back
CTIZAN AD

इराकी विशेष फौजद्वारा मोसुल सहरमा आक्रमण विद्रोहीद्वारा कडा प्रतिरोध

वि.सं.२०७३ कात्तिक २० शनिवार

975 

shares

२० कात्तिक, मोसुल (इराक) । इराकी विशेष फौजले शुक्रबार मोसुल सहरमा जिहादी विद्रोहीविरुद्ध सशक्त कारबाही सञ्चालन गरे पनि विद्रोहीले गरेको कडा प्रतिकारपछि सरकारी सेनाका केही टुकडी आंशिकरूपमा पछाडि हटेका छन् ।

शुक्रबार विहानैदेखि शुरु भएको कारबाही केही घण्टा जिहादी विद्रोहीलाई दबाव दिन सफल भएपनि विद्रोहीको सशक्त प्रतिकारपछि इराकी सेनाको विशेष गाडी ‘काउन्टर टेररिज्म सर्भिस’ (सीटीएस) अल कारामाहस्थित सडकबाट पछाडि फर्किन बाध्य भएको एएफपी समाचारदाताले बताएका छन् ।

कारबाहीमा संलग्न एक सैनिक अधिकारीले बताए, “हामीले जिहादी विद्रोहीबाट यति सशक्त रूपमा प्रतिकार हुन्छ भन्ने सोचेका थिएनौँ । उनीहरू (विद्रोही) ले सम्पूर्ण सडकलाई अवरुद्ध पारेकाले शुक्रबार अगाडि बढ्ने अवस्था आएन । ”

“अब हामी नयाँ योजना बनाएर पुनः कारबाही सञ्चालन गर्ने छौँ,” सीटीएसका सुरक्षा अधिकारीले भने ।

अक्टुबर १७ मा व्यापक तयारी साथ बुलडोजर तथा ट्याङ्क गाडी, हवाई आक्रमण सामग्रीसहित मोसुलतर्फ अघि बढेको गाडी शुक्रबार मोसुलभित्र प्रवेश गरेका थिए ।

दुई बर्ष पहिले विद्रोहीले मोसुल सहर कब्जामा लिएपछि त्यहाँबाट बाहिरिएको सीटीएसको ‘मोसुल रेजिमेन्ट’ पहिलो पटक मोसुल क्षेत्रमा प्रवेश गरेको तर विद्रोहीको कडा प्रतिकारपछि आंशिक रूपमा पछाडि हट्न बाध्य भएको सरकारी सेनाका कमान्डर मुन्ताधर सालेमले एएफपीलाई बताउनुभयो ।

मोसुल क्षेत्रमा करिब तीन हजारदेखि पाँच हजारको सङ्ख्यामा विद्रोही लडाकू रहेको सरकारी सेनाको अनुमान छ ।

मोसुल सहरमा करिब १० लाख मानिस बसोबास गर्छन् ।
इराकको राजधानी बग्दादबाट चार सय किलोमिटर उत्तरमा अवस्थित मोसुल सहर सन् २०१४ को जुनबाट आइएस लडाकू समूहले कब्जामा लिएका थिए । एएफपी

वि.सं.२०७३ कात्तिक २० शनिवार ०३:०५ मा प्रकाशित

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको...

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

लाहोर (पाकिस्तान) । पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक...

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए...

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...