back
CTIZAN AD

शिक्षकले नै शिशु कक्षाका विद्यार्थीलाई चाट्न लगाए जुत्ता

वि.सं.२०७५ फागुन २८ मंगलवार

639 

shares

२८ फागुन, ओखलढुंगा । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका ४ को कुण्डली माविका शिक्षक सुजन सुनुवारले विस्कुट दिलाउने भन्दै प्रारम्भिक बाल बिकास (इसिडी) कक्षाका दुई बालकलाई जुत्ता चाट्न लगाएका छन् । अर्को बालकले खाइरहेको विस्कुट दिलाउने नाममा उनले चारवर्षका रिकेश नेपाली र आकाश दर्जीलाई सहपाठी जोन दर्जीको जुत्ता चाट्न लगाएका हुन् ।
आइतबार ती दुई बालकले आफ्ना अभिवाकलाई त्यस्तो कुरा बताएपछि परिवारले थाहा पाएको हो । ‘ जोनले खाइरहेको बिस्कुट खाने भए उसको जुत्ता चाट्न भनेर सरले भन्नु भएछ,’ रिकेशकी आमा पम्फा नेपालीले भनिन्, ‘छोराले घरमा आएर भनेपछि थाहा पाइयो । हाम्रा नानीहरुले विद्यालय पढ्न जाँदा पनि जुत्ता चाट्नपुर्ने ? दलित भने हेपियो, न्याय खोज्न कहाँ जानु ? सभ्य र शिक्षित बनाउन छोराछोरी विद्यालय पठाएको यस्ता घृणित कार्य घरमै बसेका भएपनि गर्दैनथे होला ।’
उता शिक्षक सुनज सुनुवारले बालकहरुलाई जुत्ता चाट्न नलगाएको बताएका छन् । उनले ६, ७ र ८ कक्षामा कम्प्युटर पढाउने गरेको बताए । कक्षा ८ सँगै रहेको इसिडी कक्षा नजिकै रहेको र उनी त्यहिको चौरमा बसिरहेका बेला तीनजना बच्चा त्यहि आएको र एकले विस्कुट झिकेको थियो । उनले भने, ‘अहिले नखाउ बाबु भनेर भन्दा मानेन, त्यसपछि मैले खुट्टा ढोग अनि विस्कुट दिन्छ भने । उनीहरुले खुट्टा ढोगे तर पनि बिस्कुट दिएन । यहि विषयलाई ठूलो बनाइएको हो । म कुन मोडमा थिए ।, सानो गल्ती गरेकै हुँ । स्विकार्छु ।’ मंगलबारको नयाँपत्रिका दैनिकमा ओखलढुंगाबाट पूर्णप्रसाद न्यौपानेले लेखेका छन् ।

वि.सं.२०७५ फागुन २८ मंगलवार ०७:५१ मा प्रकाशित

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...