back
CTIZAN AD

जर्मनीद्वारा सांसद पक्राउबारे चासो व्यक्त

वि.सं.२०७३ कात्तिक २० शनिवार

843 

shares

२० कात्तिक, बर्लिन (जर्मनी) । टर्कीको प्रशासनले कुर्दीस समुदायबाट प्रतिनिधित्व गरेका करिब एक दर्जन सांसदलाई पक्राउ गरेको बिषयले टर्कीका विभिन्न समुदायमा के यो निर्णय सही थियो वा गलत भन्ने विषयमा बहस चल्दै गर्दा जर्मनीका लागि टर्कीका राजदूतलाई बोलाई बर्लिनले सांसद पक्राउबारे चासो व्यक्त गरेको छ ।

टर्कीको प्रशासनले कुर्दीस विद्रोहीले गरेको भनिएको एक विष्पोटमा परी शुक्रबार कम्तिमा आठ जना नागरिकको ज्यान गुमाएपछि कुर्दिस समुदायबाट प्रतिनिधित्व गर्ने करिब एक दर्जन सांसदलाई पक्राउ गरेका हो ।

जर्मनीले आतङ्कवादविरुद्धको कारबाही गर्ने बहानामा मुलुकको प्रमुख प्रतिपक्षीलाई सिध्याउने काम जर्मनीका लागि कदापि स्वीकार्य नहुने कडा प्रतिक्रिया जनाउदै आफ्नो देशका लागि टर्कीका राजदूतलाई बोलाएको र यस सम्बन्धमा जानकारी लिएको जर्मन विदेशमन्त्री फ्रान्क वाल्टर स्टेमिएरले बताउनुभयो ।

उहाँले जर्मनीले आतङ्कबादविरोधि कारबाही चलाउनु स्वभाविक भए पनि यसैलाई निहँु बनाएर प्रतिपक्षविरुद्धको कारबाही शसक्त पारिन नहुने बताउनुभयो । जर्मनीले टर्कीलाई प्रजातान्त्रिक सिद्धान्तलाई व्यवहारिक रूपमा देखिने गरी देशहितका लागि अघि बढ्न इस्तानबुललाई सल्लाह दिएको छ । एएफपी

वि.सं.२०७३ कात्तिक २० शनिवार ०३:०६ मा प्रकाशित

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको...

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

लाहोर (पाकिस्तान) । पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक...

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए...

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...