back
CTIZAN AD

हर्लिक्स भन्दा जौ को सातु खान सुझाउँछीन डा. उप्रेती

वि.सं.२०७५ फागुन २६ आइतवार

3.7K 

shares

२६ फागुन, काठमाडौं । डा. अरुणा उप्रेतीले जौ खानुका धेरै फाइदाबारे उल्लेख गरेकी छन् । पोषण विद् समेत रहेकी डा उप्रेतीले जौंमा म्याग्नेसियम, फस्फर जस्ता सुक्ष्म पोषणतत्वका साथै रेशादार पदार्थ पर्याप्त मात्रामा पाइने हुनाले स्वास्थ्यलाई धेरै प्रकारका फाइदा पुग्ने बताएकी छन् ।
उनका अनुसार जौ बाट बनेको खाद्यवस्तुले मधुमेहका विरामी, कोलेस्ट्रोल विरामी, मुटुरोगका विरामी लगायतलाई फाइदा गर्ने बताउँछीन् । उनका अनुसार प्रायजसो विरामी हुँदा प्रयोग गरिने हर्लिक्स भन्दा जौ को सातु नै खानु उपयुक्त हुन्छ । किनकी हर्लिक्समा भएको चिनीले मानव स्वास्थ्यलाई असर गर्ने हुनाले हर्लिक्स भन्दा जौंको सातु प्रयोग गर्नु उपयुक्त हुने उनी बताउँछिन ।

सामाजिक संजालमा राखिएको उनको भनाई जस्ताको तस्तै

‘जौ अति नै पोषणयुक्त अन्न हो । यसलाई टुसा उमारेर, पकाएर, उसिनेर, भुटेर खान सकिन्छ । चिसो मौसममा तातो तरकारी र दालको झोलमा जौको पिठो हालेर खानाले हाम्रो शरीरलाई सही पोषण दिन्छ । जौले खानेकुराको स्वाद त बढाउँछ नै । यसमा म्याग्नेसियम, फस्फर जस्ता सुक्ष्म पोषणतत्वका साथै रेशादार पदार्थ पर्याप्त मात्रामा पाइन्छ । जौले मधुमेहका बिरामीलाई पनि सहायता र्पुयाउँछ ।

जौले आन्द्रा स्वस्थ राख्न ठूलो भूमिका निर्वाह गर्छ । यसमा रहेको रेशादार पदार्थले आन्द्रामा रहेको ‘असल किटाणु’को रक्षा गर्छ । साथै, जौमा रहेको पानी र अघुलनशील रेशादार पदार्थले शरीरमा कोलेस्टेरोल (बोसो) घटाउन मद्दत गर्छ । जौको प्रयोग मुटु रोग भएका व्यक्तिहरुका लागि पनि लाभदायक हुने पनि अमेरिकामा प्रकाशित एक अनुसन्धानले देखाएको छ । करिब १९ वर्षसम्म चलेको उक्त अनुसन्धानमा १० हजार बयस्क महिला र पुरुषले भाग लिएका थिए ।
अनुसन्धानका क्रममा दिनको २१ ग्राम (चार चम्चा) रेशादार पदार्थ सेवन गर्ने व्यक्तिमा १२ प्रतिशत मुटुको रोग कम भएको देखियो । यसका साथै रेशादार पदार्थको प्रयोगले, मधुमेह भएका व्यक्तिहरुको रगतमा चिनीको मात्रा कम गर्न पनि मद्दत मिलेको पुष्टि भएको छ । रेशादार पदार्थबाहेक जौमा भिटामिन ‘बी’ पर्याप्त मात्रामा पाइन्छ, जसले शरीर स्वस्थ राख्छ ।

रजोनिवृत्ती भइसकेका महिलाका लागि विभिन्न समस्या रोक्न जौ एउटा राम्रो भोजन मानिन्छ । बोसो घटाउन र मुटुको रोग लाग्नबाट बचाउन पनि जौले मद्दत गर्छ । रजोनिवृत्ती भइसकेका दुई सय २० महिलामा गरिएको अनुसन्धानले मुटुका धमनीहरुमा पाइने बोसो घटाउन पनि जौले भूमिका निर्वाह गर्ने गरेको देखाएको छ । यो अनुसन्धान अमेरिकी हर्ट जर्नलमा प्रकाशित भएको थियो ।
जौं म्याग्नेसियम पाइने उत्तम स्रोत हो । म्याग्नेसियमले शरीरमा चिनीको मात्रालाई उचित ठाउँमा राख्न मद्दत गर्छ र मधुमेहका बिरामीलाई पनि सहायता र्पुयाउँछ । केवल रेशादार पदार्थ मात्र होइन, विभिन्न किसिमका अन्य सुक्ष्म पोषण भएको कारणले जौ एउटा उत्तमभोजन हो ।

हर्लिक्स जौबाट नै बन्छ तर त्यो अती महँगो छ , त्यस्मा चिनी पनि मिसिएकोले त्यो अश्वस्थ्यकर छ जौ, को सत्तु खाए सस्तो पनि , स्वास्थ्य पनि राम्रो , के गर्ने आँफै बिचार गर्नुस् ।’

वि.सं.२०७५ फागुन २६ आइतवार १४:२६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...