Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

जर्मनीद्वारा सांसद पक्राउबारे चासो व्यक्त



२० कात्तिक, बर्लिन (जर्मनी) । टर्कीको प्रशासनले कुर्दीस समुदायबाट प्रतिनिधित्व गरेका करिब एक दर्जन सांसदलाई पक्राउ गरेको बिषयले टर्कीका विभिन्न समुदायमा के यो निर्णय सही थियो वा गलत भन्ने विषयमा बहस चल्दै गर्दा जर्मनीका लागि टर्कीका राजदूतलाई बोलाई बर्लिनले सांसद पक्राउबारे चासो व्यक्त गरेको छ ।

टर्कीको प्रशासनले कुर्दीस विद्रोहीले गरेको भनिएको एक विष्पोटमा परी शुक्रबार कम्तिमा आठ जना नागरिकको ज्यान गुमाएपछि कुर्दिस समुदायबाट प्रतिनिधित्व गर्ने करिब एक दर्जन सांसदलाई पक्राउ गरेका हो ।

जर्मनीले आतङ्कवादविरुद्धको कारबाही गर्ने बहानामा मुलुकको प्रमुख प्रतिपक्षीलाई सिध्याउने काम जर्मनीका लागि कदापि स्वीकार्य नहुने कडा प्रतिक्रिया जनाउदै आफ्नो देशका लागि टर्कीका राजदूतलाई बोलाएको र यस सम्बन्धमा जानकारी लिएको जर्मन विदेशमन्त्री फ्रान्क वाल्टर स्टेमिएरले बताउनुभयो ।

उहाँले जर्मनीले आतङ्कबादविरोधि कारबाही चलाउनु स्वभाविक भए पनि यसैलाई निहँु बनाएर प्रतिपक्षविरुद्धको कारबाही शसक्त पारिन नहुने बताउनुभयो । जर्मनीले टर्कीलाई प्रजातान्त्रिक सिद्धान्तलाई व्यवहारिक रूपमा देखिने गरी देशहितका लागि अघि बढ्न इस्तानबुललाई सल्लाह दिएको छ । एएफपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा