back
CTIZAN AD

असल अभिभावकको खोजी

वि.सं.२०७५ फागुन २९ बुधवार

879 

shares

क्रिश्चियन धर्मको प्रचार–प्रसार गर्ने एउटा अमेरिकन मित्र डेविड कूले संग मेरो चिनजान भयो । २००२ मा स्पेन आएदेखीबाट स्पेनको बार्सेलोना शहरमा मेट्रो भित्रको भिड– भाडमा छोटो परिचयपछि उनले मलाई आफ्नो चर्च (क्रिश्चियनहरूको मन्दिर) लगे ।

नियमित भेटघाट पछि त्यो चर्चभित्र उनको र मेरो लामै गफ हुन्थ्यो । ४८ वर्षे उनी त्यस्तै दार्शनिक कुरा गर्नेमा सिपालु थिए । एकपटक कुराको प्रसंगमा मैले भने ‘हाम्रो देश नेपालमा त तिमीहरूले आफ्नो क्रिस्चियन धर्मको ब्याख्या गरेर मानिसहरूलाई क्रिस्चियन बनाउने अभियानमा लागेको छ भन्छन नि, के यो साँचो हो ?’ उनले आफ्नो औली हल्लाउदै भने ‘त्यस्तो होइन ।’ उनले भन्दै गए, हेर्नु होस्, संसारमा आज कति आतंक मच्चिरहेको छ.. । जताततै अशान्ति छाइरहेको छ… । भगवान जिसस क्रिस्टले तिमि हामी मानब जातिप्रति दिनुभएको उपदेशहरूको प्रचार गर्नु हो । कसैलाई क्रिस्चियन बनाउन लाई होइन । तिमि र मेरो परिचय भएको यतिधेरै समय भयो । तर तिमिलाई मैले क्रिश्चियन हुनु पर्छ भनेको छु र ?
उनले भनेको एउटा शब्दले भने मलाई बर्षौदेखि नै सताई रहेको थियो । जब मैले उनलाई प्रशंसा गर्दै भने, ‘तिमि अमेरिकनहरू त कति भाग्यमानी !

विश्वको सात अरब मानिसहरूको सपनाको देश.. विश्वकै एउटा नमुना देश अमेरिका…, तिमि त आफूलाई अमेरिकन नागरिक हुँ भन्दाखेरि गर्ब गर्छौ होला नि ? तब उसले मेरो प्रश्नको जवाफमा भनेको थियो, ‘हे, धन, अहिलेको हाम्रो वर्तमान राजनैतिक नेताहरूहरू त्यति राम्रा छैनन् । यो भन्दा पहिलेको नेताहरू राम्रा विचारका थिए । पहिलेको हाम्रो नेताहरू अमेरिकाको सच्चा अभिभावक थिए । जसरि एउटा परिवारमा, समाजमा बाबा आमा अभिभावक भएर परिवार अनि समाजलाई मार्ग दर्शन गर्छन । सहि दिशा दिन्छन र उसको भबिष्य राम्रो हुन्छ । तिमीलाई थाह छ होला, अमेरिकाको स्थापनाको समयमा हामीले धेरै राम्रो अभिभावकहरू पायौ । तिनीहरू हाम्रो सच्चा अभिभावक थिए । हाम्रो देशको पहिलो राष्ट्रपति जर्ज वाशिङटन डीसी, थोमस जेफ्र्फोन, जोहन अदाम्स,जमेस मोनरे र पछि अब्राहम लिंङकन जस्ता नेताहरू जो हाम्रो देशका सच्चा अभिभावकहरू थिए ।

