back
CTIZAN AD

ट्रम्पका सञ्चार निर्देशक बील शाइनले दिए राजीनामा

वि.सं.२०७५ फागुन २५ शनिवार

717 

shares

२५ फागुन, वासिङ्टन । एपी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सञ्चार निर्देशक बील शाइनले शुक्रबार राजीनामा दिएका छन् । फक्स न्यूजका पूर्व कार्यकारी समेत रहेका बील शाइन गत वर्ष मात्र राष्ट्रपतिको सञ्चार निर्देशकमा नियुक्त भएका थिए ।

ह्वाइट हाउसका अनुसार शाइनले अब रिपब्लीकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवारका लागि प्रचार समितिको रुपमा कार्य गर्नेछन् ।

राष्ट्रपति कार्यालयका सन्देशलाई अझ व्यवस्थित गर्ने अपेक्षा गरिए पनि राष्ट्रपति ट्रम्पले ट्वीट मार्फत ह्वाइट हाउसका सबैजसो महत्वपूर्ण सन्देशहरु प्रवाह गर्न थालेपछि शाइनको भूमिका गौण बनेको थियो ।

केही साता अघिदेखि नै ह्वाइट हाउसमा शाइनको भूमिकाबाट राष्ट्रपति बेखुस भएका थिए । उत्तर कोरियाली नेतासँग भियतनामको हनोईमा सम्पन्न वार्ताका समयमा पनि शाइन भियतनाम गएका थिएनन् ।

तर, ट्रम्पले एक वक्तव्य जारी गर्दै ह्वाइट हाउसमा सँगै काम गर्न नपाए पनि सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा सँगै कार्य गर्ने विश्वास व्यक्त गरेका छन् ।

वि.सं.२०७५ फागुन २५ शनिवार १७:५९ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...