानैदेखि शुरु भएको कारबाही केही घण्टा जिहादी विद्रोहीलाई दबाव दिन सफल भएपनि विद्रोहीको सशक्त प्रतिकारपछि इराकी सेनाको विशेष गाडी ‘काउन्टर टेररिज्म सर्भिस’ (सीटीएस) अल कारामाहस्थित सडकबाट पछाडि फर्किन बाध्य भएको एएफपी समाचारदाताले बताएका छन् ।

कारबाहीमा संलग्न एक सैनिक अधिकारीले बताए, “हामीले जिहादी विद्रोहीबाट यति सशक्त रूपमा प्रतिकार हुन्छ भन्ने सोचेका थिएनौँ । उनीहरू (विद्रोही) ले सम्पूर्ण सडकलाई अवरुद्ध पारेकाले शुक्रबार अगाडि बढ्ने अवस्था आएन । ”

“अब हामी नयाँ योजना बनाएर पुनः कारबाही सञ्चालन गर्ने छौँ,” सीटीएसका सुरक्षा अधिकारीले भने ।

अक्टुबर १७ मा व्यापक तयारी साथ बुलडोजर तथा ट्याङ्क गाडी, हवाई आक्रमण सामग्रीसहित मोसुलतर्फ अघि बढेको गाडी शुक्रबार मोसुलभित्र प्रवेश गरेका थिए ।

दुई बर्ष पहिले विद्रोहीले मोसुल सहर कब्जामा लिएपछि त्यहाँबाट बाहिरिएको सीटीएसको ‘मोसुल रेजिमेन्ट’ पहिलो पटक मोसुल क्षेत्रमा प्रवेश गरेको तर विद्रोहीको कडा प्रतिकारपछि आंशिक रूपमा पछाडि हट्न बाध्य भएको सरकारी सेनाका कमान्डर मुन्ताधर सालेमले एएफपीलाई बताउनुभयो ।

मोसुल क्षेत्रमा करिब तीन हजारदेखि पाँच हजारको सङ्ख्यामा विद्रोही लडाकू रहेको सरकारी सेनाको अनुमान छ ।

मोसुल सहरमा करिब १० लाख मानिस बसोबास गर्छन् ।
इराकको राजधानी बग्दादबाट चार सय किलोमिटर उत्तरमा अवस्थित मोसुल सहर सन् २०१४ को जुनबाट आइएस लडाकू समूहले कब्जामा लिएका थिए । एएफपी

वि.सं.२०७३ कात्तिक २० शनिवार ०३:०५ मा प्रकाशित

Himalayan Life AD
मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...