back
CTIZAN AD

अमेरिकामा रहेका अमृत भट्टराईद्धारा जीवन बचाइदिन याचना

वि.सं.२०७५ फागुन २९ बुधवार

621 

shares

अमेरिकामा रहेका जीवन भट्टराईले आफ्नो जीवन बचाइदिन याचना गरेका छन् ।
अमेरिकाको क्यालिफोर्नियाको सनफ्रान्सिस्कोमा रहँदै आएका भट्टराईको दुवै मिर्गौला काम नलाग्ने भएपछि अस्पतालमा उपचार गराइरहेका छन् ।
अमेरिकामा मिर्गौला प्रत्यारोपणका लागि लामो समय कुनुपर्ने बाध्यता एवंम स्वास्थ्य वीमाको अभावमा तत्काल भारत गएर उपचार गर्नुपर्ने अवस्था आएकोले उपचारका लागि आर्थिक सहयोगको याचना गरेका छन् ।
उनको उपचारका लागि २७ हजार डलर लाग्ने र गोफन्डमार्फत् १३ हजार डलर जम्मा भइसकेको अवस्थामा नपुग पैसाको लागि उनले याचना गरेका हुन् ।
भट्टराईको बाँच्ने इच्छालाई सहयोग गरिदिनुहुन भन्दै अमेरिकाबाट सामाजिक अभियन्ता सानु सिलवालले अनुरोध गरेका छन् । उनले भट्टराईको उपचारका लागि आफू तथा आफ्नो परिवारका तर्फबाट आजै १०२ डलर सहयोग गरेको बताउँदै सबैलाई आर्थिक सहयोगका लागि अनुरोध गरेका छन् ।
उनले भनेका छन् ‘उनको जिवन रक्षाका निमित्त ससारभर रहनुभएका दाजुभाइ दिदिबहिनी, मेरा शुभचिन्तक एबम आम समुदायमा आफ्नो हैसियत अनुकुल जे जति सकिन्छ सहयोग गरि दिएर अमृत भट्टराइको थप जिउने इच्छा एबम चाहनामा उत्प्रेरित गरिदिन हार्दिक अनुरोध गर्दछु । आफ्ना गच्छे अनुसार जे जति सकिन्छ र जुन सहयोग उनको जिवन जिउने चाहनामा कोशे ढुङ्गा साबित हुनेछ भन्नेमा बिश्वस्त छु ।
आखिर अमर त कोहि पनि छैन, एक दिन हिड्नै पर्दछ । तेरो, मेरो र हाम्रो भनेका सबै क्षणिक हुन् । त्यसैले सक्दा र भ्याउदासम्म एकले अर्कालाइ सहयोग गर्नु मानविय कर्तब्य मात्रै होइन हाम्रो भाइचारा र सस्कारको पहिचान हो जस्तो लाग्दछ । दुःख पिडा सबैलाइ पर्न सक्दछ । बिरामी अमृत भट्टराइको पिडालाइ आफ्नै पिडाको रुपमा लिदै यहाहरुसँग सहयोगको याचना गर्दछु सिर्फ अमृत भट्टराइको थप जीवन जिउने चाहनालाइ पूरा गर्न । सहयोग गर्ने सबै मनहरु प्रति आभारि हुनेछु । मैले मेरो तर्फबाट पनि भर्खरै १०२ डलर सहयोग गरिदिएँ भट्टराइ जि को उपचारका लागि ।’

वि.सं.२०७५ फागुन २९ बुधवार ०९:३८ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...