back
CTIZAN AD

चितवन सहायता कोष वेल्जियमद्धारा थालेसेमियाका बिरामीलाई सहयोग

वि.सं.२०७३ कात्तिक २० शनिवार

882 

shares

२० कात्तिक, रत्ननगर (चितवन)  । चितवनको भरतपुरमा उपचाररत थालेसेमियाका बिरामीलाई सहयोग हस्तान्तरण गरिएको छ ।

चितवन सहायता कोष बेल्जियमले उक्त बिरामीको उपचारका लागि उपलब्ध गराएको रु ९० हजार आज अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासैनीलाई हस्तान्तरण गर्नुभयो ।

क्याट बेल्जियमका सदस्य चीजकुमार श्रेष्ठले सांसद अन्जनी श्रेष्ठमार्फत भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर रुद्र मरासिनीलाई सो रकम हस्तान्तरण गरिएको हो ।

क्याट बेल्जियमले थालेसेमियाका बिरामीको उपचार सहयोगका लागि अस्पताललाई वार्षिक रु एक लाख ८० हजार सहयोग गर्ने गर्दछ ।

रकम बुझ्दै अस्पतालका मेसु डाक्टर रुद्र मरासिनीले थालेसेमिया बिरामी जस्तै अन्य बिरामीको सहयोगका लागि अस्पतालले गरिब तथा विपन्न नागरिक कोष बनाएको बताउनुभयो ।

बोनम्यारो ट्रान्सप्लान्ट थालेसेमिया रोगको महत्वपूर्ण उपचार भए पनि यो महँगो र विदेशमा गएर उपचार गर्नुपर्ने भएकाले रगत दिएर राखिने उहाँ बताउनुहुन्छ ।

भरतपुर अस्पतालमा थालेसिमिया रोग लागेका बालबालिकालाई विगत पाँच वर्षदेखि उपचार गर्दै आएका डा नारायणबहादुर थापाले राज्यको ध्यान यी बालबालिकाको उपचारको लागि केन्द्रित हुन आवश्यक रहेको बताउनुभयो ।

सांसद अन्जनी श्रेष्ठले थालेसेमियाको उपचार पद्धति र विधिमा सुधार ल्याउनुपर्ने बताउनुभयो । थालेसिमिया ९अपुष्ट रक्तकोष० रगतसम्बन्धी हुने विभिन्न रोगको आनुवांशिक रोग हो । यो रोग तीन महिनादेखि चार वर्षसम्मका बालबालिकामा देखिन्छ । नेपालमा अझै पनि यो रोगको भरपर्दो उपचार हुन सकेको छैन ।

चितवन सहायता कोष बेल्जियमको आर्थिक सहयोगमा चितवन सहायता समाजले विगत सात वर्षदेखि यो रोगका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आइरहको छ ।

नेपालको कुल जनसङ्ख्याको चार प्रतिशत मानिसमा यस रोगको प्रकोप देखा परेको जनाइएको छ ।

भरतपुर अस्पतालमा एक वर्षको बच्चादेखि ४५ वर्ष उमेरसम्मका थालेसिमियाका बिरामीले उपचार लिँदै आएका छन् । जसमा महिला १७ र पुरुष ३६ जना छन् । रासस

वि.सं.२०७३ कात्तिक २० शनिवार ०३:३५ मा प्रकाशित

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

वीरगञ्ज (पर्सा) । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...