
२८ फागुन, बलेवा । क्लब अफ बागलुङले आय–आर्जनमा सहयोग पु¥याउने उद्देश्यले बागलुङ नगरपालिका ९ तित्याङको तल्लो बुकेनीमा बाख्रा वितरण गरेको छ ।
क्लबको गोठ परियोजनाअन्तर्गत बानपा–९ तित्याङ्का प्रति कृषक एउटाका दरले आठ वटा बाख्रा वितरण गरिएको हो ।
स्थानीयवासी जगतबहादुर थापा, मानकली थापा, अञ्जन थापा, विकास थापा, भवी थापा, सरुण थापा, ज्ञासीराम थापा र धनी थापालाई एउटा एउटा बाख्रा वितरण गरिएको क्लबका अध्यक्ष वीना कार्कीले जानकारी दिए ।
वि.सं.२०७५ फागुन २८ मंगलवार १३:३६ मा प्रकाशित





