ती अमेरिकी मित्रले पटक–पटक प्रयोग गरेका यसै शब्द ‘अभिभावक’ले मलाई धेरै प्रश्नहरूले सताउन थाल्यो । ती सन्तले भनेको, यो अभिभावक शब्दभित्र कति जिम्मेवारी अथवा कर्तब्यहरू लुकेका छन् । देशको स्थापनाकालको शुरुवातिको बेलामा नै अमेरिकाले सहि अभिभावकको नेतृत्व पाएर आज अमेरिका अमेरिका बनेको हो भन्ने ति सन्त मित्रको भनाइ थियो । फलस्वरूप आज हामीले देखिरहेका छौ अमेरिका लगायत युरोपभरीकै देशहरूमा आफ्नो देशलाई निर्देशन गर्ने अभिभावक । त्यहाँ देश चलाउने अभिभावक कति सजग छन्, कति सतर्क भएर यिनीहरूले आफ्नो देशको अभिभावकत्वको जिम्म्ेवारी पूरा गरेका छन् भनेर गहन सोचाइमा डुब्दा डुब्दै म हाम्रो देश र समाजमा पुगे ।

आफ्नो परिवारको अभिभावकत्व कस्तो हुनुपर्छ यो त हामी सबै नेपालीहरूले राम्रैसँग जानेको र बुझेको हुनुपर्छ । तर मेरा अमेरिकी मित्रले भनेजस्तै आफ्ना जनतामाथिको अभिभावकत्व कसरी पूरा गर्नुपर्छ भन्ने विषयमा जान्नलाई हामी नेपालीहरूले यो युरोप, अमेरिका देशहरूबाट बुझ्न सिक्न पर्छ कि जस्तो लाग्छ । नेपाललाई युरोपको स्वीजरल्याण्ड तथा एसियाको सिंगापुर जस्तो बनाउँछु भनेर फलाक्ने हाम्रा नेताले आफ्ना जनतामाथिको अभिभावकत्वको जिम्म्ेवारी कसरी पूरा गर्नुपर्छ भनेर पनि यहिबाट सिक्नुपर्छ कि जस्तो लाग्छ ।

आफ्नो परिवार, समाज र देश हाँक्ने जिम्मा लिने अभिभावक राम्रो भयो भने मात्र, समाज अनि देश राम्रो बनाउन सकिन्छ भन्ने उदाहरण युरोपका विभिन्न देशका नेताहरूबाट पनि लिन सकिन्छ । जहाँ विश्वभरीका हजारौ हजार मानिसहरू आफू र आफ्नो सन्तानको उज्ज्वल भबिष्यको सपना देखेर युरोप छिरेका छन् । यहाँ केही हदमा सामाजिक तथा राजनीतिक रुपमा पनि हाम्रा नेपालीले नेतृत्व दिएर नेपाल र नेपालीको उदाहरण देखाइसकेको पाइन्छ ।

उनीहरूको उदार दिल र समान कानुनको कारण हाम्रा नेपालीहरू युरोप र अमेरिकी देशमा त्यहाँको स्थानीयतहको नेतामात्र नभएर केन्द्रमा पनि जिम्म्ेवारी बहन गर्न अगाडि बढिरहेको देखिन्छ ।

हाम्रो देश नेपालमा भने गतिलो अभिभावक नपाएकोले नै आज हाम्रो गाउँघरको त्यस्तो हालत भएको छ । जहाँ विकासको नाममा विनास मात्र भएको पाइन्छ । जनताले सामान्य रुपमा पनि आधारभूत आवश्यकताहरू पूर्ति गर्न नपाइरहेको अवस्था छ । हाम्रो देश स्थापनाकालमा नै यस्तो अभिभावकको हातमा पर्यो कि त्यो बारेमा मैलै भनिरहनु पर्र्दैन् । म जन्मिएको देहरादुनको सुन्दरता नेपालको भन्दा कम छैन, तर मेरो माता–पिता,सारा सन्तान, पुख्र्यौली सबै नेपालीनै भएको हुनाले म नेपाली नै हु र मेरो देश नेपाल हो । चाहे मेरो देश जति नै गरिब, पीडित, अविकसितनै किन नहोस् !

