Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

चितवन सहायता कोष वेल्जियमद्धारा थालेसेमियाका बिरामीलाई सहयोग



२० कात्तिक, रत्ननगर (चितवन)  । चितवनको भरतपुरमा उपचाररत थालेसेमियाका बिरामीलाई सहयोग हस्तान्तरण गरिएको छ ।

चितवन सहायता कोष बेल्जियमले उक्त बिरामीको उपचारका लागि उपलब्ध गराएको रु ९० हजार आज अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासैनीलाई हस्तान्तरण गर्नुभयो ।

क्याट बेल्जियमका सदस्य चीजकुमार श्रेष्ठले सांसद अन्जनी श्रेष्ठमार्फत भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर रुद्र मरासिनीलाई सो रकम हस्तान्तरण गरिएको हो ।

क्याट बेल्जियमले थालेसेमियाका बिरामीको उपचार सहयोगका लागि अस्पताललाई वार्षिक रु एक लाख ८० हजार सहयोग गर्ने गर्दछ ।

रकम बुझ्दै अस्पतालका मेसु डाक्टर रुद्र मरासिनीले थालेसेमिया बिरामी जस्तै अन्य बिरामीको सहयोगका लागि अस्पतालले गरिब तथा विपन्न नागरिक कोष बनाएको बताउनुभयो ।

बोनम्यारो ट्रान्सप्लान्ट थालेसेमिया रोगको महत्वपूर्ण उपचार भए पनि यो महँगो र विदेशमा गएर उपचार गर्नुपर्ने भएकाले रगत दिएर राखिने उहाँ बताउनुहुन्छ ।

भरतपुर अस्पतालमा थालेसिमिया रोग लागेका बालबालिकालाई विगत पाँच वर्षदेखि उपचार गर्दै आएका डा नारायणबहादुर थापाले राज्यको ध्यान यी बालबालिकाको उपचारको लागि केन्द्रित हुन आवश्यक रहेको बताउनुभयो ।

सांसद अन्जनी श्रेष्ठले थालेसेमियाको उपचार पद्धति र विधिमा सुधार ल्याउनुपर्ने बताउनुभयो । थालेसिमिया ९अपुष्ट रक्तकोष० रगतसम्बन्धी हुने विभिन्न रोगको आनुवांशिक रोग हो । यो रोग तीन महिनादेखि चार वर्षसम्मका बालबालिकामा देखिन्छ । नेपालमा अझै पनि यो रोगको भरपर्दो उपचार हुन सकेको छैन ।

चितवन सहायता कोष बेल्जियमको आर्थिक सहयोगमा चितवन सहायता समाजले विगत सात वर्षदेखि यो रोगका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आइरहको छ ।

नेपालको कुल जनसङ्ख्याको चार प्रतिशत मानिसमा यस रोगको प्रकोप देखा परेको जनाइएको छ ।

भरतपुर अस्पतालमा एक वर्षको बच्चादेखि ४५ वर्ष उमेरसम्मका थालेसिमियाका बिरामीले उपचार लिँदै आएका छन् । जसमा महिला १७ र पुरुष ३६ जना छन् । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले