back
CTIZAN AD

पेरिसस्थित एक शिविरबाट तीन हजार आठ सय शरणार्थी अन्यत्र सारियो

वि.सं.२०७३ कात्तिक २० शनिवार

972 

shares

२० कात्तिक, पेरिस (फ्रान्स) । पेरिसको उत्तरपूर्वी क्षेत्रमा रहेको एक शरणार्थी शिविर सुरक्षाका लागि समस्या भएको भन्दै पेरिस प्रहरीले उक्त शिविरलाई अर्को स्थानमा सारेको छ ।

करिब तीन हजार ८०० शरणार्थी बसोबास गर्दै आएको स्टालिन गार्ड क्षेत्रमा अवस्थित उक्त शिविर फ्रान्सको कलाइसस्थित जङ्गलमा रहेको एक अर्को शिविर खाली गरिएको करिब दुई हप्ता नबित्दै खाली गरी अन्यत्र सारिएको पेरिसका उत्तर क्षेत्रीय प्रहरी अधिकारीले बताए ।

यसअघि फ्रान्सको जङ्गलमा अस्थायी शिविर बनाई बसेका शरणार्थीका टहरा फ्रान्स सरकारद्वारा एक्सकाभेटर लगाई भत्काई दिएपछि बालबालिका सहित दर्जनौ शरणार्थीले खुला आकाशमुनि रात बिताउन बाध्य भएका तर बाँकि अस्थायी शिविरलाई पनि हटाउने अभियानमा प्रशासन लागेपछि आपूmहरू समस्यामा परेको, एक अफगानी किशोरले बताएका थिए ।

फ्रान्स प्रशासनद्वारा कालाइसिस र वरपरका क्षेत्रमा रहेका शरणार्थी शिविरलाई स्थानान्तरण गर्ने भन्दै गत हप्ता नाटकीय रूपमा भत्काइदिएको थियो ।

तर यसको प्रतिवाद गर्दै फ्रान्सको गृह मन्त्रालयले कालाइसिस र वरपर रहेको जङ्गली क्षेत्रलाई सफा गरी पाँच हजार आप्रवासीलाई अन्यत्र सारिएको जनाएको थियो ।

मन्त्रालयले करिव एक सय आप्रवासीले आफ्ना नातेदार बेलायतमा रहेको भनी त्यसतर्फ जाने योजना अन्तर्गत जर्वजस्ती जङ्गल क्षेत्रमा बसिरहेको बताएपनि उनिहरूलाई पछि स्थानान्तरण गरिसकिएको छ । एएफपी

वि.सं.२०७३ कात्तिक २० शनिवार ०३:०५ मा प्रकाशित

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको...

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

लाहोर (पाकिस्तान) । पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक...

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए...

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...