back
CTIZAN AD

सडक छेउमै शवगृह, दुर्गन्धले स्थानीयलाई सास्ती

वि.सं.२०७५ फागुन २९ बुधवार

687 

shares

२९ फागुन, परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित बजारको मुख्य भाग बुद्धचोक नजिकै सडक छेउमा रहेको शवगृहका कारण दुर्गन्ध फैलिएको छ ।

पुरानो भएकाले शवगृहमा शवको दुर्गन्ध कम गर्ने कुनै आधुनिक उपकरण छैन, जसले गर्दा लामो समयसम्म शव राख्दा त्यसको दुर्गन्धका कारण आसपासका बासिन्दालाई सास्ती भएको छ ।

दुर्गन्धका कारण सर्वसाधारण नाक छोपेर हिँड्नुपर्ने अवस्था छ भने स्थानीय सवारी चालक, यात्रुदेखि व्यवसायीसमेत दुर्गन्धको चपेटामा परेका छन् । गन्धकै कारण व्यवसायमा धक्का पुगेको र रोग फैलिन सक्ने स्थानीय व्यवसायीको गुनासो छ ।

इ–रिक्सा चालक भवानी खरेल भन्छन् “अस्पतालको जग्गा धेरै छ तर शव राख्ने ठाउँ साँघुरो छ, यसलाई व्यवस्थित गर्नुपर्छ, बेवारिसे शव राख्ने स्थान छुट्टै हुन्ुपर्छ । बुद्धचोकमै शवगृह हँुदा चोक नै गन्हाउने गरेकाले चोकमा बस्न नसकिने, नाक छोपेर हिँड्नुपर्ने बाध्यता छ ।”

गन्धले गर्दा रिक्सा चालकलाई समस्या हुने गरेको तथा यात्रुलाई सेवा दिन पनि गाह्रो भइरहेको उनले बताए अस्पतालले नगरवासीको समस्या बुझेर यसको छिटो व्यवस्थापन र बुद्धचोकभन्दा अन्यत्र सार्नुपर्ने उनको सुझाव छ ।

बेवारिसे शव सडेर गल्ने हँुदा गन्ध आउने गरेको अस्पताल नजिक मेडिकल सञ्चालन गरिरहेका औषधि व्यवसायी मधुसुधन चौधरीको गुनासो छ । यसको गन्धले बिरामी नै पर्ने गरेको तथा नाक थुनेर सेवा दिनुपरेको उनी बताउँछन् ।

बेवारिसे शवलाई समयमा पहिचान गर्न प्रहरीले ढिलासुस्ती गर्नाले पनि शव धेरै दिन राख्दा गन्ध आउने गरेको उनको बुझाइ छ । नजिकै रहेको लामिछाने मःम रेष्टुरेण्टका सञ्चालक पवित्रा लामिछानेले शवगृहको गन्धले होटलमा आउने ग्राहक पनि फर्कने गरेको गुनासो गर्छन् ।

सकेसम्म शवघर बजारभन्दा टाढा सार्न स्थानीयवासीको माग छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा अनन्त शर्माले शवगृहले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीदेखि सर्वसाधारण सबैलाई असर गरेको स्वीकार गर्दै वैज्ञानिक दृष्टिले पनि अहिले भएको शवगृहको स्थान उपयुक्त नभएको बताउँछन् ।

खासगरी वेवारिसे शवको ७२ घण्टासम्म पनि अनुसन्धान चल्ने र प्रहरीको निगरानीमा हुने भएकाले अस्पताललाई समेत गाह्रो भएको अस्पताल प्रशासनको भनाइ छ । रामग्राम नगरपालिकाले पनि बेवारिसे शवको व्यवस्थापन समयमै नगर्दा बजार नै दुर्गन्ध हुने गरेको अस्पतालले जनाएको छ ।

वि.सं.२०७५ फागुन २९ बुधवार ११:०२ मा प्रकाशित

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...