back
CTIZAN AD

म्याक्सको जहाज सिंगापुरको आकासमा उड्न नपाउने

वि.सं.२०७५ फागुन २८ मंगलवार

591 

shares

२८ फागुन,सिंगापुर ।  सिंगापुरको नागरिक उड्डयन एजेन्सीले आफ्नो देशको आकाशमा बोइङ ७३७ म्याक्सको उडानलाई निषेध गरेको छ । छ महिनाको अवधिभित्रै ७३७ म्याक्स मोडेलका दुईवटा विमान उड्नासाथ दुर्घटना भएपछि सिंगापुरले उक्त कदम चालेको जनाएको छ ।

यसै साता इथियोपियन एयरलाइन्सको ७३७ म्याक्स जहाज इथियोपियाको राजधानी आदिस अबाबाबाट उडेको केही मिनेटभित्रै दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनाबाट सबै १५७ जना यात्रु र चालक दलका सदस्यहरुको मृत्यु भएको थियो ।

इन्डोनेसियाको लायन एयरले सञ्चालन गरेको यही मोडेलको विमान गत वर्ष अक्टोबरमा उड्नासाथ इन्डोनेसियाको जाभा द्वीपमा खसेको थियो । उक्त विमानमा सवार सबै १८९ जना यात्रु र चालक दलका सदस्यको घटनास्थलमै मृत्यु भएको थियो ।

सिंगापुर नागरिक उड्डयन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा सिंगापुरको आकाशमा बोइङ ७३७ म्याक्स मोडेलका विमानमाथि अस्थायीरुपमा प्रतिबन्ध लगाएको जनाइएको छ ।

चीन, इथियोपिया समेतका विश्वका कतिपय देशले यो मोडेलको विमानमाथि प्रतिबन्ध लगाएका छन् । विमानको पूर्णप्राविधिक परीक्षण भएर सुरक्षित छ भन्ने विश्वास भएपछि मात्र उडान गर्नुपर्ने दबाब बोइङ कम्पनीमाथि परेको छ ।

बोइङले समेत विमानमा कुनै प्राविधिक समस्या देखिए त्यसलाई सुल्झाउन भरमग्दूर प्रयास गरिने स्पष्ट गरिसकेको छ ।

वि.सं.२०७५ फागुन २८ मंगलवार १७:०५ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...