संसारले कति फड्को मारी सक्यो । १९ वर्षदेखि मैले यरोपियन र अमेरिकन नागरिकसँग सँगै कामगर्ने र नजिक रहेर उनीहरूको जीवनशैली हेर्नेगरेको छु । जर्मनी, डेनिश, स्विडिस, नर्वेजियनन र यी स्पेनिश मित्रहरूलाई । जब पहिलो दिनमा म नेपाली हुँ भनेर थाहा भयो, उनीहरूको मुहारमा खुसी झल्किन्थ्यो । ‘ओ नेपाली… नेपाल… ।’ काम गर्दागर्दै एक सेकेन्ड रोकिएर हेर्थे उनीहरू मलाई ।

त्यति राम्रो देश… (सो व्युटिफूल कन्ट्रि) भनेर मेरो देशको प्रसंसा गर्थे । विशेष त नेपालको प्राकृतिक सुन्दरतासँग परिचित उनीहरू त्यसैले पनि मेरो देशको प्रशंसा गरेर थाक्दैनथे । प्राकृतिक सुन्दरतामा हाम्रो देश अमेरिका र युरोप भन्दा पनि अगाडि छ । तर, विडम्वना, मेरो देशले राम्रो अभिभावक पाउन सकेको छैन । ती प्राकृतिक सुन्दरताले मन मात्रै होइन देशै सिंगारेर विश्व मानचित्रमा नेपालको नाम ‘वाह नेपाल’ भन्ने बनाओस्, यस्तो अभिवाकत्वको खोजी छ ।

अमेरिकन र युरोपियन जनताले आफ्नो देशलाई सञ्चालन गर्ने जिम्मा अर्थात् देशको अभिभावक एउटा जिम्मेवार र सक्षम मानिसलाई चुनेर दिएका हुन्छन् । उनीहरू विभिन्न चुनौतीको सामना गरेर मात्र त्यो देशको नेता बन्न सक्छन् । नेपालमा पनि त्यस्तो नेताको कमि छ भनेर भन्दिन म । सक्षम, अनुभवी, कुशल र इच्छाशक्ति भएको नेताहरू धेरै छन् । तर त्यहाँको तौर तरिका तथा आपसी खिचातानी अनि जे कुरामा पनि हुँदैन र सकिदैन भन्ने मानसिकताको शिकार भएको हाम्रो समाज त्यसले गर्दा पनि उनीहरूले आफ्नो क्षमताको प्रदर्शन गर्ने मौका नपाइरहेको देखिन्छ ।

एउटा कुशल, इमान्दार र इच्छाशक्ति भएको मानिसले अवसर पायो भने के गर्न नसक्दो रहेछ त भन्ने एउटा उदहारण हुन्, नेपाल विद्युत प्राधिकरणका बर्तमान महाप्रबन्धक कुलमान घिसिङ । नेपालमा बत्ति नआउदा नेताहरूले आफ्नो भाषणमा भन्ने गर्थे, ‘अब को ६ वर्षभित्रमा नेपालमा लोड सेडिंङ हट्छ’ अर्का नेताले भन्थे, ‘अबको २ वर्ष भित्रमा नेपालमा लोड सेडिंग समाप्त हुन्छ.. तर एक सक्षम अनि इमान्दार राष्ट्रको पहरेदारको हातमा प्राधिकरण पर्नासाथ नेपाली जनताले उज्यालो तथा राहतको सास फेर्न पाएका हुन भन्दा फरक पर्दैन् । त्यसैले देशमा कुलमान जस्तै धेरै अभिभावकको खाँचो छ । अनिमात्र नेपाललाई संसारकै सुन्दर देश बनाउन सकिन्छ । हामी नेपाली जनताले पनि अब त्यस्तै कुशल नेता निर्माण गर्न तथा खोजीमा लाग्ने कि ?

पर्वत चित्रे, कालठुरा, हाल  स्पेन

वि.सं.२०७५ फागुन २९ बुधवार १०:०४ मा प्रकाशित

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

न्यौपानेका अनुसार हेटौंडा कपडा उद्योगसँगै विगतमा बन्द भएका अन्य सरकारी...

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

काठमाडौँ । नेपाली फुटबलमा विगत १२ वर्षदेखि सक्रिय रहेका आइभरी...

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...